निर्वाचन
July 19, 9:20
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा सञ्चालित धनगढी उप महानगरपालिका वडा नम्बर ४ स्थित गुरुकुल एकेडेममिले मतदान प्रकृयाबाट बिद्यार्थी परिषदका पदाधीकारी तथा सदस्यहरु चुन्न लागेको हो ।
आम मतदानकै झल्को दिनेगरी बिद्यार्थी परिषदका लागी आज मतदान भइरहेको छ । स्कुल बिद्यार्थी परिषदको अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष… विस्तृतमा
May 23, 11:42
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन ।
ज्योतिष शास्त्र अनुसार पुजाआजा गर्दै हमालले पदभार ग्रहण गरेका हुन । उनले आजै मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरु बाट पद तथा गोपनियताको सपथ समेत लिएका हुन ।
यस भन्दा पुर्व उनले आजै बिहान धार्मिक स्थल बेहडाबाबामा समेत पुजा तथा दर्शन गरेका हुन ।
May 23, 8:14
धनगढी, ९ जेठ । कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका छन्। उनी १० हजार ६ मत प्राप्त गर्द विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदमबहादुर पुजाराले ४६७४ मत प्राप्त गरे।
उपमेयरमा पनि काँग्रेसकै भुलियाकुमारी राना विजयी भएकी छिन्। उनी ७३४५ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका धोखे रानाले… विस्तृतमा
May 20, 6:12
धनगढी, ६ जेठ / धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा बढी मतान्तरणले विजय भएका छन् । हालसम्म मतगणना सम्पन्न भएको वडा अध्यक्षको मत परिणाम अनुसार दोब्बर बढी मतान्तरले विजयी भएका हुन् । उनी धनगढी उपमहानगरपालिकाको सबैभन्दा कान्छा वडाध्यक्ष समेत बनेका छन् । उनको हालको उमेर ३१ बर्ष रहेको छ ।
नेपाली काँग्रेसका शाहीले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका धिमलाई… विस्तृतमा
May 20, 9:45
डोटी ६ जेठ / नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाल प्रेस युनियन डोटीले `कलम´ उपहार दिएको छ। बिहीबार सिलगढीमा युनियनले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा जनप्रतिनिधिहरूलाई उपहार स्वरूप कमल दिएको हो।
पाँच वर्षको कार्यकालमा स्थानीय सरकारको अनुभूति दिने खालका कार्यक्रम टिपोट गरे नमुना स्थानीय तहको रूपमा चिनाउन कलम उपहार दिएको नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए । उनले भने ,`विगतमा… विस्तृतमा
May 19, 11:22
धनगढी ५ जेठ / स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। हालसम्म सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ७६ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसले अग्रस्थानमा रहेको छ। उक्त पार्टीले ३५ स्थानीय तहमा जित निकालेको छ। यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २३ पालिकामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले १३ पालिकामा प्रमुख जितेको छ। … विस्तृतमा
May 18, 1:45
धनगढी ४ जेठ – कैलालीको गोदावरी नगरपालिकाले पहिलो पटक वडाको नेतृत्वमा महिला पाएको छ । बुधबार सम्पन्न मतगणना अनुसार वडा नम्बर ७ को वडा अध्यक्षमा नेकपा एमालेबाट कलावती साउँद वडाध्यक्षमा निर्वाचित भएकी हुन ।
संघियता पछि बनेको स्थानीय सरकाको दोस्रो चुनाव मार्फत पहिलो पटक महिलाले वडाको नेतृत्व गर्ने अवसर पाएका छन । उक्त वडामा नेपाली कांग्रेसले पनि महिलालाई नै वडा अध्यक्षको उम्मेदवार बनाएको थियो ।… विस्तृतमा
May 18, 1:33
धनगढी ४ जेठ / कैलालीको गोदावरी नगरपालिकाको प्रमुखमा कांग्रेसका विरेन्द्र भट्ट निर्वाचित भएका छन ।
बुधबार सार्वजनिक मत परिणाम अनुसार एमालेका उम्मेदवार गोकर्ण भट्टलाई ४ हजार २ सय ७७ को फराकिलो मत अन्तरले पराजित गर्दै कांग्रेसका भट्ट निर्वाचित भएका हुन ।
कांग्रेसका भट्टले १५ हजार ५ सय १ मत पाउँदा एमालेका भट्टले ११ हजार २ सय २४ मत प्राप्त गरे । नगरको उपप्रमुखमा भने एमालेकी शारदा रोकाया विजयी भईन… विस्तृतमा
May 18, 10:39
दिपायल ४ बैशाख – शिखर नगरपालिकामा नेपाली कांग्रेसले जीत हाँसिल गरेको छ । कांग्रेसले मेयर, उपमेयर सहित ७ वटा वडामा जीत हासिल गरेको हो ।
नगर प्रमुखमा नेपाली कांग्रेसका उमेदवार दीर्घ बलायर ६ हजार ५६२ मतले विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उमेदवार भीम बलायरले ४ हजार ५ ९१ मत प्राप्त गर्नु भयो । अर्का प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उमेदवार सागर भट्टले ३०२ मत… विस्तृतमा
May 17, 4:05
डाेटी ३ जेठ / डोटीको दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । जिल्ला सदरमुकाममा पर्ने उक्त नगरपालिकामा नेपाली कांग्रेस मेयर÷उपमेयर सहित भारी मतले विजयी भएको हो ।
नगर प्रमुखमा नेपाली कांग्रेसका उमेदवार बाजी सिंह खड्का (विजय) ५ हजार १३८ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार लक्ष्मण मलासीले ३ हजार ५१५ मत प्राप्त गर्नुभयो । अर्का प्रतिद्वन्द्वी… विस्तृतमा
May 16, 10:39
डोटी २ बैशाख / डोटीको आदर्श गाउँपालिकामा नेकपा एमालेको ‘लालकिल्ला’ नेपाली कांग्रेसले तोड्न सफल भएको छ । यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडाहरूमा कांग्रेस विजयी भएको छ ।गाउँपालिका अध्यक्षमा कांग्रेसका उमेदवार गणेशवहादुर खड्का विजयी भएका छन् । उनले ३ हजार ७७३ मत प्राप्त गर्दा एमालेका उमेदवार डम्बर ओलीले ३ हजार ३७७ मतमा रोकिए । नेकपा एकीकृत समाजवादीसँगको गठबन्धनमा उठेका नेकपा माओवादी… विस्तृतमा
May 16, 9:17
डोटी२ जेठ / डोटीको बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा माओवादी केन्द्रका कमलवहादुर गड्सिला विजयी हुँदा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विष्ना देउवा बम विजयी भएकी हुन् ।अध्यक्षमा गड्सिलाले २ हजार ५८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार हस्तवहादुर बुढाले २ हजार २४ मत… विस्तृतमा
May 15, 11:11
झापा १ जेठ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा राप्रपाबाट मेयरका उमेदवार बनेका राम थापाले अग्रता लिएका छन् ।
थापाले नेकपा एमालेबाट मेयरकी उमेदवार रहेकी गिता अधिकारीलाई उछिनेका छन् ।
मतगणना सुरु भएदेखिनै एमालेकी अधिकारीले राप्रपाका थापालाई पछि पार्दै आएकी थिइन् ।
अहिले भने अधिकारीलाई थापाले उछिनेका छन् । ५००६ मत गन्दा राप्रपाका थापाले २१८५ मत ल्याएर अग्रता कायम… विस्तृतमा
May 15, 9:03
धनगढी १ जेठ । कैलालीको घोडाघोडी नगरपालिका – १२ को वडाध्यक्षमा नेपाली काँग्रेसका राम दुलारे चौधरी प्यानलसहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खडक बहादुर चौधरी(उमार) लाई पराजित गर्दै उनी ८ सय २६ मतका साथ विजयी भएका हुन् । खडक बहादुर चौधरी(उमार) ले ३ सय ५१ मत प्राप्त गरेका छन् ।
त्यसै गरी महिला सदस्यमा सुमिता चौधरी ८ सय ४३ मत, दलित महिला सदस्य माता देवी दमाई ८ सय २२ मत, खुल्ला… विस्तृतमा
May 15, 8:50
दिपायल – डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित दुई वटा वडामा कांग्रेसका उमेदवार विजयी हुनुभएको हो ।
नेपाली कांग्रेसका उमेदवार भैरब बहादुर साउद २ हजार ३ सय ४३ मत सहित गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उमेदवार चक्र बहादुर घर्तिले १ हजार ६ सय ८४ मत प्राप्त गर्नु भयो । त्यस्तै, नेकपा… विस्तृतमा