ओलीको गृहनगर दमक नगरपालिकाको मेयरमा एमालेलाई पछि पार्दै राप्रपाले लियो अग्रता

May 15, 11:11

झापा  १ जेठ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा राप्रपाबाट मेयरका उमेदवार बनेका राम थापाले अग्रता लिएका छन् ।

थापाले नेकपा एमालेबाट मेयरकी उमेदवार रहेकी गिता अधिकारीलाई उछिनेका छन् ।

 मतगणना सुरु भएदेखिनै एमालेकी अधिकारीले राप्रपाका थापालाई पछि पार्दै आएकी थिइन् ।

अहिले भने अधिकारीलाई थापाले उछिनेका छन् । ५००६ मत गन्दा राप्रपाका थापाले २१८५ मत ल्याएर अग्रता कायम गरेका छन्।

पछिल्लो मतपरिणाम अनुसार एमालेकी अधिकारीले २१३६ मत ल्याएकी छन् । उपमेयरमा गठबन्धनबाट उमेदवार बनेकी कांग्रेसकी रेगिना भण्डारीले २१३८ मत ल्याएकी छन् ।

एमालेकी अम्बिकाप्रसाद खनालले १९७७ मत ल्याएर कांग्रेसकी उमेदवार भण्डारीलाई पछ्याउँदै छन् । दमक नगरपालिकामा राप्रपालाई गठबन्धनले समर्थन गरेको छ।

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण…
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा