नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट

February 15, 10:55

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले १० ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा २५ रन बनाएर खेलिरहेको छ। 

क्रिजमा भीम सार्की ५ र कुशल मल्ल ४ रनमा अविजित छन्। 

इनिङस्को पहिलो बलमा नै ओपनर कुशल भुर्तेल रोयल डक आउट भए। कुशल रुवेन ट्रम्पलम्यानको बलमा स्मिथको हातबाट पहिलो बलमा नै क्याच आउट भएका थिए। 

तेस्रो ओभरको पहिलो बलमा अनिल शाह ८ रनमा क्याच आउट भए। ६ बलमा २ चौका हान्दै ८ रन बनाएका अनिल रुवेन ट्रम्पलम्यानकै बलमा एलबीडब्लु धरापमा परे। 

ओपनर आशिफ चौथो ओभरको पाँचौँ बलमा ४ रन बनाउँदा क्याच आउट नै हुन पुगे। ११ बलमा १ चौका हानेका आशिफ ज्याब ब्रासेलको बलमा स्मिथ कै हातबाट क्याच आउट भएका हुन्। 

१० औँ ओभरको तेस्रो बलमा कप्तान रोहित पौडेल १ रनमा बोल्ड आउट भए। १३ बलमा १ रन बनाएका रोहित ज्याक ब्रसेलको बलमा बोल्ड आउट भए। 

नामिबियाका लागि रुवेन र ब्रसेलले समान २ विकेट लिए।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा
सिसिएस प्लस टु’ बी र होलिल्याण्ड सेकेन्ड्री स्कुल ‘…
धनगढी / धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिताको फाइनल समिकरण पुरा… विस्तृतमा