अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चीनमा भन्दा दुई गुणा बढी

Corona
Corona
March 31, 3:40

काठमाण्डौ – अमेरिकामा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या चीनमा भन्दा दोब्बर भएको छ । कोरोना भाइरसको सङ्क्रमणको सुरुवात चीनबाट भए पनि अब चीन भाइरसको सङ्क्रमण र मृत्यु नियन्त्रित गर्न विश्वका अरु देशका तुलनामा केही सफल भएको छ ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्– यदि अमेरिका कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक लाखसम्म सीमित गर्न सके पनि ठूलो उपलब्धि हुनेछ । 

अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक लाख ६४ हजार दुई सय ५३ पुगेको छ । जबकि चीनमा ८१ हजार पाँच सय १८ जना सङ्क्रमित भएका छन् । 

सङ्क्रमणको आधारमा इटली दोस्रो नम्बरमा छ । इटलीमा सङ्क्रमित हुनेको सङ्ख्या एक लाख एक हजार सात सय ३९ पुगेको छ । तेस्रो नम्बरमा रहेको स्पेनमा सङ्क्रमितको सङ्ख्या ८७ हजार ९ सय ५६ पुगेको छ । 

चीनको वुहान शहरमा कोरोना भाइरसबाट एक जना नयाँ सङ्क्रमित थपिएका छन् । वुहानमा एक हप्ताभरि कुनै नयाँ सङ्क्रमति थपिएका थिएनन् । एक हप्ताको अन्तरालमा यो सङ्क्रमणको पहिलो घटना हो । 

तर गएको ३० मार्चमा चीनमा कुल ४८ जना नयाँ सङ्क्रमित थपिएका थिए । ती सबै जना विदेशबाट फर्किएका थिए । साथै चीनको हुबेई प्रान्तमा एक जनाको ज्यान गएको छ ।  चीनमा कोरोना भाइरसको सङ्क्रमणका कारण तीन हजार तीन सय पाँच जनाको ज्यान गइसकेको छ । साथै सङ्क्रमितमध्ये ७६ हजार ५२ जना निको भएका छन् । 

सन् २०१९ को डिसेम्बर महिनाको अन्त्यतिर चीनको वुहान शहरबाट कोरोना भाइरस फैलिन सुरु भएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा