एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 

September 12, 1:19

काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको विश्वव्यापी व्यापारमा लगभग ६ प्रतिशतले गिरावट आएको अहिलेको समयमा विश्वको सबैभन्दा मूल्यवान पब्लिक कम्पनी एप्पलले आफ्नो वार्षिक फल इभेन्ट आयोजना गर्न लागेको छ ।
नेपाली समय अनुसार मंगलबार राति १०ः४५ बजेबाट शुरू हुने सो इभेन्टमा कम्पनीले आफ्नो पछिल्लो आइफोन १५ सँगै एप्पल वाचको नयाँ सिरिज ९, एअरपड प्रो २, नयाँ म्याकबुक लगायतका विभिन्न उत्पादनहरू सार्वजनिक गर्ने कार्यक्रम रहेको सञ्चारमाध्यमहरूले जनाएका छन् । सन् २००७ मा स्टिभ जब्सले म्याकेन्टोस सार्वजनिक गर्न एप्पल इभेन्ट आयोजना गरेयता निरन्तर रूपमा आयोजना हुँदै आएको यो कार्यक्रम प्रविधि र ग्याजेटमा रूचि राख्नेहरूका लागि सदैव चासोको विषय बन्ने गरेको छ ।

आज सार्वजनिक हुने भनिएको आइफोन १५ का बारेमा एप्पलले आधिकारिक रूपमा कुनै संकेत नदिएको भए पनि यसअघि नै सो बारेमा ५ अर्बभन्दा धेरै गुगल सर्च भइसकेको बीबीसीले उल्लेख गरेको छ । आइफोनको १६ औं पुस्ताको रूपमा बजारमा आउने यो फोन आफ्नो अघिल्लो १४ सिरिजका फोनभन्दा केही हल्का, सुधारिएको चिप, यूएसबी(सी पोर्ट, पहिलेभन्दा राम्रो ब्याट्री, अझै राम्रो क्यामरा र टाइटानियम चेसिसको साथमा आउने अपेक्षा गरिएको छ । एप्पलले यो फोनमा ताइवान सेमीकन्डक्टर कम्पनीसँगको सहकार्यमा आफ्नै इन्जिनियरहरूले डिजाइन गरेको ३ नानोमिटरको चिप प्रयोग गर्ने चर्चा चलेको छ । वाल स्ट्रीट जर्नलका आरोन तिली पछिल्लो आइफोन १४ संस्करणभन्दा १०० देखि २०० अमेरिकी डलरसम्म महँगो हुन सक्ने अनुमान गर्छन् ।

यस्तै, आज हुने कार्यक्रममा एप्पल वाचको दुई नयाँ भर्सन एप्पल वाच सिरिज ९ र एप्पल वाच अल्ट्रा पनि सार्वजनिक हुने अनुमान गरिएको छ । पहिलेभन्दा सुधारिएको डिजाइन र प्रोसेसरका साथमा आउने यी उत्पादनसँगै एप्पलले आफ्ना ट्रेडमार्क उत्पादनहरू म्याकबुक प्रो, आइप्याड, हेडसेट लगायतमा पनि सामान्य सुधार सहितका पछिल्ला भर्सन सार्वजनिक गर्नेछ । झन्डै ३५०० अमेरिकी डलर मूल्यको भीआर हेडसेट बजारमा आउन अझै केही समय लाग्ने अवस्थामा एप्पलले आर्टिफिसियल इन्टेलिजेन्स तथा सफ्टवेयरसम्बन्धी पनि नयाँ घोषणा गर्नसक्ने अनुमान गरिएको छ ।

गएको साता झन्डै २०० अर्ब अमेरिकी डलरले ओरालो लागेको एप्पलको सेयर मूल्य एप्पल इभेन्टका कारण सोमबार केही स्थिर भएको थियो । चीन सरकारले आफ्ना सरकारी कर्मचारीहरूलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाएका समाचारहरू सार्वजनिक भएपछि सो कम्पनीको सेयर दुई दिनमै झन्डै ७ प्रतिशतले घटेर १७८ डलरमा झरेको थियो । एप्पलको सेयर मूल्यमा दुई दिनमा भएको गिरावट विश्वका झन्डै १४० देशको कुल गार्हस्थ्य उत्पादनभन्दा बढी थियो । यी सबै चुनौतीका बीच एप्पलले जारी चौमासिकमा राम्रो आम्दानी गरेको छ भने उसको सेयर मूल्य यही वर्ष मात्रै ४० प्रतिशतभन्दा धेरै बढेको तथ्यांकहरू छन् । आफ्नो तेस्रो ठूलो बजार चीनमा सामना गर्नुपरेको समस्या र घरेलु कम्पनी हुवावेको पछिल्लो फोनले दिएको चुनौतीसँगै युरेपीली संघका नयाँ नियमले कस्दै लगेको समयमा हुन लागेको एप्पल इभेन्टलाई प्रविधिमा चासो राख्नेहरूले उत्सुकतापूर्वक हेरेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा
इराकमा ३०० बढीको ज्यान लिने गरी बम विस्फोट गराउने ३…
काठमाडौं । ३०० भन्दा बढी मानिसको ज्यान लिने गरी २०१६ मा बग्दादमा बम विस्फोट गराउने तीन जनालाई… विस्तृतमा