राजनीति
May 22, 5:21
धनगढी ८ बैशाख / नेपाली काग्रेंसका केन्द्रीय सदस्य तथा धनगढी उप-महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नृप बहादुर वडले आफू स्वतन्त्र उम्मेदवार भएको बताएका छन् ।
धनगढी उप-महानगरपालिकाको निवर्तमान मेयर समेत रहेका वड स्वतन्त्र उम्मेदवार गोपाल हमालसँग पराजित भएपछि प्रतिक्रिया दिँदै आफू पार्टीबाट निर्वाचन लडेपनि स्वतन्त्र जस्तै उम्मेदवार भएको बताएका हुन् ।
यहाँ गठबन्धन भए पनि नामको… विस्तृतमा
May 20, 2:54
दिपायल – शिखर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख दीर्घ बलायरले सूचनाको हकको कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ । पदभार ग्रहण पछि नगरपालिकाका कर्मचारीहरुसँग परिचय गर्दै जनताले सहज सूचना पाउने व्यवस्था मिलाउन र अनिवार्य पोशाक लगाउन निर्देशन गर्नु भएको हो । बलायरले नगरपालिकाका हरेक सार्वजनिक सूचनाहरू जनताले सहजै… विस्तृतमा
May 20, 12:49
डोटी ६ जेठ / स्थानीय जनताहरूकाे सपना साकार पार्न नवनिर्वाचित जनप्रतिनिधिहरूलाई नेपाली काँग्रेस सुदूर पश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले निर्देशन दिएका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने ,`तल्लो तहका जनताको जीविका र दैनिकीसँग जोडिएका स्थानीय सेवाको व्यवस्थापन, स्थानीय तहलाई सङ्घीयताको मर्म तथा… विस्तृतमा
May 19, 9:02
धनगढी, ५ जेठ - कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा नेपाली काँग्रेसका उम्मेदवारले लोकप्रिय मतका साथ विजय हासिल गरेका छन् । काँग्रेसका सुदूरपश्चिम प्रदेश सदस्य समेत रहेका सुरत रावत (डोटेली कान्छा) को वडामा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा टेकबहादुर कुँवरको पुरै प्यानल तेब्बर मतले विजयी भएको हो ।
वडामा कुल खसेको २ हजार ५ सय ६८ मत मध्य २ हजार ४ सय ७३ सदर मतमा नेपाली काङ्ग्रेसका वडा… विस्तृतमा
May 10, 3:58
डोटी २७ बैशाख / नेपाली कांग्रेसको परम्परागत गढ मानिने डोटी जिल्लामा २०७४ को स्थानीय तह निर्वाचनमा अप्रत्यासित नतिजा निस्कियो । नेकपा एमालेले जिल्लाका नौ मध्ये ५ पालिकामा जीत निकाल्दा कांग्रेस तीन पालिकामैं सीमित हुनपुग्यो । एकमा माओवादी केन्द्र विजयी भयो ।
कांग्रेसको अप्रत्यासित हारमा एमालेको लोकप्रियताभन्दा बढी कांग्रेसभित्रको आन्तरिक ‘कलह’ र ‘अन्तर्घात’ कारण थियो ।एमालेले तुलनात्मक रूपमा… विस्तृतमा
May 09, 1:22
धनगढी २६ बैशाख / कैलालीको कैलारी गाउँपालिका पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले कारबाही गरेका उम्मेदवारलाई भोट मागेका छन्। गाउँपालिकाको हसुलियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनबाट कार्बाहीमा परेकी उम्मेदवार लक्ष्मी सत्गौवा थारुलाई भोट मागेका हुन्।
उनी माओवादी केन्द्रबाट उपाध्यक्षकी उम्मेदवार हुन्। ‘कैलारी गाउँपालिकाको अध्यक्षमा लाजुराम चौधरी र… विस्तृतमा
May 08, 9:03
डोटी २५ बैशाख / नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायरले ओलीकोे हातमा सत्ता परे देश पुनः दुर्घटनामा जाने बताए । आइतवार पूर्वीचौकी गाउँपालिकामा आयोजीत चुनावी सभालाई सम्बोधन गर्दै उनले मतदाता सचेत नभए देश फेरी पनि दुर्घटनामा जाने बताएका हुन् ।
केपी ओली नेतृत्वको सरकारले दुई पटक संविधान बन्धक बनाएर देशलाई दुर्घटनामा धकेलेको स्मरण गराउँदै उनले फेरी पनि ओली नेतृत्वको एमाले… विस्तृतमा
May 08, 9:00
दिपायल २५ बैशाख / नेपाली कांग्रेस डोटीका उप–सभापति नारायण जोशीले नेपाली कांग्रेस जनताको विश्वासिलो पार्टी भएको बताएका छन् । आइतबार शिखर नगरपालिका–२ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस जनताको मन, मस्तिष्कमा बसेको सबैले विश्वास गर्ने पार्टी भएको बताएका हुन् ।
जनताको त्यही विश्वास र आस्थाका कारण कांग्रेस देशैभर बहुमतले विजयी हुने जोशीले बताए । ‘कांग्रेस जनताको आशा र भरोसाको… विस्तृतमा
May 08, 6:31
डोटी,२५ बैशाख / नेपाली कांग्रेस प्रदेश सभा ‘क’ का सभापति धर्मराज जोशीले सायल गाउँपालिकामा निर्वाचन जित्ने दाबी गरेका छन् । सायल गाउँपालिकाको अध्यक्ष पदका उमेदवार जोशीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफु बहुमतले विजयी हुने दावी गरेका हुन् ।
घरदैलो अभियानका क्रममा सायलका सबै वडाहरु घुमिसके पछि जोशीले यस पटक कांग्रेसले सहजै निर्वाचन जित्ने दावी गरेका हुन् । विगतमा आफुले गरेको सामाजिक… विस्तृतमा
May 08, 6:05
पोखरा,२५ वैशाख / प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायित्व र स्थिरताको लागि गठबन्धन आवश्यक रहेको बताएका छन् ।
पाँच दलीय गठबन्धनको चुनावी सभालाई आइतबार पोखरामा सम्बोधन गर्दै उनले केपी ओली शर्मा ओली र उनको पार्टी गणतन्त्र, संघीयताको खिलाफमा भएको बताए ।
‘ओलीको पार्टी र उहाँ स्वयं प्रजातन्त्रको पक्षमा हुनुहुन्न । प्रजातन्त्रको खिलाफको व्यक्ति हो उहाँ । उहाँको अर्कै… विस्तृतमा
May 08, 12:14
डोटी २५ वैशाख / नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापती वीर वहादुर वलायरले काँग्रेसले नजिते फेरी देश संकटमा जाने कुरा वताएका छन । शिखर नगरपालिकामा चुनावी अभियानका क्रममा सो कुरा वताएका हुन ।
विगत चार वर्ष देश कम्युनिस्टको हातमा परेर टाँट पल्टिएको उल्लेख गर्दै सभापती वलायरले भने अव देश वचाउन जनताले फेरी स्थानिय, प्रदेश र संघमा नेपाली काँग्रेसलाई जिताउन आग्रह गर्दछु ।
विगत चार वर्षमा केपि… विस्तृतमा
May 07, 4:31
डोटी २४ वैशाख / नेकपा माओवादी केन्द्रका पूर्व जिल्ला कमिटी सदस्य एवं शिखर नगरपालिका नगर कमिटी सदस्य ठक्कर नाथ लगायत नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश भएका छन । पूर्व जिल्ला सदस्य नाथलगायतलाइ नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापती वीर वहादुर वलायरले टीका लगाएर स्वागत गरेका छन । नाथ माओवादी केन्द्रका पूर्व जनमुक्ति सेना पनि हुन ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका कार्यकर्ता तेज धामी,… विस्तृतमा
May 02, 4:15
डाेटी १९ बैशाख / डोटीको बड्डी केदार गाउँपालिकामा नेपाली कांग्रेसले चुनावी सभा गरेको छ । बड्डी केदारको वडा नम्बर २ सिरसि र सोही पालिकाको वडा नम्बर ३ मुलेचौरमा आज सम्पन्न भएको छ । सभामा बोल्दै नेपाली कांग्रेसका बड्डी केदार गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार भैरव साउँदले भने पहिलेको सरकार यसपालिकामा हाम्रो सरकार भएकाले अगाडीको सरकारले गर्न नसकेका कामहरु हामी आए पुरा हुनेछ । हामी निर्वाचित भएर आई… विस्तृतमा
May 02, 4:08
डोटी, १९ बैशाख / नेपाली काङ्ग्रेस पुर्विचौकीले घर दैलो अभियान कार्यक्रम अन्र्तगत आज पुर्विचौकीको वडा नम्बर ७ पोखरीमा गर्दै छन । जनताको आधारभुत आवश्यकता र विकास निर्माणका गतिविधिलाई प्राथमिकता राखी कामगर्ने उदेश्यका साथ घरदैलो गरिरहेको गाउँपालिकाका अध्यक्षका उमेदवार रामप्रसाद उपाध्यायले बताए । जनताको रक्षक जनसेवक भएर काम गर्ने आसा सहित आज सम्म पालिका बाट सेवा सुभिदा बाट बन्चीत परेको… विस्तृतमा
May 01, 3:45
धनगढी, १८ वैशाख/विश्व कोरोना महामारीले आक्रान्त थियो । भारत संगका सिमानाका बन्द थिए । देश लकडाउनले ठप्प थियो । बन्दाबन्दीका कारण जागिर गुमाएका नेपालीहरु हुलकाहुल गौरीफन्टा नाकाबाट ओईरीरहेका थिए । यस्तो त्रासदीका बिच सिमा अलपत्र नागरिको सेवाका लागि खटिएका हुन्थे धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड ।
नगर प्रमुख वड मध्यरातमा भएपनि अलपत्र परेका नेपालीहरुलाई उद्धारमा खटिन्थे । खानापानीको… विस्तृतमा