जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल वितरण

July 10, 11:47

डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य हुँदै जान थालेको छ ।
फजुल खर्च भन्दा गरिब असाय र बिरामीलाई सानो भए पनि रकमबाट सहयोग गर्नु पर्छ भन्ने सन्देश दिनकै लागि भएपनि जन्मदिनलाई रचनात्मक र सेवामुखी बनाउनुु पर्ने धारणाका साथ आफ्नो जन्म दिनलाई डोटीको शिखर नगरपालिकाकी उप प्रमुख सुनिता रावल (जोरा)ले आफ्नो  जन्मदिनको अवसरमा राजपुरमा रहेको सुजङ अस्पतालमा बिरामीहरुलाई  फलफूल गरेकी छन । रावलले जन्म दिनको अवसरमा बुधवार अस्पतालमा उपचार गराई रहेका विरामीहरुलाई फलफूल वितरण गरेकी हुन । अस्पतालमा फलफूल वितरण गर्दै रावलले उपचाररत विरामीहरुको सिघ्र स्वास्थ्य लाभ र सफल उपचारका लागि समेत कामना गरेका छन्।

पछिल्ला दिनहरुमा जन्म लिनलाई मानव सेवा आश्रम, गरिब असाय र बिरामीहरुलाई सहयोग गर्ने कार्यले नेपाली मन र पनलाई विगतको अवस्थामा विस्तारै पुगाउन सक्ने र आपसी सद्द्धभाव र भाईचारका सम्बन्ध देखि लिएर एक नेपालीलाई पर्ने पीडा अर्को नेपालीलाई बोध हुने गरि समाज सेवाका कार्यक्रमहरु बिस्तारै अघि बढिरहेकाले केहि हद सम्म भएपनि लक्षित समुदाय भने लाभान्वित बन्न थालेको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा