पक्की पुलमा एक पटक एउटा गाडी

February 15, 10:38

बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा एक पटकमा एउटा मात्र गाडी आउजाउ गर्ने साइनबोर्ड टाँस गरिएको छ ।

दुई वर्षअघि बनेको ६० मिटर लम्बाइ भएको सो पुलका लागि पाँच करोड ९६ लाख १२ हजार १३० रुपियाँ लगानीमा रोजेन्द्र थेगिम जेभी कैलालीले निर्माणको जिम्मा लिएको थियो । 

पुलको लोड टेस्ट गर्दा एउटा मात्र गाडीलाई आउजाउ गर्न सहज भएकाले अहिले एक पटकमा एउटा मात्र गाडी हिँड्ने गरेर साइनबोर्ड टाँस गरेको सडक डिभिजन कार्यालय साँफेबगर अछामले जनाएको छ । सडक डिभिजन कार्यालय अछाम र पुल महाशाखाबाट आएको इन्जिनियरको टोलीले पुलमा १५/१५ टनका तीन गाडी हाल्दा पुल चर्किएपछि एक पटकमा एउटा मात्र गाडी गुडाउन साइनबोर्ड टाँस गरिएको बताइएको छ । 

उक्त पुल मात्रै होइन बाजुराका अन्य करोडौँ रुपियाँका भौतिक पूर्वाधार निर्माणका योजना पनि ठेकेदारको लापरबाहीका कारण अस्तव्यस्त हुने गरेका छन् । म्याद थपिन्छ काम लम्बिन्छ । यस विषयमा सरोकारवाला निकायलाई भने कुनै चासो नभएको स्थानीय बताउँछन् ।

४५ टनको भार लोड धान्नुपर्ने सो पुलले लोड धान्न नसकेपछि एक पटक एउटा मात्र गाडी चल्ने गरेर बोर्ड टाँस गरेको सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी आकाश श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल निर्माण कमसल देखिएपछि अहिले फेरि पुनर्निर्माण गर्ने गरेर रोजेन्द्र थेगिम जेभी कैलालीलाई पत्र पठाएका छाैँ ।” 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा
सुदूरपश्चिम प्रदेशबाट पश्चिमी वायुको प्रभाव फेरि बढ्ने…
  सुदूरपश्चिम / हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली… विस्तृतमा