कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास

February 15, 10:33

कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा घाँस दाउरा गर्न गएकी पुर्नवास नगरपालिका – १० कि ३२ वर्षीया कलशा सार्कीले बाघको आक्रमणमा परि ज्यान गुमाउनु पा-यो । उनीसँगै रहेका अन्य महिलाले भागेर ज्यान बचाए । त्यसको केही दिनपछि बेलौरी सँग सीमा जोडिएको भारतीय गाउँ सम्पुर्णानगर खजुरिया नजिक एक भारतीय महिलाले पनि बाघको आक्रमण परी ज्यान गयो ।

सीमावर्ती क्षेत्रमा देखिएको बाघ केही दिन पछि बैशाखमा बेलौरी नगरपालिका – ८ पचुइ घाँस काट्ने क्रममा सोही ठाउँ बस्ने ४५ वर्षीया गङ्गा चन्द पनि बाघको आक्रमणमा परिन । बैशाख ९ गते महिलामाथि आक्रमण गर्ने बाघको खोजीमा स्थानीय प्रशासन जुट्यो । बाघ आक्रमण गरेकै स्थलमा रहेको भनक पाएपछि वनको टोलीले बर्दियाबाट डार्ट टोली र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खोजीका निम्ति हात्ती मगायो । दिउँसो राती खोज्दा फेला नपरेको बाघ अर्को दिन फेला पार्यो र, डार्ट गरि काठमाडौँ पु-याइयो ।

हिंसात्मक बाघलाई काठमाण्डौं चिडियाखाना पु¥याए पनि कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रका स्थानीयमा त्रास भने हट्न सकेको छैन । बाघ चिडियाखान पुर्याएपछि सो क्षेत्रको बस्तीमा पुनः बाघ घुम्न थालेपछि फेरी त्रास बढेको छ । एक पछि अर्को घटना भइरहेको सो क्षेत्रमा बेलाबखत खेतबारीमा बाघ देखिने क्रम नरोकिएपछि अहिले यस क्षेत्रमा त्रास बढेको हो । पछिल्लो समय बस्ती क्षेत्रमा बाघ देखिन थालेपछि स्थानीय प्रशासनले नियन्त्रणमा लिन खोजेपनि सफल भने हुन सकेको छैन ।

पुनर्वासको दक्षिणी क्षेत्र, बेलौरी, बेलडाँडीमा दिनै पिच्छे बाघ, चितुवा देखिने गरेको स्थानीय बताउन्छन । मंगलबार मात्रै बेलौरी नगरपालिका – ६ का स्थानीय ईश्वर प्रसाद रिजालले कलकत्ता मेडिकलबाट घर फर्कने क्रममा बेलौरी नगरपालिका – ८ खप्टी पुल नजिकै बाघ देखेका थिए ।

‘कलकत्ताबाट राती घर जाने क्रममा हुलाकी सडक खप्टी पुल नजिक बाटोमा बाघ देखे । हतारमा फिर्ता आए’ उनले भने ‘फिर्ता आउदा नजिकैको सशस्त्र प्रहरीको बिओपी पचुइलाइ खबर गरेको थिए ।’ उनले हुलाकी राजमार्ग भएर ओहोरदोहोर गर्ने स्थानीयहरुलाइ सजग रहन आग्रह गरेका छन । हुलाकी सडक नजिकै यसअघि पनि बाघको आक्रमणबाट महिलाको मृत्यु भएपछि हुलाकी राजमार्ग ओहोरदोहोर गर्ने स्थानीयहरु डरैडरले ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेको रिजालको भनाइ छ । करिब १.५ किलोमीटर हुलाकी राजमार्गको छेउमा बाक्लो झाडी हुँदा बाघको झन खतरा बढेको उनी बताउँछन । स्थानीय तहले उक्त क्षेत्रमा रहेको झाडी हटाए सहज हुने उनले बताए ।

यसअघि सोमबार बेलौरी नगरपालिका – १० बाराझालामा चित्तल बाघले खाएको अवस्थामा भेटिएको थियो । कुण्डा सव डिभिजन वन कार्यालयका प्रमुख दिनेश कुमार यादवले दक्षिणी क्षेत्रमा बाक्लो उखु खेती भएकोले ठाउँठाउँमा बाघ देखिरहेको बताए । उखु काटिएपछि बाघ आफ्नो बासस्थान तिर फिर्ता जाने उनको भनाई छ ।

जिल्लामा जैविक मार्ग मासिदै जादा अहिले मानव र वन्यजन्तु बीच द्वन्द्व भइरहेको शुक्लाफाँटा संरक्षण कोष प्रमुख लक्ष्मी राज जोशीले बताए । ‘मानव जनसंख्या वृद्धि हुँदै गइरहेकोले जैविक मार्ग मासिदै छ । जंगली जनावरहरूको बासस्थान खण्डित हुँदा द्वन्द्व देखिएको छ’ प्रमुख जोशीले भने ।

हात्तीको द्वन्द्व जिल्लाका विभिन्न ठाउँहरूमा देखिएपनि बाघ सँग भने द्वन्द्व नभएको जोशी बताउँछन । ‘अन्य ठाउँमा बाघ सँगको द्वन्द्व भएको अवस्था छैन’ जोशीले भने ‘पछिल्लो समय अरु ठाउँमा चितुवा सँग द्वन्द्व बढिरहेको हो । वन आसपास र वस्ती भित्र प्रवेश गरेको घट्ना आइरहेका छन ।’ जोशीका अनुसार शुक्लाफाटामा बाघको आहारा प्रजाति राम्रो भएकाले बाहिर धाउनु पर्ने अवस्था छैन ।

हात्ती झुन्डमा हिड्ने जनावर भएकोले एकै झुण्ड शुक्लाफाटा राष्ट्रिय निकुञ्ज हुँदै भारतको दुधुवा नेशनल पार्क र पिलिभित टाइगर रिजर्भ सम्म आहाराको लागि पुग्ने भएकोले वन आसपासका बस्तीमा हात्ती पुग्ने गरेको जोशीले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा
सुदूरपश्चिम प्रदेशबाट पश्चिमी वायुको प्रभाव फेरि बढ्ने…
  सुदूरपश्चिम / हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली… विस्तृतमा