समाचार
June 13, 5:55
सिलगढी– जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ । दिनको १० वटा सिलिन्डर भर्न सक्ने क्षमता रहेको उक्त प्लान्टको सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाले उद्घघाटन गर्नु भएको हो ।
य सरकारले प्लान्ट स्थापनाका लागि ८० लाख बजेट विनियोजन गरेको भए पनि ३० लाखमा टेण्डर परेको थियो । प्लान्ट जडान भएसँगै अक्सिजन भर्न डडेल्धुरा, धनगढी, नेपालगन्ज धाउनुपर्ने बाध्यता… विस्तृतमा
June 11, 9:53
धनगढी २७ जेठ - नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई आफ्नो कार्यकाल पूर्ण सफल बनाउन कटिबद्ध भएर लाग्न निर्देशन दिएका छन् । शुक्रबार प्रदेश पार्टी कार्यालयमा आयोजित स्थानीय तहमा काङ्ग्रेसबाट निर्वाचित प्रदेशभरिका नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई गरिएको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै सभापति बलायरले सो… विस्तृतमा
June 09, 7:29
धनगढी, २६ जेठ -
कैलालीको धनगढीमा आगामी कार्तिकमा सञ्चालन हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रीकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको ब्रोडकास्ट पार्टनर टिभी टुडे टेलिभिजन रहने भएको छ । आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेण्ट्स र टिभी टुडे टेलिभिजनबिच आज उक्त सम्झौता भएको हो । एलपीएलको सातौँ संस्करणको प्रत्यक्ष प्रसारण उक्त टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने छ ।
बिहीबार धनगढीमा एक… विस्तृतमा
June 07, 1:58
धनगढी २४ जेठ -
नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिले स्थानीय तहको निर्वाचनमा विजयी भएका ९ वटै जिल्लाका जनप्रतिनिधिसँग अन्तरक्रिया गर्ने भएको छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिसँग आगामी रणनीति तथा पार्टीको घोषणा पत्र अनुसार जनमुखी कार्यसम्पादन गर्न निर्देशन जारी गर्ने गरी अन्तरक्रिया गर्न लागिएको हो ।
जेठ २७ गते धनगढीमा नव निर्वाचित… विस्तृतमा
June 07, 12:46
धनगढी २४ जेठ - कैलालीको धनगढीमा सञ्चालन हुँदै आएको विद्या स्तरीय यु–१९ राष्ट्रिय टि–२० क्रीकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करणका लागि टिम दर्ता खुलेको छ । आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले लिटल फ्लावर प्रिमियर लिग-७ का लागि टिम दर्ता खुला भएको जानकारी दिएको हो ।
प्रतियोगिताको सातौँ संस्करण आगामी कार्तिक तेस्रो साताबाट धनगढीमा सञ्चालन हुने छ । हालसम्म ५ वटा टिम… विस्तृतमा
June 06, 2:18
काठमाडाैं २३ जेठ । मध्यक्रमकी ब्याटर सानु राजवंशीले ३० रनको अविजित पारी खेलेपछि नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको छ ।
भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात खराव थियो । पहिलो ओभरमै ओपनर स्नेहा महरा खाता खोल्नै नपाई आउट भइन् । तेस्रो ओभरमा आउट भएकी अर्की ओपनर किरण कुमारी… विस्तृतमा
June 04, 3:00
डडेल्धुरा, २१ जेठ । जिल्ला समन्वय समिति डडेल्धुराको संयोजकमा नेपाली कांग्रेसका गगनसिंह भण्डारी निर्विरोध निर्वाचित भएका छन् । संयोजकका लागि भण्डारीकोमात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएको मुख्य निर्वाच अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्ला समन्वय समितिको संयोजकमा निर्विरोध भएका भण्डारी नेपाली काङ्ग्रेसका नगर उपसभापति हुन ।
उनी, अमरगढी नगरपालिका–७ बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।… विस्तृतमा
June 04, 12:48
बैतडी २१ जेठ –जिल्ला समन्वय समिति बैतडीको लागि गठबन्धनका तर्फबाट उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्रले बैतडीमा जिल्ला समन्वय समितिका लागि गठबन्धन गरेका छन् । उनीहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरुको मनोनयन दर्ता गरेका हुन् ।
जिल्ला समन्वय समितिको प्रमुखका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्रसिंह धामीको… विस्तृतमा
June 04, 12:08
२१ जेठ, काठमाडौं । मलेसियामा भइरहेको आईसीसी यू-१९ टी-२० विश्वकप एसिया छनोटमा नेपाली महिला टोली यूएईविरुद्ध ८ रनमा अलआउट भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ८.१ ओभर क्रिजमै टिक्दै जम्मा ८ रनमै अलआउट भयो ।
नेपालका लागि स्नेहा महराले बनाएको ३ रन नै व्यक्तिगत उच्च रह्यो । कप्तान कृतिका मरासिनीसहित ६ खेलाडीले खातासमेत खोल्न सकेनन् ।
यूएईका लागि माहिका गौरले घातक बलिङ गर्दै ४ ओभरमा २ मेडन… विस्तृतमा
June 02, 8:36
काठमाडौं – नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो।
शुक्रवार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो। यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी… विस्तृतमा
June 02, 7:52
काठमाडौं १९ जेठ। नेपाली कांग्रेसमा चुनावमा अन्तर्घात गर्ने पुरानो रोग हो । उक्त रोग यसपटकको स्थानीय तह निर्वाचनमा पनि कायम रहेको केन्द्रदेखि प्रदेशसम्मका नेताहरु स्विकार्छन् । पार्टी प्रवक्ता डा. प्रकाशरण महत र प्रदेश सभापतिहरुको धारणा सुन्दा अन्तर्घात यसपटक झनै बढेको छ ।
आन्तरिक एकता मजबुत हुन नसक्दा जित्नैपर्ने स्थानमा समेत कांग्रेस पराजित भएको उनीहरुको दाबी छ । अघिल्लोपटक एक्लै विजयी भएका… विस्तृतमा
June 02, 7:34
काठमाण्डाैँ १९ जेठ । सत्तारुढ पाँच दलका शीर्ष नेताहरु नेताहरु आम चुनाव आगामी कात्तिक–मंसिरमा गर्न सकारात्मक देखिएका छन् । चुनावी समीक्षाका लागि सोमबार बसेको शीर्ष नेताहरु कात्तिक–मंसिरमा चुनाव गर्ने पक्षमा देखिएपछि निर्वाचन परिचालन समितिमा सिट बाँडफाँटबारे समेत छलफल भएको छ ।
नेताहरुका अनुसार सोमबारको बैठकमा कृष्ण सिटौला, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले चार महिना अघि नै मिति घोषणा गर्नुपर्ने… विस्तृतमा
June 01, 11:21
धनगढी १८ जेठ। कैलालीको घोडाघोडी नगरपालिकामा नगरकार्यपालिकाले पूर्णता पाएको छ । स्थानीय निर्वाचन सम्पन्न भएपछि निर्वाचित महिला सदस्य मध्ये बाट ५ जना र दलित वा अल्पसंख्यकबाट ३ जना सदस्य थप्नुपर्ने प्रावधान अनुसार कार्यपालिकाले पूर्णता पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।नेपाली काग्रशे बाट निर्वाचित महिला सदस्य मध्ये गीता सुनार, बिष्णा देवी डगौरा, मिना कुमारी बि.क, एकीकृत समाजबादी बाट… विस्तृतमा
June 01, 8:51
धनगढी, १८ जेठ । स्थानीय तह निर्वाचन सकिएसँगै जिल्ला समन्वय समिति गठन गर्नुपर्ने कानूनी प्रावधान छ। उक्त समिति गठन गर्नका लागि पालिका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले मतदान गर्नुपर्ने हुन्छ। कैलालीको हकमा १३ पालिका भएकाले २६ जनाले मतदाता गर्न पाउने छन्। जसमा एक जना स्वतन्त्र रुपमा विजयी भएका जनप्रतिनिधि छन्। एक जना सत्ता गठबन्धनकाविरुद्ध चुनाव लडेका कांग्रेसका नेताले पनि पालिका अध्यक्ष… विस्तृतमा
May 28, 6:49
धनगढी १४ जेठ -
क्लब स्तरीय टी–२० राष्ट्रिय क्रीकेट प्रतियोगिता धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रीकेट एकेडेमीले जितेको छ । धनगढीको लिटल फ्लावर क्रीकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि कब्जा गरेको हो । विजेता बनेको महेन्द्रनगरले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिटल फ्लावरले १ लाखमा चित्त बुझायो ।
कैलालीको धनगढी स्थित प्रदेश प्रहरीको… विस्तृतमा