समाचार
January 31, 6:57
डडेल्धुरा। डडेल्धुराका पत्रकार नवराज पनेरुलाई यस वर्षको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।
पत्रकारिताको माध्यमबाट नेपालको खेलकुद क्षेतमा पुर्याएको योगदानको कदर गर्दै उनलाई नगद २५ हजार रुपैयाँसहित खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० प्रदान गरिएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
पत्रकार पनेरु विगत दशकभन्दा बढी लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । हाल यस… विस्तृतमा
January 31, 6:52
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले भू–उपयोग नीति कार्यान्वयनमा ल्याउनु पर्ने बताउनुभएको छ ।
भूमि व्यवस्था मन्त्रालय र ह्याविटेट फर ह्युमानिटी नेपालको आयोजनामा धनगढीमा बुधबार भएको प्रदेश स्तरीय भूमि आवास तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रदेश स्तरीय नीतिगत संवादमा बोल्दै मन्त्री चौधरीले जग्गा वर्गीकरणको जिम्मा पालिकालाई दिइएकाले पालिकाले… विस्तृतमा
January 30, 8:25
धनगढी : धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिता अन्तर्गत आज ४ खेल सम्पन्न भएका छन् । आज भएका चार खेलमा धनगढी मोडेल माध्यमिक बिद्यालय,होलिल्याण्ड इङ्लिस स्कुल , सरस्वती माध्यमिक बिद्यालय धनगढी र इलायन्स इन्टरनेश्नल स्कुल क्वाटर फाइनल प्रवेश गरेका छन् । धनगढी रगंशालामा भएको पहिलो खेल अन्तर्गत धनगढी मोडेल माध्यमिक बिद्यालय धनगढीले नास्ट एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित… विस्तृतमा
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते देशभरका हल बन्द गर्ने भएका छन् ।
हल सञ्चालकको छाता संस्था चलचित्र संघले मंगलबार विज्ञप्ति जारी गर्दै अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा उक्त दिन देशभरका हल बन्द गर्ने जनाएको हो । सरकारले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको संघको दाबी छ ।
संघका… विस्तृतमा
January 29, 9:20
धनगढी : धनगढीमा आजबाट CCS+2 अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिता शुरु भएको छ । धनगढीको क्रेसेन्ट सिटि स्कुलद्वारा आयोजित प्रतियोगिता अन्तर्गत आज पहिलो दिन ४ खेल सम्पन्न भएका छन् । धनगढी रगंशालामा भएको पहिलो खेलमा CCS+2 बी ले ग्यालेक्सी सेकेन्ड्री स्कुललाई १–० गोल अन्तरले पराजित गर्यो । ग्यालेक्सी सेकेन्ड्री स्कुल प्रतियोगिताबाट बाहिरिए संगै CCS+2 बी क्वाटर फाइनल प्रवेश गरेको छ ।
आजै भएको… विस्तृतमा
January 29, 8:18
सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलको नेता खगराज भट्टलाई हटाइएको छ। बहुमत प्रदेशसभा सदस्यले संसदीय दलको नेता नै फेर्ने निर्णय गरेर प्रदेशस सभा सचिवालयमा पठाएका थिए ।
सचिवालयले भट्टलाई हटाएर मान बहादुर धामीलाई चयन गरिएको बताएको छ। प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले सचिवायलयमा आएको पत्रलाई सोही अनुसार कार्यान्वयन गरिएको बताए।आज (सोमबार) प्रदेशसभा सचिवालयका सचिव देव… विस्तृतमा
January 29, 8:10
धनगढी। परराष्ट्रमन्त्री एनपी साउदले नेपाल—भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल सुरू भइसकेको बताएका छन्। सोमबार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेला भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा भएको सहमतिअनुसार समाधानका पहल अघि बढाइएको बताए।मन्त्री साउदले… विस्तृतमा
January 29, 2:16
काठमाडौं । तीव्र गतिका बलर भोजराज भट्टले ६ विकेट लिएपछि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई २६३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी ४८.३ ओभरमा २६२ रनमा अल आउट भयो । आर्मीका कुशल मल्लले ६७ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाए ।
बसिर अहमद ६३ बलमा ३ चौकासहित ३६ रनमा आउट… विस्तृतमा
January 27, 8:43
कञ्चनपुर / कञ्चनपुरको महेन्द्रनगरमा आइतबार देखि सुरु हुने तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । २० गतेसम्म महेन्द्रनगरको खुला मंचमा हुने प्रतियोगिता सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा हुने भलिबल प्रतियोगितलाई जिल्ला भलिबल सघले सहयोग गरिरहेको छ । प्रतियोगितामा सात वटै प्रदेश र तीन बिभागिय टिम गरि १० वटा टिमको सहभागिता रहने… विस्तृतमा
January 27, 12:07
काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाललाई सुपर सिक्समा पुर्याउन तीव्र गतिका बलर आकाश चन्द नायक बने । सुपर सिक्समा पुग्न निर्णायक खेलमा बलियो टेस्ट टोली अफगानिस्तानलाई १४५ रनमै रोक्न आकाशले जादुमय बलिङ गरेका थिए ।
दक्षिण अफ्रिकाको बफेलो पार्कमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो । बलियो योगफल बनाउने लक्ष्य राखेर… विस्तृतमा
January 14, 9:03
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भारतबाट नेपाल भित्रिनेहरूको एन्टिजेन परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार तीन दिनमा चार सय ६४ व्यक्तिको एन्टिजेन परीक्षण गरिएको थियो। तीन दिनयता प्रदेशका सीमानाका गौरीफन्टा, गड्डाचौकी, जुलाघाट र पुलघाट नाकाबाट एक हजार चारसय ४४ व्यक्ति नेपाल… विस्तृतमा
January 13, 8:31
दोरेन्द्र खड्का / बझाङ । नेकपा(एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी संगठनको सदूरपश्चिम प्रदेशको अध्यक्षमा जनकराज जोशी चयन भएका छन् ।
शनिबार धनगढीमा भएको प्रथम प्रदेश भेलाले जोशीको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा रजनलाल धामी, महाँसचिवमा पुरुषोत्तम भट्ट, सचिवमा सुनिल रावल, जानकी जोशी, कोषाध्यक्षमा राम बहादुर थापा, सदस्यहरुमा सत्यराज थापा, सुवाष बडु,… विस्तृतमा
January 13, 8:01
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सम्पन्न भएको छ ।
शनिबार सम्पन्न भएको प्रतियोगिताको उपाधी पदम पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय सिलगढीले हात पारेको छ ।
प्रतियोगितामा सुजङ बोडिङ्ग स्कुल राजपुर दोस्रो र सहिद स्मृति आवासीय राजपुर तेस्रो स्थान प्राप्त गरेका छन् । दिल्पेश्वर उमावि दिपायल सान्त्वना ९चौथो० स्थान प्राप्त गरेको कार्यक्रमका… विस्तृतमा
January 13, 7:37
धनगढी । नागरिक उन्मुक्ति पार्टी ( नाउपा) ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ ।
टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।
श्रेष्ठ रेशम चौधरीकी श्रीमती हुन् । श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको बताउँदै… विस्तृतमा
January 12, 2:51
टीकापुर । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत भएका छन् । रेशमपत्नी रञ्जिता श्रेष्ठ यसअघि पार्टी अध्यक्ष थिइन् । निर्धारित समयमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो ।
चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । चौधरी सर्वसम्मत भएपनि घोषणा भने गरिएको छैन ।… विस्तृतमा