समाचार
January 12, 2:08
धनगढी । नागरिक उन्मुक्ति पार्टीको नयाँ नेतृत्व शुक्रबार चयन हुँदैछ। बिहीबारदेखि कैलालीको टीकापुरमा सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशनले आज नेतृत्व चयन गर्ने सो पार्टीले जनाएको छ।
उद्घाटन सत्रपछि गए राति नै बन्दसत्र पनि सम्पन्न गरिएको छ। शुक्रबार बिहान ९ बजे मनोनयन दर्ताको समय तोकिएको छ। नागरिक उन्मुक्तिको अध्यक्षमा रेशमलाल चौधरी दम्पति आकांक्षी छन्।
पार्टीका संरक्षक रहेका रेशम चौधरी पार्टी… विस्तृतमा
January 12, 11:21
दोहा । एसियन कप आज शुक्रबारदेखि सुरु हुँदैछ । कतार यसको आयोजक रहेको छ र यो नै प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । जापान भने उपाधिका लागि सबैभन्दा बलियो प्रत्यासी हो ।
अनि सन ह्वेङ–मिनको दक्षिण कोरिया ६४ वर्षयता पहिलो पटक एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जित्ने उद्देश्यमा हुनेछ । कुल २४ टिमको सहभागिता रहेको प्रतियोगितामा अस्ट्रेलियादेखि प्यालेस्टाइनसम्मले आफ्नो चुनौती पेस गर्नेछ… विस्तृतमा
January 11, 11:51
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले जस्ताले छाएको टहरा थियो । फार्मेसीमा अहिले पाँच वटा कक्ष तयार भएका छन् । यहाँ आकस्मिक र वार्डमा भर्ना भएका बिरामीलाई एउटा, स्वास्थ्य बिमा गरेका बिरामीलाई दुई वटा, निःशुल्क एउटा र सशुल्क बिक्री काउन्टर राखिएका छन् ।
गत वर्ष अस्पतालमा डी फर्मा आएपछि सुरु भएको फार्मेसी व्यवस्थापन कार्य पूरा भएको छ भने… विस्तृतमा
January 11, 11:48
धनगढी । सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापति बुधबार निर्विरोध रूपमा निर्वाचित भएका छन् । चारै जनाको शपथग्रहण समेत भएको छ ।
प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले एक कार्यक्रमका बिच चारै जना सभापतिलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।
निर्विरोध निर्वाचित हुनुहुनेमा विधायन तथा प्रदेश मामिला समितिमा दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक… विस्तृतमा
January 11, 11:28
धनगढी। धनगढीमा श्री कलेज कप फुटबल प्रतियोगितामा हुने भएको छ। लिटिल फ्लावर स्पोर्टस क्लब धनगढी र श्री कलेज अफ म्यानेजमेन्ट काठमाडौँ आलोक नगर नयाँ बानेश्वर काठमाडौँको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलन गर्दै आयोजकले बताए।
प्रतियोगिता फागुन ५ गतेबाट फागुन १२ गते सम्म धनगढी रङ्गशालामा सञ्चालन गरिने बताए । प्रतियोगितामा कक्षा १२ सम्म पढाइ हुने विद्यालय र कलेजहरूले सहभागिता हुन… विस्तृतमा
January 11, 11:23
काठमाडौं । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो ।
बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजाय हुने निर्णय बुधबार सुनाएको थियो ।
लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको… विस्तृतमा
December 16, 6:36
धनगढी । आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि सत्यवती एकेडेमी, अत्तरियाले जितेको छ। कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्ट्स क्लबलाई ५ रनले पराजित गरेको गरेको हो।
रोमान्चक खेलमा सत्यवतीले दिएको १२७ रनको लक्ष्य पछ्याएको धनगढी स्पोर्ट्सले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको हो। धनगढी स्पोर्ट्सको ब्याटिंगमा बसन्त कार्कीले ३५… विस्तृतमा
December 13, 5:00
कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को बुधबार सम्पन्न दुई खेलमा क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी भएका छन्।
समुह ’डी’ अन्तर्गतको खेलमा एक्सिलेन्स सेन्टरले जेएस स्पोर्ट्स–११ सुपर स्टार्सलाई तथा समुह ’बि’ अन्तर्गतको खेलमा कैलाली मल्टिपल क्याम्पसले शारदा सेकेण्डरी स्कुललाई पराजित गर्यो।
आजको पहिलो खेलमा क्रिकेट एक्सिलेन्स सेन्टरले जेएस स्पोर्ट्स–११… विस्तृतमा
December 09, 4:38
कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर र गरुडा नगरपालिका विजयी भएका छन्। समुह ’बि’ बाट युथ अफ टिकापुरले सेमीफाइनलमा स्थान समेत पक्का गरेको छ।
आज सम्पन्न पहिलो खेलमा युथ अफ टिकापुरले कैलाली मल्टिपल क्याम्पसलाई पराजित गर्दै समुह चरणमा तिन वटै जितको साथ सेमीफाइनलमा स्थान सुरक्षित गर्यो।
युथ अफ टिकापुरले दिएको ९५… विस्तृतमा
December 09, 3:16
धनगढी । कैलालीको चुरे गाउँपालिकाको बिकास लागी आफु कटिबद्ध भएर लाग्ने सुदूपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री झपट बहादुर साउँदले बताएका छन ।
बसर युवा क्लब चरेले आयोजना गरेको सुदूपश्चिम प्रदेश स्ततरीय खुल्ला भलिबल चुरे कप २०८० को प्रतियोगिता उद्धघाटन गर्दै मन्त्री साउँदले उक्त कुरा बताएका हुन । प्रतिगिताका प्रमुख अतिथि समेत रहेका मन्त्री साउँदले यस पालिकामा नमुना कबडल सहितको एउटा खेल मैदान… विस्तृतमा
December 08, 4:33
धनगढी । कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन्।
समुह ’बि’ अन्तर्गतको खेलमा युथ अफ टिकापुरले दोश्रो जित दर्ता गर्ने क्रममा धनगढी क्रिकेट एकेडेमीलाई पराजित गर्यो। समुह ’ए’ अन्तर्गतको खेलमा धनगढी स्पोर्ट्स क्लबले शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनलाई पराजित गर्दै दोश्रो… विस्तृतमा
December 06, 4:34
कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन्।
दिनको पहिलो खेलमा घोडाघोडी क्रिकेट एकेडेमीले लिटल फ्लावर स्कुललाई ४१ रनले पराजित गर्यो। घोडाघोडीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लिटल फ्लावरले १६.५ ओभरमा ८६ रनमा सबै विकेट गुमायो।
लिटल फ्लावरको लागि मनिष थापाले… विस्तृतमा
December 05, 4:38
धनगढी / कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी भएका छन्।
समुह 'सी' अन्तर्गतको आजको पहिलो खेलमा कैलालीको घोडाघोडी क्रिकेट एकेडेमीले सुदूरपस्चिमान्चल एकेडेमीलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गर्यो। प्रतियोगितामा सुदूरपस्चिमान्चलको यो दोश्रो हार हो। … विस्तृतमा
December 04, 4:45
धनगढी । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन्। धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई तथा धनगढी स्पोर्ट्स क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्यो।
आजको पहिलो खेलमा समुह ’बि’ अन्तर्गत धनगढी क्रिकेट एकेडेमीले… विस्तृतमा
December 04, 1:12
आजको पहिलो खेलमा धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई ४३ रनले पराजित गर्दै प्रतियोगिताको विजयी सुरुवात गर्यो।
फाप्ला क्रिकेट मैदानमा निर्धारित १५ ओभरमा १२५ रनको लक्ष्य पछ्याएको कैलाली मल्टिपल क्याम्पसले पुरै ओभर ब्याटिंग गरेता पनि ९ विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो। धनगढी क्रिकेट एकेडेमीका बलर निरज ऐरले ४ विकेट लिंदै कैलाली मल्टिपलको इनिंग्स धरासायी बनाए। प्लेयर अफ द म्याच… विस्तृतमा