एलपीएल : युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी

December 08, 4:33

धनगढी । कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन्।

समुह ’बि’ अन्तर्गतको खेलमा युथ अफ टिकापुरले दोश्रो जित दर्ता गर्ने क्रममा धनगढी क्रिकेट एकेडेमीलाई पराजित गर्यो। समुह ’ए’ अन्तर्गतको खेलमा धनगढी स्पोर्ट्स क्लबले शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनलाई पराजित गर्दै दोश्रो जित दर्ता गर्दै। जितसंगै युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स क्लबले सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। 

आज सम्पन्न पहिलो खेलमा युथ अफ टिकापुरले धनगढी क्रिकेट एकेडेमीलाई ३३ रनले पराजित गर्यो। युथ अफ टिकापुरले दिएको १३६ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो। 

धनगढीको लागि शार्थक धितालले सर्वाधिक ३७ रन बनाए। मान साउदले १८ तथा विजय रानाले १२ रनको योगदान दिए। युथ अफ टिकापुरको बलिंगमा प्लेयर अफ द म्याच घोषित गौतम केसीले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३० रन खर्चिए। सुमित महर्जनले २ तथा मोहम्मद हुसेन र प्रकाश जैसीले १÷१ विकेट लिए। 

यस अघि टस जितेर ब्याटिंग गरेको युथ अफ टिकापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३५ रन बनायो।

युथ अफ टिकापुरको लागि हरि चौहानले सर्वाधिक २९ रन योगदान दिए भने गौतम केसीले २६, प्रदिप ऐरीले १४, प्रकाश जैसीले १३ रन बनाए। अतिरिक्तको रुपमा धनगढी क्रिकेट एकेडेमीले २६ रन खर्चियो।

धनगढी क्रिकेट एकेडेमीको बलिंगमा लेग स्पिनर युवराज खत्री एक्लैले ४ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा मात्र ८ रन खर्चिए। निरज ऐरले २ तथा हिक्मत महरा र मान साउदले १÷१ विकेट लिए।

आजको दोश्रो खेलमा धनगढी स्पोर्ट्स क्लबले शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनलाई ६ विकेटले पराजित गर्यो। शुक्लाफांटाले दिएको ११० रनको लक्ष्य धनगढीले १३.२ ओभरमा ४ विकेट गुमाएर भेटायो। 

धनगढी स्पोर्ट्स क्लबको लागि प्रनित थापाले अविजित अर्धशतकीय योगदान दिए। प्लेयर अफ द म्याच समेत घोषित भएका थापाले ३४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। बसन्त कार्कीले अविजित २७ रन बनाए। ३२ रनमा ४ विकेट गुमेको अवस्थामा थापा र कार्कीले पाँचौ विकेटको लागि अविजित ७८ रनको साझेदारी गरे। 

शुक्लाफांटाको बलिंगमा सुशील रावलले २ तथा कैलाश ऐर र बसन्त खत्रीले १÷१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनले २० ओभरमा ७ विकेट गुमाएर १०९ रन बनायो।

शुक्लाफांटाको लागि किरण ठगुन्नाले सर्वाधिक २९ रन बनाए भने बिशाल ऐरले २३, रोशन साउदले १७ तथा बसन्त खत्रीले १३ रन योगदान दिए।

धनगढी स्पोर्ट्स क्लबका बलर अमर सिंह रौटेलाले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १० रन खर्चिए। भोज राज भट्टले २ विकेट तथा दिपक ठकुरी र भुवन कार्कीले १÷१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत सातौँ दिन शनिवार पनि दुई खेल हुनेछन्। विहान ९ बजे युथ अफ टिकापुर र कैलाली मल्टिपल क्याम्पस तथा दिउँसो १ बजे सुदूरपश्चिमान्चल एकेडेमी र गरुडा नगरपालिका बीच खेल हुनेछ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा