कोरोनालाई जितेर घर फकिएका कैलालीका युवकलाई मन्त्रीले फुल दिएर विदाई गरे 

Birami
Birami
April 19, 5:03

धनगढी 
कैलालीका लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय कोरना संक्रमित युवक १६ दिन अस्पताल बसेपछि आज घर फर्किएका छन् । उनलाई आज सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको छ ।
उनलाई केही बेरअघि सामाजिक बिकासमन्त्री कृष्णराज सुबेदी र अस्पतालका डाक्टरहरुले फुल दिएर बिदा गरेका छन् । एम्बुलेन्स मा चढेर उनी अस्पतालबाट घर गएका छन् ।
भारतबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज डिस्चार्ज गरिएको अस्पतालका मेसु हेमराज पाण्डेले बताए ।
अब सेतीमा चार जना संक्रमितको उपचार भईरहेको छ। उनिहरुको अबस्था सामान्य रहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा