अन्तर्राष्ट्रिय
December 03, 9:07
On November 28, 2020, around 1,000 participants including educators, students, parents, and women and youth organization leaders from the Philippines joined a webinar in celebration of the 2020 National Children's Month entitled "Peace: Best Protection for Children's Rights" via ZOOM Conference Call and Facebook Live.
In cooperation with Commission on Higher Education (CHED), Department of… विस्तृतमा
November 23, 7:49
Mangshir8,2077
Life Changing story of Miss Saumyaa who participated in Peace Education of HWPL
COVID19 penetrated deep from our small daily lives to the big parts and changed everything around the world. They include meeting school friends offline, hugging, starting a new school year with a big heart and going to the entrance ceremony, and a festival where students could enjoy together. Now… विस्तृतमा
July 20, 4:38
काठमाडौं । कोभिड १९ को अध्ययन र अनुसन्धानका लागि दक्षिण कोरियाका ४ हजार जनाले प्लाज्मा दिने भएका छन् ।
दक्षिण कोरियास्थित शिञ्जोची चर्चका पूर्व कोभिड १९ संक्रमित ४ हजार जनाले रगतको प्लाज्मा दिने इच्छा व्यक्त गरेका हुन् । प्रति व्यक्ति ५०० मिलिलिटर प्लाज्मा दान गर्न लागिएको समाचारमा बताइएको छ । उक्त प्लाज्मा झण्डै ८३ अर्ब डलर बराबर मूल्यको रहेको चर्चका संस्थापक मान ही लीले बताएका छन् ।… विस्तृतमा
July 17, 12:07
वनारस, साउन ०२ – प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मबारे दिएको अभिव्यक्तिले भारतमा रहेका नेपालीहरु प्रभावित बन्न थालेका छन्। भारतमा रहेका नेपालीहरुलाई त्यहाँ विभिन्न आरोप लगाउनुका साथै जबरजस्तीसमेत गर्न थालिएको छ। भारतको विश्व हिन्दु सेनाले बिहीवार वनारसमा रहेका नेपालीको कपाल जबरजस्ती खौरिदिएका छन्। हिन्दु सेनाले कपाल खौरेपछि ती नेपालीको शिरमा जय श्रीरामको नारासमेत लेखिदिएका छन्। त्यसपछि… विस्तृतमा
July 06, 11:21
एजेन्सी – हावाबाट पनि कोरोना भाइरस सर्न सक्ने दावी बैज्ञानिकहरुले गरेका छन् । ३२ देशका २३९ वैज्ञानिकहरुको एक समूहले आफूहरूले गरेको अनुसन्धानबाट हावामा उड्ने सानो कणबाट पनि कोरोना संक्रमण फैलिन सक्ने प्रमाण भेटेको दाबी गरेको छ ।
द न्युयोर्क टाइम्सका अनुसार ती वैज्ञानिकले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई खुला पत्र लेखेर कोरोना भाइरससम्बन्धी मार्गनिर्देश परिमार्जन गर्न माग गरेका छन् ।… विस्तृतमा
June 27, 12:17
एजेन्सी - भारतको बिहार राज्यमा चट्याङ लागेर आज एकैदिन ८३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापन विभागले बिहीबार साँझ ६ बजे सार्वजनिक गरेको रिपोर्टअनुसार पछिल्ला दिन चट्याङ लागेर ८३ जनाको मृत्यु भएको हो । विभागकाअनुसार सबैभन्दा बढी मृत्यु गोपालगञ्जमा भएको छ । त्यहाँ १३ जनाको मृत्यु भएको छ । त्यस्तै मधुवनी र नवादामा ८–८ जनाको मृत्यु भएको छ । यसबाहेक सिवानमा ६, भागलपुरमा ६, पूर्वी चम्पारणमा ५,… विस्तृतमा
June 12, 1:37
जेठ ३० -
भारतको मध्य प्रदेशमा झारफुक गर्ने एक बाबाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। रतलाम जिल्लामा हात चुमेर उपचार गर्दै आएका ती बाबा आफू कोरोनाबाट मरे भने अन्य २३ जनालाई पनि सारेर गए। उनसँग उपचार गर्ने धेरै अनुयायी अझै सम्पर्कमा आएका छैनन्। धेरै मान्छेसँग सम्पर्कमा रहने बाबामा नै कोरोना देखिएपछि जिल्लामा चिन्ता बढेको छ। प्रशासनले सतर्कता बढाएको छ।
असलम बाबाका रुपमा रतलाममा मात्रै… विस्तृतमा
June 02, 1:43
भारतमा पछिल्लो समय एउटा दृश्य भाइरस भइरहेको छ। कोरोना भाइरसको महामारी र लकडाउनका बीच अघिल्लो हप्ता अहमदाबाद आएको श्रमिक रेलमा बच्चासहित सवार महिलाको मुजफ्फरपुरमा निधन भयो। रेल्वे स्टेशनमा राखिएको आमा (ती महिला)को शवलाई उनका दुई वर्षीय सन्ताले उठाउन खोज्दैछ, ब्युझाउन पटक पटक प्रयास गर्दैछन्। आमाको शवसँग जिस्किरहेका पनि छन्। तर ती अवोध बालकलाई थाहा छैन कि उनकी आमा अब उठ्दिनन्।
मजदुर महिलाका… विस्तृतमा
May 30, 9:08
धनगढी, जेठ १७ - टेनिस खेलाडी रोजर फेडेरर विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचिमा परेका छन् ।
फेब्सले प्रत्येक बर्ष निकाल्ने सूचिअनुसार टेनिस खेलाडी फेडेरर पहिलो पटक वर्षको सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।
फोब्सको नम्बर एक सूचिमा परेका उनले फुटबल स्टार लियोनल मेस्सीलाई उछिनेका छन् ।
३८ बर्षका फेडेररले पछिल्लो बर्ष ८६ दशमलव २ मिलियन डलर आम्दानी गर्दै चार स्थानमाथि उक्लिए । उनले… विस्तृतमा
May 11, 7:58
धनगढी, बैशाख २९ - विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार ६७८ पुगेको छ ।
विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४१ लाख ७६ हजार ८८७ जना संक्रमित छन् ।
संक्रमितमध्ये १४ लाख ८७ हजार ४५४ जना उपचारपछि घर फर्किएका छन् । २४ लाख ७ हजार ५५५ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४७ हजार १६ जनाको अवस्था गम्भीर छ ।… विस्तृतमा
May 08, 12:28
मुम्बई — भारतको महाराष्ट्र राज्यको औरंगाबादमा मालवाहक रेलले किच्दा १६ प्रवासी मजदुरको मृत्यु भएको छ । शुक्रबार बिहान भएको दुर्घटनामा १४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै दुर्द्घटनामा एक जना गम्भीर घाइते भएको र तीन जना भने भाग्न सफल भएको द इन्डियन एक्सप्रेसले जनाएको छ । एउटा स्टील कारखानामा काम गर्ने २० मजदुरहरु जालनाबाट भुसावलतर्फ जाने क्रममा दुर्घटना… विस्तृतमा
May 04, 1:13
धनगढी, वैशाख २२ – भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७२ कोरोना संक्रमितको ज्यान गएसँगै कुल मृतकको संख्या १ हजार ३ सय ७३ पुगेको हो ।
भारतमा कोरोनाका बिरामी पनि थपिइरहेका छन् । पछिल्लो प्राप्त विवरणअनुसार, यहाँको कुल कोरोना संक्रमित संख्या ४२ हजार ५ सय ३३ छ ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म संक्रमितको संख्या… विस्तृतमा
April 29, 4:29
राजस्तानको जयपुर शहरस्थित एक सामान्य परिवारबाट एक असामान्य बालकको जिन्दगी अघि बढ्छ । पुरातनवादी मुस्लिम परिवारमा ७ जनवरी सन् १९६७ मा जन्मिएका थिए, सहाबजादे इरफान अली खान । यो पठान परिवार बन्दुक बोक्न र शिकार खेल्नमा गर्व गथ्र्यो । कलाकार र खेलाडीका लागि यो परिवारमा कुनै सम्मान थिएन । उनका बाबु शिकारमा जाँदा आफ्ना छोराछोरीलाई पनि लैजान्थे । इरफानलाई बाबुसँगै जान रमाइलो लाग्थ्यो, जंगलको रहस्यमय… विस्तृतमा
April 06, 8:26
काठमाडौं – साढे तीन महिनाअघि चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको लडाइँमा यतिबेला चीन एक्लो छैन, सिंगो विश्व भगीरथ प्रयत्नका साथ संघर्षरत छ ।
डिसेम्बरको अन्तिमदेखि लगभग जनवरीभर कोरोनाकाविरुद्ध एक्लो देखिएको चीन अहिले महामारी करिब नियन्त्रणको अवस्थामा पुगेको छ ।
चीन एक्लै संघर्षरत हुँदा प्रतिक्रियात्मकजस्ता देखिएका मुलुकहरू अहिले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि युद्धस्तरमा लागिपरेका छन्… विस्तृतमा
April 03, 1:44
नयाँदिल्ली : कामको सिलसिलामा भारतमा बस्दै आएको एक नेपाली दम्पतीमा कोरोना संक्रमण भएको खुलेको छ । दक्षिण भारतको बेंग्लोरमा बस्दै आएको एक नेपाली परिवारका ४५ वर्षीय पुरुष र ३५ वर्षीया महिलामा कोभिड–१९ पुष्टि भएको हो ।
नेपालको बझाङ घर भएको त्यो दम्पतीमध्ये पहिले श्रीमतीमा दुई साताअघि कोरोना संक्रमण देखिएको थियो। उनी एक भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन्। त्यो परिवारकी एक महिला सदस्य… विस्तृतमा
April 01, 2:10
लखनऊ: भारतको उत्तर प्रदेश राज्यमा कोरोना भाइरसको संक्रमणबाट पहिलोपटक एक जनाको मृत्यु भएको छ। उत्तर प्रदेश नेपालको कैलाली, नेपालगन्ज, दाङ, रुपन्देहीसम्म सीमा जोडिएको भारतीय राज्य हो।
सोमबार गोरखपुरको बीआरडी मेडिकल कलेजमा मृत्यु भएका २५ वर्षीय युवकको लखनऊको किंग जर्ज मेडिकल युनिभर्सिटी (केजीएमयू)मा स्याम्पल जाँच गर्दा मंगलबार कोरोना भाइरस पोजेटिभ देखिएको हो।
केजीएमयूका प्रवक्ता डा सुधीर सिंहले… विस्तृतमा
March 31, 3:40
काठमाण्डौ – अमेरिकामा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या चीनमा भन्दा दोब्बर भएको छ । कोरोना भाइरसको सङ्क्रमणको सुरुवात चीनबाट भए पनि अब चीन भाइरसको सङ्क्रमण र मृत्यु नियन्त्रित गर्न विश्वका अरु देशका तुलनामा केही सफल भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्– यदि अमेरिका कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक लाखसम्म सीमित गर्न सके पनि ठूलो उपलब्धि हुनेछ । … विस्तृतमा
March 17, 1:46
नयाँ दिल्ली– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
कोरोनाको संक्रमण पछि भारतको मुम्बइस्थित एक अस्पतालमा उपचाररत ६४ वर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोनाका कारण भारतमा सोमबारसम्म २ जनाको मृत्यु भइसकेको थियो । भारतका १५ वटा राज्यमा कोरोना संक्रमण बढ्दो क्रममा छ । सबैभन्दा बढी महाराष्ट्रमा यसको… विस्तृतमा
March 15, 6:54
काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस(कोभिड–१९) विरुद्ध लड्न सार्क राष्ट्रबीच संयुक्त आपत्कालीन् कोष खडा गर्न प्रस्ताव गरेका छन् ।
आइतबार कोभिड–१९ विरुद्धको लडाइँमा आगामी रणनीति तयार गर्न सार्क मुलुकका सरकार प्रमुख तथा प्रतिनिधिबीच भएको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले संयुक्त आपत्कालीन कोष स्थापनाका लागि प्रस्ताव गरेका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीले… विस्तृतमा
March 14, 7:49
काठमाडौं, चैत्र १ – युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।
कोरोनाभाइरसको संक्रमण भएको आशंकामा घरेलु भूमी पोर्चुगलमा नै ‘क्वारेन्टाइन’मा रहेका उनमा कोरोनाभाइरसको संक्रमण नभएको पुष्टि भएको हो ।
पोर्चुगलको माडेरिया क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले रोनाल्डोमा परिक्षणको क्रममा रोनाल्डोमा संक्रमण नदेखिएको पुष्टि गरेका हुन् ।
’म डाटा सुरक्षाका… विस्तृतमा
March 13, 9:59
धनगढी, फागुन ३० - विश्व स्वास्थ्य संगठन (इब्लुएचओ) ले कोरोना भाइरस (कोभिड-१९)लाई पान्डेमिक घोषणा गरेसँगै भारतले जारी गरेका सबै भिसा रद्ध गरेको छ। अप्रिल १५ सम्म जारी गरिएको भिसा रद्द गरिएको भारतको विदेश मन्त्रालयले जनाएको छ।
यससँगै अप्रिल १५ सम्म भारतले कुनै पनि राष्ट्रका नागरिकलाई भिसा नदिने भएको छ। कुटनीतिक र श्रम भिसालाई भने रद्ध गरिएको छैन।
'कुटनीतिक अधिकारी, राष्ट्र संघ/अन्तर्राष्ट्रिय… विस्तृतमा
March 07, 8:03
मुम्बई – बलिउड एक्सन स्टार टाइगर श्राफको फिल्म ‘बागी ३’ ले शुक्रवारदेखि रिलिज भएको छ । यो फिल्मले नेपालमा पनि उत्साह जगाएको थियो ।
अहमद खानले निर्देशन गरेको यो फिल्मको लामो समयदेखि चर्चा थियो । फिल्मको एक्सन प्याक दर्शकले रुचाएका छन् ।
यो फिल्म यस वर्षको सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म बनेको छ । बलिउड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन १७ करोड ५० लाख कमाइ गरेको छ ।
कोरोना भाइरस र… विस्तृतमा
March 06, 7:26
अमेरिका, २३ फागुन – सामाजिक सञ्जाल फेसबुकको अमेरिकास्थित कार्यालयका एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै केही दिनका लागि कार्यालय बन्द हुने भएको छ ।
अमेरिकाको वासिंटन राज्यको शियाटलमा रहेको फेसबुकको कार्यालयमा काम गर्ने एक जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । ती कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि भएसँगै अन्य कर्मचारीलाई घरबाटै काम गर्न सुझाइएको छ।
हालसम्म अमेरिकामा कोरोना… विस्तृतमा
February 23, 12:10
बलिउड सुपरस्टार सलमान खानलाई मार्नको लागि सुपारी लिएका गुण्डा नाइके भुरा भनिने रवि मलिक पक्राउ परेका छन् । राजस्थानका कुख्यात शुटर रविले सन् २०१८ मा अभिनेता खानको हत्याको लागि सुपारी लिएका थिए ।
लरेन्स बिश्रोइ गिरोहका सम्पत नेहाले सलमान खानलाई उनकै घरको बरण्डामा मार्ने योजना बनाएका थिए ।
सलमान खान प्रायः सुरक्षागार्डविना आफ्ना प्रशंसकहरुसँग कुराकानी गर्न बरण्डामा आउने समयमा सम्पतले सजिल्यै… विस्तृतमा
February 16, 8:15
काठमाडौँ, फागुन ४ – कोरोना भाइरसका कारण हालसम्म चीनमा १६६२ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमण हुनेहरुको संख्या ६८ हजार नाघेको छ । हालसम्म यो भाइरस नियन्त्रण गर्ने भ्याक्सिन बन्न सकिरहेको छैन । विश्वभर यो भाइरसले त्रास फैलाइराखेको छ । यो भाइरस नियन्त्रणका लागि चीनले ठुलो प्रयास गरिराखेको छ । चीनलाई विश्वका कैयौँ देशले यात्रामा प्रतिबन्धदेखि चीन हुदै यात्रा गर्ने क्रम पनि रोकेका सूचनाहरु जारी… विस्तृतमा
December 27, 3:07
एजेन्सी — काजकिस्तानमा चालक दलसहित ९८ जना यात्रु बोकेको विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । कजाकस्तानका हवाइ अधिकारीका अनुसार अलमाटी विमानस्थलबाट उडेलगत्तै बेक एअरको विमान दुर्घटना भएको हो । बीबीसीका अनुसार दुर्घटनामा परि घाइते भएका बालबालिकासहित ६० जनालाई उद्धार गरी अस्पताल लगिएको छ ।
दुर्घटनाग्रस्त विमान अलमाटीबाट राजधानी नुरसुल्तानका लागि उडान भर्दै थियो। टेकअफ… विस्तृतमा
October 10, 6:34
काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनपिङ आगामी शनिबार नेपालको भ्रमणमा आउने भएका छन् ।
परराष्ट्रमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण शनिबारदेखि हुने जानकारी दिएको हो ।
चिनियाँ राष्ट्रपति शनिबार काठमाडौं आइपुग्ने कार्यक्रम छ । आइतबार उनी चीन फर्किने कार्यतालिका छ ।
सीको नेपाल भ्रमणको बेला नेपाल र चीनबीच द्विपक्षीय हीत र विभिन्न परियोजनामा सम्झौता गर्ने… विस्तृतमा
September 06, 3:53
धनगढी, २० भदौ– भारतबाट नेपाल तर्फ ल्याउदै गरेको २९ लाख ८० हजार अबैध रकम सहित प्रहरीले आज दिउँसो एक जना भारतीय नागरीकलाइ धनगढी भन्सार नाकाबाट पक्राउ गरेको छ । यूपी ३१ एके ७३४८ नम्वरको कारबाट २५ लाख नेपाली र ३ लाख भारतीय रुपैंया सहित भारत पलिया खिरि घर भई धनगढी उपमहानगरपालीका वडा नम्बर– १ बस्ने अतुल बर्मालाइ प्रहरीले पक्राउ गरेको हो । विषेश सुचना पाएपछि नाकामा गाडी कुरेर बसेको प्रहरीले त्रिनगर… विस्तृतमा
August 08, 7:08
एजेन्सी, साउन २३, - म्यानमारमा यस वर्ष मात्रै स्वाइन फ्लूका कारण मृत्यु हुनेको सङ्ख्या ९० पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा खेलकुद मन्त्रालयअन्तर्गतको सार्वजनिक स्वास्थ्य विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेहरूको यो सङ्ख्या यस वर्षभरीको हो।
सन् २०१९ को जनवरी १ देखि अगस्ट ७ सम्ममा ४ सय २२ जनामा स्वाइन फ्लू भएको प्रयोगशालाबाट पुष्टि भएको थियो। सरकारी… विस्तृतमा
July 31, 5:46
कश्मिर - भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिहं धोनी बुधवारबाट कश्मिरमा आतंकवाद विरोधी युनिटमा तैनाथ भएका छन्।
भारतीय सेनाको मानार्थ लेफ्टिनेन्ट कर्णेल रहेका धोनी भिक्टर फोर्स अन्तर्गतको बटालियनमा रहेर १५ दिनसम्म कश्मीरमा खट्ने भएका हुन्। सो बटालियनमा करिब ७ सय सैनिक रहेका छन्। धोनी रहने ब्यारेकमा भने उनीसँगै ५० देखि ६० जनासम्म सैनिक रहनेछन्।
त्यहाँ तैनाथ रहँदा धोनीसँग ३ वटा बन्दुकका… विस्तृतमा
July 27, 10:49
काठमाडौं, साउन ११ - पाकिस्तानका मोहम्मद आमिरले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन् । यसैगरी श्रीलंकाका अर्का क्रिकेटर लासिथ मालिंगाले पनि क्रिकेट त्यागेका छन् ।
मालिंगा सटिक यार्करका लागि चिनिन्छन् भने आमिरको बलिङ पनि खतरनाक भएको स्पष्ट देखिन्छ ।
आमिरले सन् २००९ मा १७ वर्षको उमेरमा श्रीलंकाविरुद्ध पहिलो टेस्ट क्रिकेट खेलेका थिए । उनले ३६ औं टेष्ट म्याचमा पाकिस्तानको प्रतिनिधित्व गरे र ३७.४० को… विस्तृतमा
July 27, 7:02
एजेन्सी, १० साउन– भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनीले जम्मु कास्मिरमाका सैनिकको रुपमा काम गर्ने भएका छन् । सेनाको प्यारासुट रेजिमेन्टका मानार्थ लेफ्टिनेट कर्णेल धोनीले १०६ प्रदेशीय बटालियनमा रहेर आगामी ३१ जुलाई देखि १५ अगस्टसम्म काम गर्नेछन् । त्यहाँ रहँदा उनले गस्ती, गार्ड र पोस्टको डिउटी गर्नेछन् ।
३८ वर्षीय धोनी सन् २०११ मा प्रादेशिक सेनाको मानार्थ लेफ्टिनेट… विस्तृतमा
July 25, 6:26
एजेन्सी, साउन ९ - भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले जम्मु कास्मिर उपत्यकामा गस्ती गर्ने भएका छन्।
प्रादेशीक सेनाको प्यारासुट रेजिमेन्टका मानार्थ लेफ्टिनेट कर्णेल धोनीले सेनाको पोसाकमा गस्ती गर्ने भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ।
धोनीले १०६ प्रदेशीय बटालियनमा रहेर आगामी ३१ जुलाई देखि १५ अगस्टसम्म सेनाको रुपमा काम गर्नेछन्। यो युनिट काम्मिरको भिक्टर फोर्सको हिस्सा हो।… विस्तृतमा
July 25, 7:09
एजेन्सी, साउन ८ - प्राय आफ्नो फुटबल करिअरमा सँधै शान्त रहने मेसी केहि साता अघि सम्पन्न भएको कोपा अमेरिका फुटबलमा एकाएक आक्रामक बने। कारण थियो आफ्नो फुटबल जिवनको दोस्रो रातो कार्ड र त्यसअघि ब्राजिलविरुद्ध सेमिफाइनल। जहाँ मेसीले करिअरकै तनावपुर्ण अभिब्यक्ति दिए। कोपा अमेरिकाको तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीलाई रातो कार्ड देखाइएको थियो। उनले उक्त खेलपछि दक्षिण… विस्तृतमा
July 20, 12:23
काठमाडौं। भर्खरै मात्र धनी कलाकारको लिस्टमा पर्न सफल भएका बलिउडका चर्चित एलं लोकप्रिय नायक अक्षय कुमारले देशप्रतिको आफनो जिम्मेवारी बहन गर्दै आईरहेका छन् ।
उनले देशमा आईपरेका प्राकृतिकदेखि अन्य विपदको समयमा ठुलो आर्थिक सहयोग गरेर उनी लाखौँ करोडौँ मानिसहरुको मन जित्दै आएका छन् ।सोही कारण पनि उनलाई पर्दाको मात्र होईन बास्तविक जीवनमै हिरो भएको भन्दै प्रशंसा पनि गरिन्छ ।
यतिबेला भारी बर्षाको कारण… विस्तृतमा
July 19, 6:33
एजेन्सी- क्रिकेट प्रेमीका लागि महेन्द्रसिंह धोनी अपरिचित नाम हैन । उनले भारतीय टीमको कम्तानी सम्हाल्दा विश्व चर्चित भए । यो सबैले जानेको र बुझेको विषय हो। तर, तिनै धोनी ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा नाम लेखाउन पनि सफल भएका छन् भन्ने विषय सबैलाई ख्याल नहुन सक्छ ।
पूर्व भारतीय कप्तान धोनीको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा छ । उनको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा रहनु २०११ को विश्वकपको विजयी छक्का… विस्तृतमा
July 12, 12:04
न्यूजिल्याण्डका कप्तान केन विलियम्सले भारतका पूर्व क्रिकेट कप्तान एवं विकेट किपर महेन्द्र सिंह धोनीको बचाउ गरेका छन् ।
भारत विश्वकपको रेसबाट बाहिरिएपछि सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध धोनीको खेलको चौतर्फी आलोचना भइरहेको छ ।
न्यूजिल्याण्ड बुधबार म्यान्चेस्टरको ओल्ड ट्रेफर्ड मैदानमा सेमिफाइनलको रोमाञ्चक खेलमा भारतलाई १८ रनले हराएर लगातार दोस्रोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।… विस्तृतमा
July 02, 6:42
मुम्बई : भारतको मुम्बईमा एक दशक यताकै धेरै वर्षा हुँदा विभिन्न स्थानहरुमा बाढी पहिरो गएको छ। वर्षाका कारण पर्खाल र रुखहरु ढलेको, गाडीहरु अनियन्त्रित हुँदा दुर्घटनामा परेको जस्ता घटनाहरुमा परि ४० जनाको मृत्यु भएको बताइएको छ।
मुम्बईमा गएको ४८ घण्टामा मात्रै एक दशक यता कै धेरै वर्षा रेकर्ड भएको बताइएको छ।
वर्षाका कारण उत्पन्न उपस्थितिका कारण महाराष्ट्र सरकारले आज सार्वजनिक विदा दिएको छ भने… विस्तृतमा
June 05, 12:56
एजेन्सी–सुडानमा जारी आन्दोलनमा सैनिकले गोली चलाउदा मृतकको संख्या ६० पुगेको छ। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार राजधानी खार्तुममा प्रदर्शनकारीलाई तितरवितर पार्न सैनिकले गोली चलाएको थियो। बीबीसीकाअनुसार अन्तरिम सैन्य सरकारलाई बर्खास्त गरेर नागरिक प्रतिनिधिलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग राख्दै प्रदर्शन भइरहेको छ। पछिल्लो दुई दिनमा भएको गोलीबारीमा ६० जनाको मृत्यु भएको हो।… विस्तृतमा
June 03, 7:02
गुवाहाटी: भारतीय उत्तरपूर्वी राज्य आसामको जोरहातबाट चालकदलका सदस्यसहित १३ यात्रु लिएर सोमबार विहान उडेको भारतीय सैनिक विमान सम्पर्कविहीन भएको यहाँको रक्षा मन्त्रालयले बताएको छ।
रूसमा बनेको एन्टोनोभ एएन–३२ विमान जोरहातबाट दिउसो १२:२५ मा अरूणाञ्चल प्रदेशको मेचुकातर्फ उडेको मन्त्रालयले जनाएको छ।
“विमानले पछिल्लो पटक दिउँसो १ बजे विमानस्थलसँग सम्पर्क गरेको तर त्यसपछि सम्पर्कविहीन रहेको छ,”… विस्तृतमा
June 01, 6:48
उत्तर कोरियाले गत फेब्रुअरीमा भियतनामको हानोइमा वार्ता असफल भएपछि विशेष दुतसहित परराष्ट्र मामिला हेर्ने ४ अधिकारीलाई मृत्युदण्ड दिएको छ ।
यो वार्ता सफल हुन नसकेको आरोपमा उक्त वार्ताका लागि कोरियाका प्रतिनिधि किम ह्योक च्योललाई मुत्युदण्ड दिइएको दक्षिण कोरियाको पत्रिका ‘छोसुन इल्बो’ले जनाएको छ ।
च्योलसँगै अन्य तीन अधिकारीले पनि मृत्युदण्ड पाएका छन् । सर्वोच्च नेता उनले भनेको कुरा ट्रम्पसमक्ष सही… विस्तृतमा
May 26, 11:47
भारतमा निर्वाचन सकिएर नरेन्द्र मोदी पुनः प्रधानमन्त्री हुने निश्चित भएपछि सीमा क्षेत्रमा दादागिरी देखिन थालेको छ ।
कोशी नदीको बहाव पश्चिमी तटबन्धतर्फ फर्काउने क्रममा भारतीय पक्षले कोशी नदीमा बनाएको प्यालट च्यानलमा शुक्रबार अबेर साँझ एक्कासी पानी छोड्दा नेपाल तर्फका झण्डै ९० परिवारका करीब ३ सय सर्वसाधारण सम्पर्कविहीन भएका स्थानीय जनप्रतिनिधिले बताएका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–… विस्तृतमा
May 10, 2:00
भारतको जम्मू कश्मीरमा फेरि भिडन्त भएको छ । आशीपोरा इलाकामा भारतीय सुरक्षाकर्मी र आतंकवादीवीच भिडन्त भएको हो ।
भिडन्तमा परी एक आतंकवादीको ज्यान गएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
सुरक्षाकर्मीले भारीमात्रामा हतियार तथा गोलाबारुद बरामद गरेको छ ।
मारिएका आतंकवादी सोपोर निवासी इशाक सोफी उर्फ अब्दुल्ला भाइ रहेको बताइएको छ । अब्दुल्ला इस्लामिक स्टेट आइएसको जम्मू तथा कश्मीरको कमाण्डर थिए… विस्तृतमा
May 08, 12:24
एजेन्सी - भारतमा अन्तरजातीय विवाह गरेको भन्दै पिताले छोरीलाई जिउँदै जलाएका छन् । महाराष्ट्रको अहमदनगरको परनेर तालुकामा रहेका निक्सोज गाउँमा यो घटना भएको हो ।
६ महिना पहिले रुक्मिणी र मंगेश रणसिंघेको विवाह भएको थियो । १९ वर्षीय रुक्मिणीले मंगेश रणसिंघेसँग प्रेम विवाह गरेकी थिइन् । रुक्मिणी र उनका श्रीमानको जात मिल्दैनथ्यो । यसै कारण रुक्मिणीका पिता, काका र मामाले मिलेर उनी र उनका पतिलाई जिउँदै… विस्तृतमा
April 10, 3:52
भारतमा लोकसभा निर्वाचनका लागि बिहीबारदेखि मतदान हुँदैछ। निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ।
निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका पाना रंगिएका छन्। टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ। तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ।
तर यतिबेला भने सारा भारतीयहरु प्रधानमन्त्री नरेन्द्र मोदीका पाँच वर्षअघिका बाचा सम्झिएका छन्। उनले अघिल्लो चुनावमा अघि… विस्तृतमा
March 15, 12:07
काठमाडौँ — भारतका सरकारी संस्थानमा एमडी/एमएस, डीएम/एमसीएच गर्ने रेजिडेन्ट नेपाली चिकित्सकले त्यहाँ आकर्षक सुविधा पाउने भएका छन् । लामो संघर्षपछि उनीहरूले मासिक रूपमा ८० हजारदेखि १ लाख भारुसम्म ‘स्टाइपेन्ड’ पाउने भएका हुन् ।
यो सुविधा सेप्टेम्बरदेखि लागू हुँदै छ । भारतीय चिकित्साशास्त्रमा उच्च शिक्षाअन्तर्गत विदेशी कोटामा पढ्नेहरूमा अधिकांश नेपाली नागरिक नै हुने गरेका छन् । अल इन्डिया… विस्तृतमा
March 15, 12:06
अब विदेशमा काममा जानका लागि चाहिने श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त हुने भएको छ ।
श्रम स्वीकृति प्रक्रियालाई सरल र सहज बनाउन वैदेशिक रोजगारको कार्यालय ताहाचलले आज आइतबारबाट यो प्रणाली सुरु गरेको हो ।
पछिल्लो दिनमा कार्यालयमा सेवाग्राहीको भीड बाक्लो हुँदा सेवा सम्पादन प्रभावित भइरहेको छ । त्यसैलाई व्यवस्थापन गर्ने गरी अब अनलाइन फारम भर्दा नै टोकन नम्बर दिन सुरु गरिएको हो ।
नयाँ श्रम… विस्तृतमा
March 15, 11:43
काठमाडौं स्थित भारतीय राजदूतावासले नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा स्नातक तहको अध्ययनलाई अघि बढाउन २०० जेहेन्दार नेपाली विद्यार्थीहरुलाई शैक्षिक सत्र २०१८–२०१९ का लागि स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको छ ।
यस वर्ष नेपालका ५० जिल्लाको विद्याथीहरुले MBBS, BDS, BE, BSc, BBA, BCom लगायत ३६ वटा स्नातक कोर्षका लागि छात्रवृत्ति पाउनेछन् । यी विद्यार्थीहरु मध्ये ४५ प्रतिशत छात्रा र ८… विस्तृतमा