अन्तर्राष्ट्रिय
November 15, 1:50
धनगढी, २९ कार्तिक । वायू प्रदूषणको अवस्था विकराल बनेपछि भारतको राजधानी दिल्लीमा लकडाउनको तयारी भएको छ ।मुख्यमन्त्री अरविन्द केजरीवालले राज्य सरकारले लकडाउन योजना बनाइरहेको जानकारी त्यहाँको उच्च अदालतलाई दिएका छन् ।
भारतीय संचारमाध्यमका अनुसार मुख्यमन्त्री केजरीवालले दिल्लीमा बढिरहेको प्रदूषणलाई पूर्णरुपमा रोक्न लकडाउनको विकल्पमा अघि बढ्न सकिने जवाफ दिएका हुन् ।
भारतको सुप्रिम कोर्टले वायू… विस्तृतमा
November 14, 8:46
काठमाण्डाै - इक्वेडरको एउटा जेलमा कैदीहरुबीच झडप हुँदा कम्तीमा ६८ जनाको ज्यान गएको छ ।गाकुइल सहरमा रहेको जेलमा झडप भएको हो । झडपपछि स्थितिलाई नियन्त्रणमा लिन सयौँको सङ्ख्यामा सेना परिचालन गरिएको छ ।
झडपपछि जेलभित्र प्रवेश गरेको प्रहरीले विस्फोटक पदार्थ र बन्दुक फेला पारेको बीबीसीले जनाएको छ । यो वर्षभित्र नै इक्वेडरका जेलमा भएको झडपमा दुई सयभन्दा धेरैको ज्यान गइसकेको छ ।यो जेलमा गएको असोजमा पनि… विस्तृतमा
November 13, 11:00
दिल्ली, २७ कार्तिक । भारतीय नागरिक उड्यन मन्त्री ज्योतिरादित्य एम सिन्धिया र नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री प्रेम आलेबीच द्धिपक्षयीय भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा भएको छलफलमा भारतीय नागरिक उड्डन मन्त्री सिन्धियाले पर्यटन र हवाई क्षेत्रमा द्धिपक्षीय हितमा साझेदारी र सहकार्य गर्न तयार रहेको बताएका छन् ।
शुक्रबार नयाँ दल्लीस्थित राजिव गान्धी भवन सफदरगंज भवनमा भएको… विस्तृतमा
November 09, 8:36
काठमाण्डाै – बङ्गलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई राजधानी ढाकामा रहेकाे एक विशेष अदालतले एघार वर्षको जेल सजाय सुनाएको छ ।
ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पूर्वप्रधानन्यायाधीश सिन्हालाई क्रमशः चार र सात वर्षको सजाय सुनाइएको हो । उहाँले यी दुई मुद्दाको छुट्टाछुट्टै सजाय भोग्नु पर्नेछ ।
ढाकाको विशेष अदालतका एक न्यायाधीश शेख नजमुल आलमले याे फैसला सुनाउनुभएकाे थियाे… विस्तृतमा
November 01, 10:11
केही महिनाअघिको कुरा हो । इरानमा अभूतपूर्व खडेरी देखियो । वर्षाको कमीका कारण यहाँका नदीहरू सुके । पानीको कमीका कारण पूरै देशमा ठूलो विरोध प्रदर्शन भयो ।
वर्ष २०१९ मा भारतका सबैभन्दा ठूला सहरहरूमध्ये एक चेन्नईमा देखिएको पानीको सङ्कटले अखबारहरूमा ठूलो चर्चा पायो । बढ्दो सङ्ख्याका उद्योग, सहरीकरण र जलवायु परिवर्तनको असरले कसरी कहर बढाउँदैछ भन्ने विषयमा पनि यतिबेला बहस छेडियो ।
भीषण खडेरीकै कारण… विस्तृतमा
October 29, 10:43
काठमाण्डाै - फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर मेटा बनाएको छ ।
कम्पनीले सामाजिक सञ्जालभन्दा बढी भर्चुअल रियालिटीजस्ता क्षेत्रमा आफूलाई विस्तार गरिरहँदा नयाँ नामले आफूले गर्ने गरेको कामलाई विस्तृतमा समेट्ने बताएको छ । यो कम्पनीको स्वामित्वमा फेसबुक, म्यासेन्जर, ह्वाट्स एप, इन्स्टाग्राम आदि लोकप्रिय सामाजिक सञ्जालहरुको नाम यथावत रहने छ ।
फेसबुकका एक पूर्व कर्मचारीले कागजातहरू चुहाएपछि… विस्तृतमा
October 26, 4:11
९ कात्तिक, काठमाडौं । अफगानिस्तानले यतिबेला विश्वमै सबैभन्दा ठूलो मानवीय संकट सामना गरिरहेको छ । अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि वैदेशिक सहयोग रोकिँदा अफगानिस्तान चरम आर्थिक संकट चुलिएको हो ।
सत्तामा आएको तालिबानको सामना कसरी गर्ने भनेर विश्व समुदायले छलफल गरिरहेको छ । तर कमजोर अर्थतन्त्रलाई ढाडस दिँदै आएको अन्तर्राष्ट्रिय सहायता रकम रोक्का भएपछि अफगानीहरु ठूलो संकटमा फस्न पुगेका छन् ।… विस्तृतमा
October 21, 2:31
४ कात्तिक, काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने भएको छ ।सोसल मिडिया साइट फेसबुकले युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदल्न लागेको हो ।
यसबारेमा अक्टोबर २८ मा हुने फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा सिइओ मार्क जुकरबर्गले चर्चा गर्ने र छिटै नै फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन… विस्तृतमा
October 16, 11:52
३० असोज, काठमाडौं । अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा बम आक्रमण हुँदा ४७ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् ।
शुक्रबारको साप्ताहिक प्रार्थनाका बेला बीबी फातिमा मस्जिदमा बम आक्रमण भएको थियो । अलजजिराका अनुसार विष्फोटमा ४७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
तीन जना आक्रमणकारीले आत्मघाती बम आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । एक जना आक्रमणकारीले मस्जिदको… विस्तृतमा
September 24, 11:12
काठमाडौँ – बलात्कारका आरोपीलाई अदालतले निकै अनौठो र विचित्रको सजाय सुनाएपछि अहिले त्यसको चर्चा भइरहेको छ । भारतको विहार राज्यको मधु बनी एडिजे अदालतले बलात्कारका आरोपीलाई ६ महिनासम्म महिलाको कपडा निःशुल्क धोइदिन र आइरन गरिदिन आदेश दिएको छ । आरोपी पेसाले धोबी हुन् । झंझरपुर अदालतका एडिजे अविनाश कुमार प्रथमले आरोपी ललन कुमार साफीलाई यस्तो विचित्र सर्तमा जमानतमा रिहा गरेका हुन् ।
२० वर्षका ललन… विस्तृतमा
August 25, 8:11
The 4th & 5th Nepal media peace forum, Voice of Press (V.O.P) was held online with the attendance of around 14 Nepalese journalists on July 24 and August 14, respectively. With the title of “Obstacles Blocking Peace Journalism and Practical Solutions to Overcome in the Pandemic.”, the journalists shared difficulties as well as challenges faced because of the pandemic in implementing peace… विस्तृतमा
August 21, 12:28
काठमाण्डौ - तालिबानले आफू विरुद्ध बढ्दै गएको विरोधका बाबजुत अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानमा तालिबानी शासन स्वीकार गर्न अपिल गरेको छ ।
एक टेलिभिजन अन्तर्वार्ताका क्रममा तालिबानी प्रवक्ता सुहैल शहिनले अन्तर्राष्ट्रिय समुदायमा अफगानिस्तानमा तालिबानी शासन स्वीकार गर्न आग्रह गरेका बिबिसीले जनाएको छ ।
शहिनले तालिबानी शासनमा अफगानिस्तानका महिलाको जीवनप्रति जनाइएको चिन्ता निराधार रहेको बताएका… विस्तृतमा
August 18, 11:25
अफगानिस्तानमा हालै मात्रै सत्ता कब्जा गरेका तालिवान विद्रोहीले महिलाको अधिकार इस्लामिक कानुन बमोजिम हुने बताएका छन् ।
अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पहिलोपटक आयोजना गरिएको पत्रकार सम्मेलनमा तालिवान प्रवक्ताले महिलाहरु काम गर्न स्वतन्त्र रहेका तर उनीहरुले केही नियम र प्रतिबन्धात्मक व्यवस्थाको भने पालना गर्नुपर्ने बताएका छन् ।
पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्ला मुजाहिद सबै अफगानीहरु इस्लामको… विस्तृतमा
August 16, 2:05
एजेन्सी । अफगानिस्तानको विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । बीबीसीका अनुसार अनियन्त्रित भिडभाड भएपछि अमेरिकी सेनाले हावामा गोली चलाएको हो ।
एक अधिकारीले रोयटर्सलाई दिएको जानकारीअनुसार अमेरिकी सेनाले काबुल विमानस्थलमा गोली चलाएको हो ।यो फायरिङ भीड तितरबितर गर्नमात्रै केन्द्रित रहेको समाचारमा जनाइएको छ ।
आइतबार अफगनानिस्तानमा तालिबानले सत्ता कब्जा गरेसँगै त्यहाँ कार्यरत विभिन्न देशमा… विस्तृतमा
August 16, 9:23
३२ साउन, काठमाडौं । विद्रोही तालिबान समूहले अफगानिस्तानमा विजय हासिल गरेको घोषणा गरेको छ । तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै विजयको घोषणा गरेका हुन् ।
अलजजिरा न्यूज नेटवर्कको एक भिडियो फुटेजमा तालिबान लडाकुहरुको ठूलो समूह राष्ट्रपति भवनको भित्र देखिन्छ । अर्को एउटा फोटोमा उनीहरु हतियारसहित राष्ट्रपति बस्ने कुर्सिमा बसेको देखिन्छ ।
तालिबानका एक प्रवक्ताले अलजजिरासँग भनेका छन्… विस्तृतमा