अन्तर्राष्ट्रिय
October 11, 1:40
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा… विस्तृतमा
September 12, 1:19
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको विश्वव्यापी व्यापारमा लगभग ६ प्रतिशतले गिरावट आएको अहिलेको समयमा विश्वको सबैभन्दा मूल्यवान पब्लिक कम्पनी एप्पलले आफ्नो वार्षिक फल इभेन्ट आयोजना गर्न लागेको छ ।
नेपाली समय अनुसार मंगलबार राति १०ः४५ बजेबाट शुरू हुने सो इभेन्टमा कम्पनीले आफ्नो पछिल्लो आइफोन १५ सँगै एप्पल वाचको नयाँ सिरिज ९, एअरपड प्रो २,… विस्तृतमा
September 05, 9:25
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।
मेटा कम्पनीले आफ्ना दुई ठूला सोसल मिडिया प्लाटर्फम फेसबुक र इन्स्टाग्रामलाई सशुल्क बनाउने निर्णय गरेको छ । अर्थात् फेसबुक तथा इन्स्टाग्राम चलाउनका लागि तपाईंले पैसा खर्च गर्नुपर्नेछ ।
रिपोर्ट अनुसार मेटाले तत्कालका लागि युरोपमा यस्तो सशुल्क सेवाको सुरुआत गर्ने निर्णय गरेको हो ।
युरोपेली युनियनका… विस्तृतमा
September 02, 2:31
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको छ । रेलले मिनिबसलाई केही मिटरसम्म घिसारेर लगेको थियो, जुन दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।
चिलीको राजधानीबाट करिब ५०० किलोमिटर दक्षिणमा रहेको सान पेड्रो डे ला पाज सहर नजिकै रेलवे क्रसिङमा उक्त दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।
प्रहरी अधिकारीले मिनिबसमा १४ जना… विस्तृतमा
August 29, 9:45
काठमाडौं । ३०० भन्दा बढी मानिसको ज्यान लिने गरी २०१६ मा बग्दादमा बम विस्फोट गराउने तीन जनालाई इराकमा मृत्युदण्ड दिइएको छ ।
त्यो घटना २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि बै सबभन्दा घातक थियो । घटनाको इस्लामिक स्टेट समूह ९आईएस०ले जिम्मा लिएको थियो ।
इराकका प्रधानमन्त्री मोहम्मह शिया अल सुदानीको कार्यालयले फाँसी दिइएका व्यक्तिहरु कोको हुन् र उनीहरुलाई कहिले फाँसी दिइयो भन्ने बताएको छैन ।… विस्तृतमा
August 26, 12:55
भारतको उत्तर प्रदेशमा श्रीमतीले रक्सी खान निषेध गर्दा एक पुरुषले आक्रोशित हुँदै झुण्डिएर आत्महत्या गरेका छन्।
रक्सी पिएर श्रीमान र श्रीमतीको सधैं झगडा हुने गरेको बताइएको छ। शुक्रबार उनले श्रीमानलाई राति अबेरसम्म रक्सी खान मनाही गरेपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ। मृत्युको जानकारी पाएर प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएर थप कानुनी कारबाही अघि बढाएको छ।
श्रीमतीले… विस्तृतमा
August 26, 10:32
काठमाण्डौं,०९ भदौ । भारतको तमिलनाडुको मदुरै रेलवे स्टेसन नजिकै तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार १७ अगस्टमा लखनउबाट ६० भन्दा बढी तीर्थयात्री रेलबाट सामी दर्शनका लागि दक्षिण भारत गएका थिए ।
यी तीर्थयात्रीहरू शनिवार बिहान मदुरै पुगेका थिए । उनीहरुले हिजो नागरकोइलस्थित पद्मनाभ स्वामी मन्दिरको दर्शन गरेका थिए । यो रेल मदुरै रेलवे स्टेसनबाट… विस्तृतमा
February 24, 11:56
काठमाडौं १२ फागुन / अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा युद्धबाट हुने मानवीय क्षति र कष्टको जिम्मेवार रुस हुने बताएका छन् ।
बिहीबार बिहानै एक विज्ञप्ति जारी गर्दै बाइडनले युद्धबाट हुने भयावह मानवीय क्षति र पीडाको जिम्मा रुसले लिनु पर्ने बताएका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही सुरु भएको घोषणा गरेपछि बाइडनको पछिल्लो भनाइ आएको हो ।
‘आज… विस्तृतमा
February 24, 10:33
काठमाडौं १२ फागुन / रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका हुन् ।
पुटिनले टेलिभिजन सम्बोधनको क्रममा डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु भएको घोषणा गरेको बीबीसीले जनाएको छ । यसै बीच राजधानी किभ, डोनेट्स्क र लहान्सक क्षेत्रमा ठूला विष्फोटको… विस्तृतमा
January 18, 1:14
काठमाडौं ४ माघ / अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५।३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएको छ । भूकम्पका कारण धेरै भौतिक संरचनाहरु भत्किएका छन् । तुर्कमेनिस्तानसँग सीमा जोडिएको यो प्रान्त पहाडी क्षेत्र हो, जसलाई अफगानिस्तानको गरिब र अविकसित… विस्तृतमा
January 16, 12:07
धनगढी, २ माघ / बैतडी पुर्ख्यौली घर भएकी एक महिलाको भारतमा मृत्यु भएको छ। भारतको उत्तराखण्डस्थित नानकमाता बस्दै आएकी अन्दाजी २९ वर्षीया आरती चन्दको चितुवाको आक्रमणबाट शनिबार मृत्यु भएको हो।
उनको परिवार विगत ५र६ वर्षयतादेखि भारत बस्दै आएको छ। हिजो दिउँसो घाँस काट्न जंगल गएकी चन्दको चितुवाको आक्रमणबाट मृत्यु भएको उनका आफन्त जय चन्दले बताएका हुन्। जयका अनुसार आरतीको पुख्यौली घर बैतडीको पञ्चेश्वर… विस्तृतमा
January 04, 11:36
काठमाडौं २० पुस / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएकी एक महिलामाथि गोली प्रहार भएको छ । गोली लागेर घाइते ती महिला अस्पतालमा भर्ना भएकी छन् ।
उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी रीता यादव माथि गोली प्रहार भएको हो । खुट्टामा गोली लागेर घाइते उनलाई सुल्तानपुर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । उनीमाथि गोली चलाउने व्यक्तिको भने पहिचान भएको छैन… विस्तृतमा
January 03, 6:02
एजेन्सी, १९ पुस। सन् २०१० मा विश्वकै होची महिलाको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने एलिफ कोकामनको बिहीबार निधन भएको छ । ३३ वर्षिया एलिफको निमोनियाबाट निधन भएको हो ।
मंगलबार अचानक बिरामी परेपछि एलिफलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरेपछि उनको अवस्था बिग्रँदै गएपछि बिहीबार उनको निधन भएको हो । टर्कीको स्थानीय सञ्चारमाध्यमका अनुसार एलिफको शरीरका अंगहरूले काम गर्न छोडेको… विस्तृतमा
December 19, 11:05
काठमाडौं , ४ पुस / युरोपेली मुलुक नेदरल्याण्डमा आइतबारदेखि लकडाउन लगाइने भएको छ । कोभिड(१९ को नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रण गर्न भन्दै आजदेखि लकडाउन लगाइने भएको हो ।
शनिबार नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टेले पत्रकार सम्मेलनमार्फत् आइतबार बिहान ५ बजेदेखि लकडाउन लगाइने घोषणा गरेका हुन् । अत्यावश्यक बाहेक सबै पसल, बार, सिनेमा घर, म्युजियम र नाटकघर जनवरी १४ सम्म बन्द हुने उनको भनाइ थियो… विस्तृतमा
November 17, 3:43
नयाँ दिल्ली। वायु प्रदूषण बढेपछि दिल्लीका सम्पूर्ण विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द गरिएका छन् । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बुधबार यस्तो घोषणा गरेका हुन् । त्यस्तै, दिल्लीमा २१ नोभेम्बरसम्म सम्पूर्ण निर्माण कार्य नगर्न भनिएको छ ।तर, यातायात र रक्षासम्बन्धी निर्माण कार्यका हकमा यो प्रतिबन्ध लागू हुने छैन् । दिल्लीमा एक सातादेखि सरकारी कर्मचारीले घरबाटै काम गर्दै आएका छन् ।… विस्तृतमा