ओमिक्रोनका कारण नेदरल्याण्डमा लकडाउन

ss
ss
December 19, 11:05

काठमाडौं  , ४ पुस /  युरोपेली मुलुक नेदरल्याण्डमा आइतबारदेखि लकडाउन लगाइने भएको छ । कोभिड(१९ को नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रण गर्न भन्दै आजदेखि लकडाउन लगाइने भएको हो ।

शनिबार नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टेले पत्रकार सम्मेलनमार्फत् आइतबार बिहान ५ बजेदेखि लकडाउन लगाइने घोषणा गरेका हुन् । अत्यावश्यक बाहेक सबै पसल, बार, सिनेमा घर, म्युजियम र नाटकघर जनवरी १४ सम्म बन्द हुने उनको भनाइ थियो ।

‘भोलि देखि नेदरल्याण्डमा लकडाउने लाग्नेछ,  रुट्टेले भने, ‘हामीले सोचेको भन्दा तीव्र गतिमा ओमिक्रोन फैलिएको र पाँचौं लहरका कारण लकडाउन अपरिहार्य भएको हो ।’

लकडाउन लागेसँगै जनवरी १४ गतेसम्म घरभित्र हुने जमघटमा २ जनाभन्दा मानिस फेला हुन पाउने छैनन् । तर क्रिसमस र नयाँ वर्षमा भने ४ जनासम्म फेला पाउने छन् । बाहिर हुने जमघटमा पनि बढीमा २ जना मानिस मात्रै फेला हुन पाउने छन् ।

त्यस्तै, सबै विद्यालय एवं विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप जनवरी ९ गतेसम्म बन्द हुनेछन् । जनवरी ३ गते बस्ने मन्त्रिमण्डल बैठकले उक्त मितिपछि विद्यालय खोल्ने वा नखोल्ने भनेर निर्णय गर्ने आरटीएल न्युजले जनाएको छ ।

यसबाहेक, अधिकांश  इन्डोर खेलकुद केन्द्र बन्द गरिने छ तर स्विमिङ केन्द्र भने खुला राखिने छ । तर बाह्य खेलकुद स्थल सबै उमेर समूहका लागि खुला राखिने छ ।

यसैबीच, शनिबार नै विश्व स्वास्थ्य संगठनले समुदायमा संक्रमण देखिएका मुलुकमा ओमिक्रोन डेल्टा भेरियन्टभन्दा निकै तीव्र गतिमा फैलिइरहेको बताएको छ । डेढ दिनदेखि ३ दिनभित्रमा यसका संक्रमित दोब्बरले बढेको संगठनको भनाइ छ ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा