'उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ' भन्दै लाखौं ठगी गरेको आरोपमा एक पक्राउ

news dhn
news dhn
August 11, 10:37

उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ' भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

डोटी घर केआईसिंह गाउँपालिका वडा नम्बर ६ गते घर भई काठमाडौं कीर्तिपुर नगरपालिका वडा नम्बर ७ बस्ने २६ वर्षीय कुशल भनिने केशवराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कलंकीको स्युचटारबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

कोइरालाका अनुसार भट्टले आफूलाई उपराष्ट्रपति कार्यालयका शाखा अधिकृत हुँ भन्दै चिनाउने गर्थे। साथै उनले निजामती कर्मचारीको पोशाक समेत लगाउने गर्थे।

सो पोशाक लगाएर उनले विभिन्न व्यक्तिहरूलाई उपराष्ट्रपति कार्यालयको नामको दुरूपयोग गरी ठगी गरेको भन्ने सूचना महाशाखाले पाएको थियो। त्यही सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

उनले अहिले एक जना व्यक्तिलाई त्यसरी ३० लाखसम्म ठगी गरेको खुलेको छ। साथै थप दुई जनालाई ठग्ने तयारी गरिरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए।

'अरू दुई जनालाई ठग्न लागेको रहेछ। उहाँहरू पनि हाम्रो सम्पर्कमा आउनु भएको छ,' कोइरालाले भने,'भट्टको काम नै त्यसरी विभिन्न बहानामा कुरा गरेर फकाएर ठगी गर्ने गरेको देखियो। अरूलाई पनि यसरी ठगी गरेको हुनसक्छ।' उनीबाट कोही ठगिएको भए प्रहरीको सम्पर्कमा आउन समेत महाशाखाले अनुरोध गरेको छ।

यसअघि पनि उनले यसरी नै ठगी गरेपछि साइबर क्राइम र ठगी मुद्दामा पक्राउ परेका थिए। उनलाई २०७५ साल चैत २६ गते महाशाखाले नै पक्राउ गरेको थियो। त्यतिबेला उनले एक वर्ष कैद र ३० हजार जरिवाना सजाय भुक्तान गरेका थिए।

विशेषगरी उनले सामाजिक सञ्जालमार्फत् मानिसहरूसँग चिनजान गर्ने गर्थे। त्यसरी साथी बनेर आफू परराष्ट्र मन्त्रालयको सहसचिव समेत हुँ भनेर ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले उनको सिम कार्डसहित आइफोन बरामद गरेको छ। त्रिचन्द्र कलेज विद्यार्थको परिचय पत्र र नेपाल प्रहरी अस्पतालको ब्लड ग्रुप कार्ड पनि प्रहरीले बरामद गरेको छ।प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको बताएको छ।  साभार ः सेतो पाटी

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा