काबुल विमानस्थलमा अमेरिकी सेनाले चलायो गोली
एजेन्सी । अफगानिस्तानको विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । बीबीसीका अनुसार अनियन्त्रित भिडभाड भएपछि अमेरिकी सेनाले हावामा गोली चलाएको हो ।
एक अधिकारीले रोयटर्सलाई दिएको जानकारीअनुसार अमेरिकी सेनाले काबुल विमानस्थलमा गोली चलाएको हो ।यो फायरिङ भीड तितरबितर गर्नमात्रै केन्द्रित रहेको समाचारमा जनाइएको छ ।
आइतबार अफगनानिस्तानमा तालिबानले सत्ता कब्जा गरेसँगै त्यहाँ कार्यरत विभिन्न देशमा नागरिक आ–आफ्नो देश धमाधम फर्कँदै छन् । सबै आ–आफ्नो देश फर्कन लागेपछि काबुल विमानस्थलमा ठूलो भिड लागेको छ ।
देशभर कब्जा जमाउँदै अघि बढेको तालिवान आइतबार मात्रै काबुल प्रवेश गरेको थियो । वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा राष्ट्रपति अशरफ गानीले देश छाडेपछि गानी देश छाडेर विदेश भागेका थिए ।
अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन् । योसँगै अफगानिस्तानमा युद्ध सकिएको तालिवानले जनाएको छ ।