फेसबुकको नाम फेरिने

news
news
October 21, 2:31

४ कात्तिक, काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने भएको छ ।सोसल मिडिया साइट फेसबुकले युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदल्न लागेको हो ।

यसबारेमा अक्टोबर २८ मा हुने फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा सिइओ मार्क जुकरबर्गले चर्चा गर्ने र छिटै नै फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गर्ने बताइएको छ । त्यो सँगै फेसबुक कम्पनीले आफ्ना सोसल नेटवर्किङ प्लाटफर्महरु र अग्मेन्टेड रियालिटी तथा मेटाभर्स लगायतका प्रोजेक्टहरुको बीचमा विभाजनको रेखा खिच्नेछ ।

तत् पश्चात् मातृ कम्पनीको नयाँ ब्यानरभित्र अन्य प्रडक्टहरुसँगै सोसल साइट फेसबुकको एप पनि रहनेछ ।पछिल्लो समय आफ्नै पूर्वकर्मचारीले सुलसुलेको रुपमा अमेरिकी संसदमा फेसबुकका गोप्य तथ्यहरुको खुलासा गरिदिएसँगै फेसबुक दबाबमा परेको छ ।साथै फेसबुकले आफुलाई केवल सोसल मिडिया भन्दा व्यापक भएको कम्पनीको रुपमा चिनाउन चाहन्छ ।

फेसबुकले पछिल्लो समय स्मार्ट चश्मा लगायतका कन्जुमर हार्डवेयर उत्पादन सुरु गरिसकेको छ र यसका लागि १० हजार भन्दा धेरै कर्मचारी खटाइसकेको छ । फेसबुकलाई मेटाभर्स कम्पनीको रुपमा स्थापित गरिने कम्पनीका प्रवक्ताको भनाई छ ।स्मरण रहोस् आफ्नो कम्पनी नाम परिवर्तन गर्ने फेसबुक मात्र पहिलो कम्पनी चाहीँ होइन । गुगलले सन् २०१५ मै मातृ कम्पनीको रुपमा अल्फाबेट खडा गरी सोही मातहत रहेको छ । त्यस्तै स्नापच्याटले सन् २०१६ मा आफुलाई स्नाप इंकको रुपमा रिब्राण्ड गरेको थियो ।

एजेन्सीको सहयोगमा

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा