बलात्कारका आरोपीलाई गाउँभरका महिलाको कपडा धुने र आइरन गर्नुपर्ने आदेश दियो अदालतले !

Stop Rape
Stop Rape
September 24, 11:12

काठमाडौँ – बलात्कारका आरोपीलाई अदालतले निकै अनौठो र विचित्रको सजाय सुनाएपछि अहिले त्यसको चर्चा भइरहेको छ । भारतको विहार राज्यको मधु बनी एडिजे अदालतले बलात्कारका आरोपीलाई ६ महिनासम्म महिलाको कपडा निःशुल्क धोइदिन र आइरन गरिदिन आदेश दिएको छ । आरोपी पेसाले धोबी हुन् । झंझरपुर अदालतका एडिजे अविनाश कुमार प्रथमले आरोपी ललन कुमार साफीलाई यस्तो विचित्र सर्तमा जमानतमा रिहा गरेका हुन् ।

२० वर्षका ललन कुमारलाई १७ अप्रिलमा एक महिलासँग अभद्र व्यवहार र बलात्कारको प्रयास गरेको आरोप लगाइएको छ । १९ अप्रिलमा उनलाई पक्राउ गरिएको थियो । यो मुद्दामा चार्जशिट दर्ता भइसकेको छ । दुवै पक्षमा सम्झौता पनि भइसकेको छ । अदालतमा आरोपी ललनका वकिलले भनेका थिए कि उनका क्लाइन्टले आफ्नो पेसाको माध्यमबाट समाजसेवा गर्न चाहन्छन् । त्यसपछि अदालतले ललन कुमारलाई यस्तो सजाय सुनाएको हो ।

 

हिन्दुस्तान टाइम्सका अनुसार अदालतले ललन कुमारलाई ६ महिनासम्म गाउँका सबै महिलाको कपडा निःशुल्क धुने र आइरन गर्ने सर्तमा जमानतमा रिहा गरेका छन् । अदालतले ६ महिनापछि आरोपीले गाउँका मुखिया, सरपञ्च वा सरकारी अधिकारीबाट आफूले तोकिएको अवधि सर्तअनुसार काम गरेको प्रमाण पत्र लिएर त्यो प्रमाण पत्र अदालतमा पेस गर्न समेत आदेश दिएको छ । आरोपीले सर्तको पालना गरेको निगरानी गर्नको लागि गाउँका सरपञ्च वा मुखियालाई पत्र पनि पठाइएको छ ।

एडिजे अविनाश कुमार आफ्ना अनौठा फैसलाको लागि परिचित छन् । गएको अप्रिलमा एक शिक्षकले कोरोना कालमा स्कुल खोलेका थिए । ती शिक्षकलाई ५ जना गरिब बालबालिकालाई १ कक्षादेखि ५ कक्षासम्म ३ महिनासम्म निःशुल्क पढाउने सर्तमा जमानत दिइएको थियो ।

यसबाहेक कुटपिटका एक आरोपीलाई उनले आफ्नो घर वरिपरिका नाली सफा गर्न आदेश दिएका थिए । यसबाहेक एक डकर्मीलाई उनले मन्दिरमा एक महिनासम्म राज मिस्त्रीको काम गर्ने सर्तमा जमानत दिएका थिए भने अन्य २ आरोपीलाई बाढीपीडितहरूलाई निःशुल्क दाल दिने सर्तमा जमानत दिएका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा