अछाममा भारतबाट आएर क्वारेन्टाइनको १४ दिने बसाइँपछि घर गएका एक जनाको मृत्यु

Saba
Saba
June 28, 8:10

कैलाली : भारतबाट गौरिफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका एक जनाको मृत्यु भएको छ। क्वारेन्टाइनमा बसेर होम आइसोलेसनका लागि घर गएका रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषको आइतवार दिउँसो मृत्यु भएको हो।

भारतबाट आएर १४ दिन वडाकै कैलाशेश्वर घट्टे खेति आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेपछि होम आइसोलेसनका लागि घर पठाइएका उनको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको अछामको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन्। उनी सुगरका बिरामी समेत रहेको रावलको भनाइ छ। 

‘उहाँलाई सुगरको समस्या रहेको बुझ्नमा आएको छ’, उनले भनिन्, ‘होम आइसोलेसनमा बसिरहनुभएका उहाँलाई हिजो श्वासप्रश्वासमा समस्या आएपछि बयलपाटा अस्पताल लगिएको थियो। उहाँको आज दिउँसो त्यही मृत्यु भएको हो।’

आकस्मिक कक्षमा उपचारका क्रममा उनको आइतवार दिउँसो २ बजे मृत्यु भएको अस्पतालका डाक्टर विकास गौचनले बताए।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा