अछाममा आरडीटी नेगेटिभ आएर १४ दिन क्वारेन्टाइन बसी घर गएका पुरुषमा मृत्यु पछि कोरोना पुष्टि

Death
Death
June 30, 6:59

अछाम, असार १६ - 
 अछाममा आइतवार मृत्यु भएका एक जनामा कोरोना पुष्टि भएको छ। अछामको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको बताइन्। उनीसँगै रामारोशन गाउँपालिकामा मंगलवार २७ जनामा कोरोना पुष्टि भएको उनको भनाइ छ।

भारतबाट गौरिफन्टा नाका हुँदै जेठ २७ गते उनी अछाम पुगेका थिए। क्वारेन्टाइनमा बसेर होम आइसोलेसनका लागि घर गएका रामारोशन-५ का ४५ वर्षीय पुरुषको गत आइतवार दिउँसो मृत्यु भएको हो।

उनी भारतबाट आएर १४ दिन वडाकै कैलाशेश्वर घट्टे खेति आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेपछि होम आइसोलेसनका लागि घर पठाइएका उनको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको थियो। उनी मधुमेहका बिरामी समेत रहेको बताइएको थियो।

उनको मृत्यु भएकै दिन दाहसंस्कार गरिएको थियो। उनलाई आरडीटी नेगेटिभ आएपछि १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाइएको थियो। 
योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ भने सुदूरपश्चिममा मृत्यु हुने कोरोना संक्रमितको सङख्या सात पुगेको छ। 
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा