आफ्नो शासन स्वीकार गर्न तालिबानको आग्रह

news
news
August 21, 12:28

काठमाण्डौ - तालिबानले आफू विरुद्ध बढ्दै गएको विरोधका बाबजुत अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानमा तालिबानी शासन स्वीकार गर्न अपिल गरेको छ ।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा तालिबानी प्रवक्ता सुहैल शहिनले अन्तर्राष्ट्रिय समुदायमा अफगानिस्तानमा तालिबानी शासन स्वीकार गर्न आग्रह गरेका बिबिसीले जनाएको छ ।

शहिनले तालिबानी शासनमा अफगानिस्तानका महिलाको जीवनप्रति जनाइएको चिन्ता निराधार रहेको बताएका छन् । तालिबानले महिलाको काम गर्ने र पढ्न लेख्न पाउने अधिकारको संरक्षण गर्ने जनाएको छ ।

तालिबानले महिलाहरुको पढ्ने, लेख्ने र काम गर्ने अधिकार खोस्न सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायमा विरोध भइरहेका छन् । शहीनले अफगानिस्तानको पुनर्निर्माणमा सबै देशको सहयोगको आवश्यकता रहेको बताएका छन् । पछिल्लो समय तालिबानप्रति मानिसहरुको समर्थन बढ्दै गएको तालिबानको दाबी छ ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा