समाचार
December 03, 9:05
कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए)लाई ८४ रनले हराउँदै लिटल फ्वारले फराकिलो जित हात पारेको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको लिटल फ्लावरले निर्धारित २० ओभरको खेलमा एक सय ३५ रन बनायो। १९.२ ओभर खेलेको लिटल फ्लावरका कप्तान कृष्ण कार्कीले… विस्तृतमा
November 11, 12:30
कैलाली । आठौँ संस्करणको लिटिल फ्लावर प्रमियर लिग २०८० मंसिर ९ गतेबाट सुरु हुने भएको छ । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक लिटिल फ्लावर स्पोर्टस क्लवले प्रतियोगिताबारे जानकारी गराएको हो । मङ्सिर ९ गतेबाट सुरु हुने प्रतियोगिता मङ्सिर २३ गते फाप्ला क्रिकेट मैदानमा हुने छ ।
प्रतियोगिताको विजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले १ लाख २८… विस्तृतमा
November 09, 1:03
काठमाडौं । टीकापुर हत्याकाण्डका अभियुक्त रेशम चौधरीको कैद माफीविरुद्धको रिटको पेसी स्थगितको सूचीमा परेको छ। बिहीबारलाई पेसी भए पनि ‘न्यायाधीश अभाव’का कारण स्थगित भएको हो।
सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोकिन्छ। बिहीबार सर्वोच्चका न्यायाधीशहरुले ‘रिट निवेदन समूह’का पेसीको गोला नै तानेनन्। जसकारण चौधरीविरुद्धको रिटको पेसी पनि स्थगितको सूचीमा परेको हो।
टिकापुर हत्याकाण्डमा ज्यान गुमाएका प्रहरी… विस्तृतमा
November 09, 11:01
धनगढी । छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आगामी मंसीर २२ गतेदेखि आयोजना हुने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक फारवेष्ट पशुपति युवाक्लबले प्रतियोगिता मंसीर २२ गतेदेखि आयोजना गर्ने जानकारी दिएको हो ।
पाचौं संस्करणको आयोजनापछि तीन बर्ष रोकिएको प्रतियोगिताको छैठौं संस्करण मंसीर २२ गतेदेखि २९ गतेसम्म धनगढी रङ्गशालामा हुने भएको हो । प्रतियोगिताको विजेताले पाँच लाख र… विस्तृतमा
November 08, 12:48
दिपायल / शिखर नगरपालिकाकी उपप्रमुख सुनिता रावल जोराले शिखर सरकार नगरको खेलकुद क्षेत्रमा लगानी बढाउन तयार रहेको बताइन् । मंगलबार शिखर बहुउद्येश्यीय युवा क्लवले आयोजना गरेको जिल्ला स्तरीय खुल्ला पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले नगरमा खेलकुदको विकासका लागि नगरको स्रोतसाधनले भ्याएसम्मको लगानी बढाउन तयार रहेको बताएकी हुन् ।
शिखर सरकारले नगरमा एक वडा एक खेल मैदानको अवधारणा अघि बढाएको छ… विस्तृतमा
November 05, 2:44
सुपर ओभरमा घरेलु टोली नेपाललाई हराउँदै आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको उपआधि ओमानले उचालेको छ।
ओमानले अपराजित रहेर एसिया क्षेत्र छनोटको उपाधि हात पारेको हो।
नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।
सुपर ओभरमा नसिम खुसीे अकिब इलियासले २१ रन बनाएका थिए। २२ रनको नयाँ लक्ष्य पाएको नेपालका लागि… विस्तृतमा
November 05, 12:42
काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४, कप्तान रोहितकुमार पौडेलले नटआउट ५२, कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दीप जोराले १०, आशिफ शेखले ६, कुशल मल्लले ३ र विवेक यादवले १ रन बनाए ।
यसअघि समूह चरणको खेलमा नेपाल ओमानसँग… विस्तृतमा
November 05, 10:56
आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको हो। नेपालले आजको खेलमा सेमिफाइनल खेल्ने टोलीबाट एक परिवर्तन गरेको छ। दीपेन्द्र सिंह ऐरीको स्थानमा सेमिफाइनलमा सन्दीप जोरालाई ल्याइएको हो।
नेपालले यूएईलाई ८ विकेटले हराउँदै ओमानसँगको भेट पक्का गरेको हो। यता ओमानले भने बहराइनलाई १०… विस्तृतमा
November 05, 9:29
काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोट उपाधिका लागि आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल बिहान ११ बजे काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले यूएई र ओमानले बहराईनलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।
फाइनल खेल खेल्न लागेका नेपाल र ओमान दुबै टिम सन् २०२४ मा हुने टी-२० विश्वकपमा छनोट भैसकेका छन् । आजको खेल दुबै टोलीका लागि प्रतिष्ठाको खेल… विस्तृतमा
November 03, 2:12
काठमाडौं । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।
यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३… विस्तृतमा
November 03, 12:53
टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ ।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो ।
युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६ रन बनाए ।
नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए ।
November 03, 11:30
काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईको नेपालले एकै ओभरमा दुई विकेट लिएको छ । सोमपाल कामीको बलमा कप्तान मोहमद वासिम र अर्का ओपनर खालिद साह आउट भएका हुन् ।
खालिदलाई सोमपाल आफैले रन आउट गरेका थिए । वासिमलाई करण केसीबाट क्याच आउट गराए ।
खेल मुलपानी मैदानमा जारी छ । यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ… विस्तृतमा
November 03, 10:50
धनगढी । आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनल अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेलमा यूएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो।
आजको खेलको विजेताले आगामी वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ।
नेपालले सन् २०१४ पछि विश्वकप खेल्ने योजनामा मैदान उत्रदैछ। यसअघि सन् २०२२… विस्तृतमा
November 03, 10:44
अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत यूएईविरुद्धको सेमिफाइनल खेल्ने भएका छन्।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। यूएईविरुद्ध दीपेन्द्रले स्थान बनाउँदा सन्दीप जोरा भने बाहिरिएका छन्।
यसअघि छनोटको पहिलो खेलमा सिंगापुरसँगको खेलअघि अभ्यासका क्रममा बायाँ खुट्टामा ट्विस्ट भएपछि घुँडामा चोट लागेको थियो।
जसका कारण उनले यसअघि करिब डेढ महिना मैदान बाहिर… विस्तृतमा
November 02, 11:40
धनगढी । सुदूरपश्चिम प्रदेशमा ५० हजार दर्शक अट्ने अत्याधुनिक क्रिकेट रङ्गशाला निर्माण हुने भएको छ । कैलालीको धनगढीमा फाप्ला क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया अगाडि बढेसँगै नेपालमा केही वर्ष भित्रै अत्याधुनिक क्रिकेट रङ्गशाला तयार हुने देखिएको हो ।
सरकारले अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला तथा खेल ग्रामको पूर्वाधार निर्माणका लागि जग्गाको भोगाधिकार दिएसँगै क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अगाडि… विस्तृतमा