आठौँ संस्करणको लिटिल फ्लावर क्रिकेट प्रतियोगिता मंसिर ९ गतेबाट हुँदै

November 11, 12:30

कैलाली । आठौँ संस्करणको लिटिल फ्लावर प्रमियर लिग २०८० मंसिर ९ गतेबाट सुरु हुने भएको छ । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक लिटिल फ्लावर स्पोर्टस क्लवले प्रतियोगिताबारे जानकारी गराएको हो । मङ्सिर ९ गतेबाट सुरु हुने प्रतियोगिता मङ्सिर २३ गते फाप्ला क्रिकेट मैदानमा हुने छ ।

प्रतियोगिताको विजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले १ लाख २८ हजार ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट बलर र व्याटरले जनही सात हजार ५ सय पाउने छन् । त्यस्तै उदयमान खेलाडीले ५ हजार एवम् र ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रतियोगितामा काठमाडौँ, दाङ,रौतहट,कैलाली र कञ्चनपुरबाट १६ वटा टिम सहभागी हुने लिटिल फ्लावर स्पोर्टस क्लबका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । यस प्रतियोगितामा राष्ट्रिय खेलाडीहरूको समेत सहभागिता रहने शाहीले जानकारी दिए ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा