समाचार
November 01, 11:29
धनगढी । धनगढीमा हुने एलपिएल ८ औं संस्करणको प्रबर्द्धकमा धनगढी उपमहानगरपालिका वडा नम्बर २ जोडिएको छ।
यहि मङ्सिर ९ गते देखि २३ गते सम्म धनगढी स्थित फाप्ला क्रीकेट मैदानमा आयोजना हुने आठौं संस्करणको लिटल फ्लावर प्रीमियर लिग सिनियर क्रीकेट प्रतियोगिताको प्रबर्द्धकमा धनगढी उपमहानगरपालिका वडा नम्बर २ जोडिएको हो ।
सम्झौता पत्रमा धनगढी वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझा र लिटल फ्लावर स्पोर्ट्स… विस्तृतमा
October 31, 11:29
एकेन्द्र चन्द / डोटी । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ४ रनुकाडामा दशैको अबसरमा कार्तिक ९ गते देखि सुरु भएको गाउँपालिका स्तरीय दोस्रो रनुकाडा टि- २० क्रीकेट प्रतियोगिताको उपाधी बडिकेदार गाउँपालिका वडा नम्बर ५ लानाको (बि,टिमले )हात पारेको छ ।
१७४ रनको लक्ष्य पछ्याउने क्रममा बडिकेदार गाउँपालिका वडा नम्बर ५ को (ए टिमले ) १३ ओभरमा अल आउट हुँदै ४३ रन मात्र बनाएको थियो । बिजेता बनेको… विस्तृतमा
October 30, 8:00
धनगढी । धनगढीमा हुने एलपिएल ८ औं संस्करणको बलियो पार्टनरमा बलियो नेपाल न्युट्रीसन ईनिसियटिभ्स जोडिएको छ।
यहि मङ्सिर ९ गते देखि २३ गते सम्म धनगढी स्थित फाप्ला क्रीकेट मैदानमा आयोजना हुने आठौं संस्करणको लिटल फ्लावर प्रीमियर लिग सिनियर क्रीकेट प्रतियोगिताको बलियो पार्टनरको रुपमा बलियो नेपाल न्युट्रीसन ईनिसियटिभ्स जोडिएको हो ।
प्रतियोगिता आठौं संस्करण धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा संचालन… विस्तृतमा
October 30, 10:48
काठमाडौं । टी–२० विश्वकप फाइनल एसियामा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।
October 29, 1:16
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा अन्य पार्टीलाई एक सिट पनि नदिने बताएका छन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । दिनदहाडै हत्या गर्नेहरूलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र जनतालाई चुनौती दिएको भन्दै उनले सबै नेता र दललाई २०८४ मा एकै पटक बाई बाइ गर्ने बताएका छन् ।
‘अब ठूलो स्वर गर्ने, दबाब दिने होइन,… विस्तृतमा
October 28, 11:54
धनगढी । फलू डियाग्नेलाई धनगढी एफसीले अनुबन्ध गरेको छ । दोस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल)का लागि यूरोपियन लिगहरु खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्व रक्षक डियाग्नेलाई धनगढी एफसीले विदेशी खेलाडीका रुपमा अनुबन्धित गरेको हो ।
‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साविक उपविजेता धनगढी एफसीले एक विज्ञप्ति जारी गर्दै दोस्रो विदेशी खेलाडीका रुपमा सेनेगल डियाग्नेलाई अनुबन्धित गरिएको जनाएको हो… विस्तृतमा
October 28, 11:05
बागलुङ । धौलागिरी अस्पतालमा बागलुङमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ। बागलुङको जैमिनी नगरपालिका–३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अस्पतालमा अहिलेसम्मकै बढी तौल भएको बच्चालाई जन्म दिएको नर्सिङ इन्चार्ज देवी भट्टराईले जानकारी दिइन्।
छन्त्यालले चार केजी सात सय ५० ग्रामको बच्चालाई जन्म दिएकी हुन्। यो छन्त्यालको चौथो सन्तान हो। अस्पतालमा यसअघि बढीमा ४ किलो ५०० ग्रामसम्मको… विस्तृतमा
October 28, 10:37
काठमाडौँ । सोमबारदेखि सुरु हुन लागेको टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टिममा पूर्वकप्तान सन्दीप लामिछाने फर्किएका छन् । उनले शुक्रबार सम्पन्न त्रिकोणात्मक टी–२० सिरिज खेलेका थिएनन् । सन्दीपले सिरिज सुरु हुनुभन्दा केही दिनअघि व्यक्तिगत कारण टिमबाट… विस्तृतमा
October 27, 11:42
काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे फाइनलमा यूएईसँगकाे खेलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालका लागि भुर्तेलले २८ बलमा अर्धशतक बनाएर आउट भए । उनले ३ छक्का र ६ चाैका प्रहार गरे । ताजा अवस्थामा नेपालले ७ ओभर ३ बलमा ३ विकेट गुमाएर ६८ रन बनाएकाे छ । यसअघि नेपालका आसिफ शेख ७ र… विस्तृतमा
October 27, 11:35
काठमाडौं / गत असोज २७ गते कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त भए- केदार कार्की। सो प्रदेशमा मध्यावधि निर्वाचन हुने हो कि भन्ने आशंकाबीच कार्कीले एमालेका ३९ जना सांसद र कांग्रेसका आठ सांसदको समर्थनमा दाबी पेश गरेका थिए।
२०७९ मा सम्पन्न निर्वाचनबाट गठित प्रदेश सभामा कार्की पाँचौँ मुख्यमन्त्री हुन्। समग्रमा कोशीका आठौं मुख्यमन्त्री हुन्।
२०७४ देखि सुरु भएको प्रादेशिक अभ्यासका क्रममा सबैभन्दा अस्थिर… विस्तृतमा
October 27, 10:53
१० कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको फाइनलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
टीयू मैदानमा यूएईले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
नेपालले यसअघि लिग चरणमा चारवटै खेल जित्दै अपराजित रहेर फाइनल पुगेको थियो । युएई भने नेपालसँगको दुवै खेलमा पराजित भएको थियो । तर, हङकङसँग समान अंक भए पनि नेट रनरेटमा अगाडि रहेर फाइनल पुगेको हो ।… विस्तृतमा
October 21, 12:27
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० श्रृखलाअन्तर्गत हङकङविरुद्धको खेलमा कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् ।
नेपालले खराब सुरुआत गरेका बेला पाँचौ नम्बरमा आएका मल्लले ३० बलमा ५ छक्का र २ चौका मद्दतमा ५४ रन बनाएर खेलिरहेका छन् ।
यसअघि नेपालले ५५ रन जोड्दा ४ विकेट गुमाएको थियो । त्यसपछि मल्ल र दीपेन्द्रले नेपालको इनिङ सम्हाल्दै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ ।
तेलअविवस्थित नेपाली दूतावासले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर चार जनाको शव आज दिउँसो १ः२५ बजेको फ्लाई दुबईको उडानबाट नेपाल पठाउन लागेको जानकारी दिएको छ ।
दूतावासका अनुसार फ्लाई दुबईकै उडन एफजेड ८३५१ मार्फत् काठमाडौंसम्म पुग्ने गरी व्यस्था मिलाइएको छ । उडान कार्यतालिका अनुसार शव कात्तिक ५ गते… विस्तृतमा
October 18, 1:52
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत मागेका छन् । बुधबारकाे प्रदेशसभा बैठकलाई सम्बाेधन गर्दै उनले विश्वासको मत मत मागेका हुन् ।
संघीयता र लाेकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि संकल्प आवश्यक रहेकाे बताउँदै उनले विश्वासको मत मागे । सरकार गठनकाे अन्तिम विकल्पका आधारमा आफुलाई विश्वास गरेर मुख्यमन्त्री नियुक्त गरेकाे बताउँदै उनले राज्यका हरेक निकायमा जनताकाे पहुँच… विस्तृतमा
October 17, 1:32
धनगढी । धनगढीमा आगामी मङ्सिर ९ गते देखि २३ गते सम्म हुने लिटल फ्लावर प्रीमियर लिगको आठौ संस्करका लागी शुक्लाफाटा ब्ल्याक बक्स फाउन्डेसन र ऐर फिट्नेस क्लबसङ बिच सम्झौता गरेको छ ।
सम्झौता अनुसार ऐर फिट्नेस कल्बले स्ट्रेन्थ एन्ड कन्डिसनिङका लागि कार्तिक १ गते देखि मङ्सिर ३० गते सम्म दुई महिनाकालागि सुबिधा प्रदान गर्ने छ ।
सम्झौता पत्रमा ए.एफ.सिका तर्फबाट क्लबका संचालक श्री सुरेन्द्र ऐरले आगामी… विस्तृतमा