धनगढीमा श्री कलेज धनगढी कप फुटबल प्रतियोगिता हुने

January 11, 11:28

धनगढी। धनगढीमा श्री कलेज कप फुटबल प्रतियोगितामा हुने भएको छ। लिटिल फ्लावर स्पोर्टस क्लब धनगढी र श्री कलेज अफ म्यानेजमेन्ट काठमाडौँ आलोक नगर नयाँ बानेश्वर काठमाडौँको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलन गर्दै आयोजकले बताए।

प्रतियोगिता फागुन ५ गतेबाट फागुन १२ गते सम्म धनगढी रङ्गशालामा सञ्चालन गरिने बताए । प्रतियोगितामा कक्षा १२ सम्म पढाइ हुने विद्यालय र कलेजहरूले सहभागिता हुन पाउने लिटिल फ्लावर स्पोर्टस क्लबका रामचन्द्र शाहीले बताए ।

प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार साथै मेडल , ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन्, भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ६ हजार, उत्कृष्ट गोलकिपरले नगद ३ हजार, उदयमान खेलाडीले नगद ३ हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५ सयका साथै मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने लिटिल फ्लावर स्पोर्टस क्लबका अध्यक्ष शाहीले बताए। प्रतियोगितामा कुल ११ लाख खर्च हुने अनुमान गरिएको र १६ ओटा टिमको सहभागिता रहने आयोजकले बताए।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा