एमालेले बोलायो संसदीय दलको बैठक

February 02, 12:11

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ ।

बैठक दिई दिन नै मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठक आगामी २२ गतेदेखि सुरु हुने बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने उनले बताए । ‘सरकारका कामकारबाह र जनसरोकारका मुद्दामा प्रमुख प्रतिपक्षी दल कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ,’ उनले भने ।

संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आजै नेपाली कांग्रेस र रास्वपाले पनि संसदीय दलको बैठकमा छलफल गर्दैछन् ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा
सुदूरपश्चिमका साँसदका लागि चौथो पटक पञ्चधातु जडित लोगो…
कैलाली। सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूका लागि पुनः नयाँ डिजाइनको लोगो (ब्याच) बनाइने भएको छ।… विस्तृतमा