यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

February 02, 12:50

काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिन मैदानमा सुरु हुँदैछ।

सुपर सिक्सका दुई खेल अगावै विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको नेपालका लागि यो अन्तिम खेल हो ।

सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बुधबार भएको खेलमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले २५ ओभर २ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।

उक्त खेलमा नेपालका सुवास भण्डारीले सम्झन लायक बलिङ गर्दै ५ विकेट लिए । ब्याटिङतर्फ नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन र कप्तान देव खनालले ३५ रन जोड्नुबाहेक अन्य ब्यासम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

दक्षिण अफ्रिका विश्वकपमा नेपाल समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भयो । दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको हो । सनसनीपूर्ण बनेको अफगानिस्तानविरुद्धको खेलमा नेपालले एक विकेटको जित निकालेको थियो ।
                                             नेपालका आकाश चन्द लगाय खेलाडी

नेपाल र भारतको ‘हेड टु हेड’
विश्वकप यात्राको अन्तिम खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालका लागि विश्वकपको अन्तिम खेल चुनौतीपूर्ण छ। भारतसँग नेपालले पछिल्ला कुनै पनि खेलमा सुखद् नतिजा निकाल्न सकेको छैन ।

दुई महिना अगाडि मात्र एसिया कपमा भारतसँग नेपाल १० विकेटले पराजित भएको थियो । कमजोर ब्याटिङ गरेको नेपाल भारतसँग ५२ रनमै अलआउट भएको थियो ।

विश्वकपमा भने नेपाल भारतसँग आज तेस्रो पटक प्रतिस्पर्धा गर्न लागेको हो । यसअघिका दुवै खेलमा नेपाल पराजित भएको छ ।

सन् २००० मा श्रीलंकाको कोलम्बोमा सम्पन्न यू–१९ विश्वकपमा नेपाल र भारतले खेलेका थिए । पहिला ब्याटिङ गरेको नेपाललाई भारतले १०१ रनमा समेटेको थियो । युवराज सिंहले चार विकेट लिएको उक्त खेलमा भारतले आठ विकेटको जित निकालेको थियो ।

नेपाल र भारतको दोस्रो भेट सन् २०१६ को विश्वकपमा भएको थियो । बंगलादेशमा भएको उक्त प्रतिस्पर्धामा समेत नेपालले नै पहिला ब्याटिङ गरेको थियो । आठ विकेटको क्षतिमा १६९ रन जोडेको नेपालमाथि भारतले सात विकेटको जित निकालेको थियो । १७० रनको लक्ष्य भारतले १८.१ ओभरमा तीन विकेटको क्षतिमा पुरा गरेको थियो ।

                                                   पाकिस्तानसँगको प्रतिस्पर्धामा नेपाली टिम । फाइदल तस्बिर क्यान

विश्वकपमा कसको जित कति ?

अहिलेसम्म भारतले सर्वाधिक ५ पटक यू–१९ विश्वकपको उपाधि जितेको छ। अष्ट्रेलियाले तीन पटक उपाधि हात पारेको छ भने पाकिस्तानले दुई उपाधि उचालेको छ। बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक एक पटक उपाधि जितेका छन्।

                                                          नेपाली यू–१९ क्रिकेट टोली । तस्बिरः क्यान

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
सिसिएस प्लस टु’ बी र होलिल्याण्ड सेकेन्ड्री स्कुल ‘…
धनगढी / धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिताको फाइनल समिकरण पुरा… विस्तृतमा