गोदावरीको प्रमुखमा कांग्रेसका विरेन्द्र भट्ट निर्वाचित, उपप्रमुखमा एमालेकी रोकाया

May 18, 1:33

धनगढी ४ जेठ /  कैलालीको गोदावरी नगरपालिकाको प्रमुखमा कांग्रेसका विरेन्द्र भट्ट निर्वाचित भएका छन ।

बुधबार सार्वजनिक मत परिणाम अनुसार एमालेका उम्मेदवार गोकर्ण भट्टलाई ४ हजार २ सय ७७ को फराकिलो मत अन्तरले पराजित गर्दै कांग्रेसका भट्ट निर्वाचित भएका हुन ।

कांग्रेसका भट्टले १५ हजार ५ सय १ मत पाउँदा एमालेका भट्टले ११ हजार २ सय २४ मत प्राप्त गरे । नगरको उपप्रमुखमा भने एमालेकी शारदा रोकाया विजयी भईन ।

उनले नेकपा एकिकृत समाजवादीकी उम्मेदवार रत्ना कडायतलाई ६ सय ८७ मत अन्तरले पराजित गरिन । रोकायाले १० हजार ६ सय ७० मत प्राप्त गरीन भने कडायतले ९ हजार ९ सय ८३ मत प्राप्त गरीन ।

नगरमा कांग्रेसले ७ वडा जितेको छ भने एमालेले ४ वडा जितेको छ । एक वडा भने स्वतन्त्र उम्मेदवारले जितेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा