नेपालमै आएर मान्छे अपहरण गर्दै भारतीय गिरोह : ५ लाख फिरौतीमा भारत पुर्‍याइएका दुई नेपालीको विहारबाट रेस्क्यु 

Arrest
Arrest
August 22, 2:15

धनगढी – अपहरणमा परेका दुई युवकलाई भारतबाट प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्धार गरेर नेपाल ल्याएको जानकारी दिएको छ। मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ स्वागत टोल बस्ने २३ वर्षीय गोविन्द श्रेष्ठ र २२ वर्षीय पवन राना मगर अपहरणमा परेका थिए।

उनीहरूलाई भदौ ३ गते राति साढे ९ बजे हेटौडा बसपार्कबाट तीन जना भारतीय नागरिकले अपहरण गरेका थिए। अपहरण गरेर उनीहरूलाई भारत लगेको खुलेपछि नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा अपरेसन सुरु गरेको थियो। भारतीय प्रहरीको सहयोगमा शनिवार राति भारतको विहार राज्यको मोतिहारीबाट उनीहरूलाई अपहरण मुक्त गरिएको हो।

भारतीय प्रहरीले अपहरणमा संलग्न दुई जनालाई दुई थान हतियारसहित नियन्त्रणमा लिएको छ। अपहरणमा परेका दुवै जनालाई आज बिहान नेपाल ल्याएर आफन्तको जिम्मा लगाइएको छ। अपहरण मुक्त भएका दुवै युवक लागु औषध प्रयोगकर्ता भएको खुलेको छ।

‘अपहरण गर्नेहरू पनि चिनजानेकै हुन् । अपहरण भएको दिन उनीहरू सँगै बसेर कुराकानी भएको देखिएको छ ।’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सोमेन्द्र सिंह राठौंरले भने । अपहरणमा संलग्न तीन जना युवक भारतबाट ड्रग सहित नेपाल आएका थिए। अपहरण भएको दिन उनीहरूले सँगै बसेर ड्रग्स सेवन गरेको अनुसन्धानमा देखिएको छ। अपहरणमा परेका दुई युवाले आफूलाई पथलैया छोड्दिन आग्रह गरेका थिए।

तर उनीहरूले पथलैयाबाट वीरगन्ज हुँदै भारतको विहार पुर्‍याएका थिए। भारत पुगेपछि उनीहरूले ५ लाख भारतीय रुपैयाँ मागेको खुलेको छ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा