दुवै मृगौला फेल भएका डोटीका ताराको उपचारको लागि सहयोगको अपिल

news
news
October 07, 10:54

डोटी-दुवै मृगौलाले काम गर्न छाडेपछि डोटीको पुर्बीचौकी गाउपालिका वडा न.६ गाँजरिका  तारा सिँ थापाका आफन्तले सहयोगको लागी अपलि गरिरहेका छन् ।

३६ वर्षको उमेरमा नै दुवै मृगौला फेल भएपछि राम्रो खाने, लाउने उनको सपनामाथी अहिले रोग पहाड बनेर उभिएको छ । तर जीवन मरणको दोसादमा रहेका उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ । सामान्य परिवारमा जन्मिएका तारा दुबै मृगौला फेल भएपछि अहिले उनी अस्पतालको शैयामा छट्पट्टी रहेका छन् ।

टिचिङ अस्पताल महाँराजगंज काठमाडौंमा उपचार गरिरहेका ताराको आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि आर्थिक समस्या भएको हो । तुलाराम थापाका छोरा तारा सिँ थापा कलिलो उमेरमै दुबै मृगौला फेल भई अहिले सहयोगकै भरमा उपचार गराईरहनु भएको छ ।

तारालाई मृगौला उहाँको बुवाले आफ्नो मृगौला दिन भएका हुन् । मृगौला प्रत्यारोपण गर्न १० देखि १५ लाख सम्म रुपैया लाग्ने भएकाले उहाँको घरायसी अवस्थाले यत्रो खर्च भ्याउन नसक्ने अवस्था रहेकोले देश बिदेशमा रहनु भएका सम्पूण मनकारी दाताहरुले आफुले सक्ने जति आर्थिक सहयोग गरी उहाँको जिवन बचाईदिन आफन्त महेन्द्र थापाले अनुरोध गरेको छन ।

बिरामीका आफन्त महेन्द्र थापाको नाममा रहेको ग्लोबल आई एम ई बैंकको खाता नं। भ्,८०७०१०००१२६२, बिरामी तारा सिंह थापाको न्बिल बैंकको खाता नं। ५०१००१७५०९३१० मा रकम जम्मा गर्न सकिने बताईएको छ । यस्तैे आफन्त महेन्द्र थापाको फोन नं. ९८०९४६००२४,९८४८५२५१४६ मा फोन गरेर पनि सहयोग गर्न सकिने उनले जानकारी दिए ।

 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा