महासचिव नेतृत्वको सम्मेलन धनगढीमा,अध्यक्ष नेतृत्वको सम्मेलन बुटवलमा

विवादै विवादमा अखिल छैठौँको राष्ट्रिय सम्मेलनमा

Submitted by manmohanpaneru on Sun, 10/10/2021 - 16:05
news
news

धनगढी, २४ असोज ।सुदूरपश्चिम प्रदेशबाट विभाजनको संघारमा पुगेको राष्ट्रिय जनमोर्चा पार्टीको भातृ संस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ) २२ औँ राष्ट्रिय सम्मेलन पनि विवादमा तानिएको छ । केन्द्रीय समितिका महासचिव महेशराज जोशीको नेतृत्वमा कैलालीको धनगढीमा राष्ट्रिय सम्मेलन सकिएसँगै केन्द्रीय अध्यक्ष विमल पोख्रेलको नेतृत्वमा बुटवलमा सम्मेलन भइरहेको छ ।