राष्ट्रिय
September 29, 2:25
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ । बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।अख्तियारबाट गएका अधिकारी प्रदेश २ को मुख्यमन्त्री कार्यालयका कर्मचारीसँग सोधपुछ गर्दै ।
प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम… विस्तृतमा
September 27, 7:52
काठमाण्डाै - आज ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि मनाइँदैछ ।
कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिक उपस्थितिमै सहभागी भएर दिवस मनाउन लागिएको छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।
दिवस मनाउन पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा मुल समारोह समिति गठन… विस्तृतमा
September 26, 8:13
काठमाडौँ । प्रविधि पत्रकार मञ्चको अध्यक्षमा गोपाल साउद चयन भएका छन् । मञ्चको शनिबार सम्पन्न अधिवेशनले साउदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिमा अर्जुन पोखरेल उपाध्यक्ष , रवीन्द्र घिमिरे सचिव, सन्तोष न्यौपाने सहसचिव र अर्पना मगर कोषाध्यक्ष चयन भएका छन् । यसैगरी रक्षा रेग्मी, राजु बास्कोटा, अभिषेक गुप्ता र मिना अर्याल कार्यसमिति सदस्य बनेका छन् ।
September 26, 3:07
गोदावरी, १० असोज । सरकारले कमलरी प्रथा मुक्त घोषणा भएको आठ वर्ष बितिसक्दा पनि मुक्त कमलरीले सरकारी परिचयपत्र पाउन सकेका छैनन्। परिचयपत्र पाउन नसक्दा उनीहरु विभिन्न सरकारी सेवासुविधाबाट बञ्चित हुनुपरेको बताइएको छ। सरकारले विसं २०७० असार १३ गते मुक्त कमलरी घोषणा गरेको थियो।
अहिलेसम्म पनि आधा बढी मुक्त कमलरीले परिचयपत्र पाउन नसकेको मुक्त कमलरी विकास मञ्च कैलालीको अध्यक्ष बिन्द्रा चौधरीले जानकारी… विस्तृतमा
September 24, 3:36
८ असोज, काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेश र त्यसका आधारमा नेकपा एकीकृत समाजवादी दर्ताविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले अन्तरिम आदेश जारी नहुने भनी आदेश गरेको हो । संवैधानिक इजलासले कारण देखाउ आदेश भने जारी गरेको छ ।
सरकारले… विस्तृतमा
September 23, 11:59
काठमाडौं, ७ असोज । राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत् आयोजनामा लगानी र विकासको ढाँचा तयार पार्ने जिम्मा पाएको उच्चस्तरीय सरकारी टोली स्थलगत अवलोकन गरेर फर्किएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसहित १५ जनाको टोली प्रस्तावित क्षेत्र पुगेर फर्किएको हो ।
आयोजनाको बहुपक्षीय अध्ययनका लागि उच्चस्तरीय टोली डोटी पुगेर फर्किएको भट्टले… विस्तृतमा
September 22, 9:40
काठमाण्डौ, ६ असोज । केही समय अगाडि सार्वजनिक एक रिपोर्ट अनुसार विश्वमा प्रयोगकर्ताहरुले सबैभन्दा धेरै समय बिताउने एपको पहिलो स्थानमा टिकटक रहेको छ ।
विश्वमा अत्यन्तै लोकप्रिय भिडियो शेयरिङ एप टिकटक चीनमा चाहिं डुइनको नामबाट उपलब्ध छ । डुइन चीनमा सर्वाधिक लोकप्रिय एपको रुपमा रहेको छ र यसका प्रयोगकर्ताहरुमा कम उमेरका किशोर किशोरीहरु अत्यधिक छन् ।
बालबालिकाहरुमा बढेको चिनियाँ टिकटकको लतलाई मध्यनजर… विस्तृतमा
September 21, 9:10
धनगढी – कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । सोमबार साँझ करिब ८ बजेको समयमा दोधारा चाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका हुन् ।
तस्करको कुटाइबाट घाइते प्रहरी जवानहरूको दोधारा चाँदनी हेल्थ पोस्टमा उपचार भइरहेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर… विस्तृतमा
September 19, 3:58
काठमाण्डाै – संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने विभूषण, अलङ्कार र पदक विवादमा पर्न थालेका छन् । योग्यताको मूल्याङकनन नगरि राजनीतिक दलसँग सम्बन्धित रहेकै आधारमा पदक दिएको भन्दै चौतर्फी आलोचना भएको हो । एक पटक पनि नसोधिकनै विभूषण पाउनेको सूचीमा आफ्नो नाम राखेको भन्दै केही पत्रकारले पदक अस्वीकार गरेका छन् । पत्रकार कृष्णज्वाला देवकोटा, हरिबहादुर थापा… विस्तृतमा
September 19, 3:28
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सरकारबाट विभूषित हुने भएका छन् । सरकारले फुटबल टिमका कप्तान किरण र क्रिकेट टिमका कप्तान ज्ञानेन्द्रलाई प्रवल जनसेवा श्रीबाट विभूषित गर्ने भएको छ ।संविधान दिवसका अवसरमा सरकारले विभिन्न विभूषण र पदकको पाउनेको सूचीमा किरण र ज्ञानेन्द्र पनि समावेश छन् ।दुई चर्चित खेलका कप्तान अहिले भने… विस्तृतमा
September 19, 12:45
डोटी– पश्चिम सेती निर्माणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष चासो देखाएका छन् । प्रधानमन्त्री भएको केही समयमै उनले देशकै गौरवको बहुचर्चित पश्चिम सेती परियोजना निर्माण गर्न पहल चालेका हुन् ।
२०३८ साल देखि चार्चमा रहेको पश्चिम सेती जलविद्युत आयोजनाको अध्ययन गर्न सरकारी उच्चस्तरीय टोली डोटीको दिपायल हुँदै परियोजना निर्माण स्थल ढुङ्गाड पुगेको छ । सुरुमा ६० मेगावाट त्यसपछि १ सय ३५ मेगावाट… विस्तृतमा
September 15, 9:51
धनगढी- डडेल्धुरा स्थित पर्शुराम नगरपालिकाका मेयर भीमबहादुर साउँदले कांग्रेस सभापति शेरबहादुर देउवालाई कम्जोर बनाउन प्रतिद्वोन्दिले डडेल्धुरामा चलखेल गरेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसको आगामी महाँधिवेसनमा डडेल्धुरा सभापतिका आकांक्षि समेत रहेको साउँदले केन्द्रिय सभापतिको बदनाम गराई गृह जिल्लामै कम्जोर बनाउने योजना अनुसार विपक्षि हात धोएर लागेका बताए । मंगलबार पत्रकार सम्मलेन गर्दै मेयर साउँद… विस्तृतमा
September 15, 8:41
धनगढी, ३० भदौ/ कञ्चनपुरको दोधाराचा“दनीमा सुख्खा बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (आइईई) प्रतिवेदन तयारी अघि बढाइएको छ ।
नेपाल सरकारले दोधाराचांदनी सुख्खा बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गर्न इन्भाइरोमेन्टल एण्ड डेभलपमेण्ट रिसर्च सेन्टरसंग सम्झौता गरिसकेको छ ।
‘हामीले सम्झौता गरेपछि अहिले कम्पनीले आफनो काम अघि बढाएको छ’ इन्टरमोडल यातायात विकास… विस्तृतमा
September 14, 10:36
काठमाडौं, भदौ २९
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरी मिलेनियम च्यालेन्ज कर्परिसट (एमसीसी) अनुमोदन गर्दा नै राष्ट्रको हित हुने बताएका छन्।पूर्वप्रधानमन्त्री भट्टराईले एमसीसीजस्ता विषयमा राष्ट्रिय दलबीचमा समझदारी आवश्यक रहेको बताएका हुन्।
‘एमसीसीको विषय अहिले पेचिलोरूपमा उठेको छ। यस्ता राष्ट्रिय मामिलाका विषयमा… विस्तृतमा
September 12, 2:32
काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा मर्यादित भएर प्रस्तुत हुन आफ्नो पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । एमाले संसदीय दलको आज बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा उहाँले मर्यादित भएर संसद् अवरुद्ध कायमै राख्न निर्देशन दिनुभएको हो ।
एमाले संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीले संसद् अवरुद्ध गर्ने, नाराबाजी गर्ने, मर्यादित भएर प्रस्तुत हुने र… विस्तृतमा