राष्ट्रिय
October 26, 4:15
९ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ६२२ जना निको भएका छन् ।
मंगलबार थपिएसँगै… विस्तृतमा
October 26, 11:33
विराटनगर — ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जन्मकैदको सजाय पाइसकेका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) लाई जिल्ला अदालत मोरङले थप १० वर्ष कैद सजाय तोकेको छ ।जिल्ला अदालतका मुख्य न्यायाधीश भरत लम्सालको इजलासले सोमबार अपहरण र शरीर बन्धक मुद्दामा सजाय निर्धारण गर्दै उप्रेतीलाई थप १० वर्ष कैद, एक लाख जरिवाना र मृतकका परिवारका नजिकका नातेदारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने फैसला… विस्तृतमा
October 26, 9:59
काठमाडौँ — स्थानीय तह निर्वाचनको मिति तय गर्न सरकारले निर्वाचन आयोगसँग समय मागेको छ । निर्वाचन आयोग पदाधिकारीहरूसँगको सोमबारको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धन र अन्य दलसँग छलफल गरेर मिति टुंगो गर्ने बताएका हुन् ।२०७४ वैशाख ३१ मा स्थानीय तहको पहिलो चरणको निर्वाचन भएको थियो । निर्वाचन भएको ५ दिनपछि कार्यकाल सुरु भएको मानिने कानुनी प्रावधान छ । जसअनुसार स्थानीय तहका… विस्तृतमा
October 26, 9:52
काठमाण्डौ – सरकारले परिचयपत्र विनाका कसैलाई पनि घर, कोठा तथा अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ। विदेशी नागरिक घुसपैठ गरी नेपाल आएर बस्न थालेपछि गृह मन्त्रालयले विज्ञप्ति निकालेर परिचय पत्र नभएका व्यक्तिलाई घर, कोठा भाडामा नदिन आग्रह गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा कतिपय विदेशी नागरिक परिचय लुकाइ अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास… विस्तृतमा
October 24, 8:45
७ कात्तिक, काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा बाढीले पुर्याएको क्षति अवलोकन गरेर फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवा आज पूर्वी नेपालको निरीक्षणमा जाँदैछन् ।
प्रधानमन्त्रीसहितको टोली आज बिहान आठ बजे नेपाली सेनाको हेलिकप्टरबाट पूर्वी नेपालको भ्रमणमा निस्किने कार्यक्रम छ ।प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले सुनसरी, मोरङ, इलाम, पाँचथर लगायत जिल्लामा बाढी र पहिरोले पुर्याएको… विस्तृतमा
October 24, 8:34
७ कात्तिक, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् ।
नेकपा (एमाले) विभाजनको दोस्रो दिन गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।प्रस्तावमाथि छलफल र मतविभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज साढे १२ बजे नवौं तथा हिउँदे अधिवेशनको चौथो बैठक बोलाएका छन् ।
एमाले… विस्तृतमा
October 20, 2:26
३ कात्तिक,धनगढी । मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर बुधबार मध्याह्नसम्म ५२ जनाले ज्यान गुमाएका छन् ।
विभिन्न जिल्लामा ३० जना वेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा १३ जना छन् । यी दुबै जिल्लामा पहिराले मानवीय क्षति गराएको हो ।
त्यसपछि पहिरामा परी हुम्ला, धनकुटा र पाँचथरमा छरछजनाको मृत्यु भएको गृह… विस्तृतमा
October 08, 3:34
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री बनेको ८८ दिनपछि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। केही मन्त्री जिम्मेबारी हेरफेर भएर सूची राष्ट्रपति कार्यालयमा पठाइएको देउवाको सचिवालयले जनाएको छ।
कसलाई कुन मन्त्रालय?
गृह मन्त्रालय : बालकृष्ण खाण
परराष्ट्र मन्त्रालय : नारायण खड्का
सञ्चार, सूचना तथा प्रविधि : ज्ञानेन्द्रबहादुर कार्की
कानुन… विस्तृतमा
October 07, 9:04
काठमाडौँ — प्रमुख प्रतिपक्षी नेताका हैसियतमा शेरबहादुर देउवाले लिएको गाडीले दुई थरी बेथिति देखाएको छ । संसद् सचिवालयबाट सन् २०१३ मोडलको टोयोटा प्राडो गाडी लगेका देउवाले फिर्ता गर्दा भने २००७ मोडलको गाडी बुझाएका छन् । एक महिनाअघि फिर्ता भएको भनिएको पुरानो गाडी पनि संसद् सचिवालयबाटै ‘गायब’ भएको छ ।२०७४ मंसिरको चुनावबाट कांग्रेस प्रमुख प्रतिपक्षी दल बनेपछि देउवाले संसद्बाट बा २ झ ४४८ नम्बरको गाडी… विस्तृतमा
October 07, 8:39
असोज ,२१ प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।
आज बिहानै नित्यकर्म समाप्त… विस्तृतमा
October 06, 7:40
काठमाडौं- जिल्ला अदालत मोरङले आज सनम शाक्य हत्याकाण्ड र ३३ किलो सुन प्रकरणमा प्रमुख भूमिकामा रहेका चुडामणि उप्रेती भन्ने गोरेसहित छ जनालाई दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका उप्रेतीसहित छ जनालाई जन्मकैदको फैसला सुनाउनुभएको छ भने अन्य दुईमध्ये एक जनालाई तीन वर्ष र अर्कालाई छ महिना कैद सजायको फैसला… विस्तृतमा
October 06, 7:31
काठमाडौं- हिन्दु परम्पराअनुसार पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज सकिदै छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ ।
चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । वडादशैँ र तिहारजस्ता ठूला चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई पितृप्रतिको दायित्व… विस्तृतमा
October 05, 1:57
सोमबार फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टासम्म चलेनन् । जसको कारण सामाजिक सञ्जाल तथा म्यासेजिङ एप प्रयोग गर्ने करीब तीन अर्ब ५० करोड प्रयोगकर्ता सेवा प्रयोग गर्नबाट बञ्चित भए । फेसबुकले ब्लग पोस्टमार्फत आफ्ना डेटा सेन्टरहरुको बीचमा समन्वय गर्ने रोउटरको मुख्यभागको कन्फिगुरेसन परिवर्तन भएकाले सेवा अवरोध भएको बताएको छ ।
यसअघि फेसबुकको सेवा अवरोध हुँदा मानिसहरुले ह्याक भएको हुन सक्ने आशंका… विस्तृतमा
October 05, 1:37
काठमाडौँ — पांग्रा नखुलेको कारण देखाई एक साताअघि विराटनगरबाट काठमाडौं नै डाइभर्ट गरिएको बुद्ध एयरको एटीआर–७२ जहाज प्रकरणमा कम्पनीले चालकदलको कमजोरी देखाएको छ । बुद्धले सोमबार आफ्नो आन्तरिक छानबिन प्रतिवेदन नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणलाई बुझाउँदै उक्त विमानमा कुनै प्राविधिक त्रटि नरहेको जनाउँदै त्यस घटनामा चालक दलकै ‘व्यवहार’ मा शंका व्यक्त गरेको छ ।‘उडानको परिस्थितिलाई सम्बोधन गर्न… विस्तृतमा
October 01, 2:18
काठमाडौंः नेकपा एमालेको विधान महाधिवेशन गोदावारीमा शुरू भएको छ। अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको महाधिवेशन तीन दिनसम्म चल्नेछ। एमालेले महाधिवेशनको प्रचारलाई व्यापक बनाएको छ। यसैक्रममा महाधिवेशनस्थलमा बाँडिएको पानीको बोतलमा पनि ओलीको तस्वीरसहित महाधिवेशनको प्रचार लेबल टाँसेको पाइएको छ। यस्तै बिजुलीका पोलमा पनि ओलीको फोटो टाँसिएका छन्।