राष्ट्रिय
November 03, 1:03
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बुधबारका लागि ९ वटा बन्दी प्रत्येक्षीकरणसम्बन्धी मुद्दाको पेसी तोकेका छन् ।
आजका लागि प्रधानन्यायाधीश राणाले १५ जना न्यायाधीशहरुका लागि इजलास तोकेका छन् । जसमध्ये ९ वटा बन्दी प्रत्येक्षीकरणसम्बन्धी मुद्दा रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।
न्यायालय विवादका कारण अन्य मुद्दाको सुनुवाइमा निरन्तर अवरोध भइरहेका बेला गत आइतबारबाट बन्दी… विस्तृतमा
November 03, 12:24
काठमाडौं, १७ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले तिहारको बेलामा १५ सय मेगावाट विद्युत माग हुने प्रक्षेपण गरेको छ । पत्रकार सम्मेलन गर्दै प्राधिकरणले मागअनुसार विद्युत् दिन कुनै समस्या नरेको बताएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भदौमा प्रणालीमा १६ सय २० मेगावाटसम्म माग आएको भन्दै तिहारमा प्रणालीमा आउने माग धान्न कुनै समस्या नपर्ने बताए ।
उनले ग्राहकलाई ढुक्क भएर झिलिमिली… विस्तृतमा
November 02, 11:29
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले सर्वोच्चका तीन न्यायाधीशसँग सम्मानजनक बहिर्गमनको प्रष्ट खाका सेयर गरेका छन्।
सोमबार साँझ उनलाई भेट्न गएका सर्वोच्च अदालतका न्यायाधीशहरू अनिल सिन्हा, सपना मल्ल प्रधान र मनोज शर्मासँग सम्मानजनक बहिर्गमनको प्रष्ट बाटो बताएका हुन्।
प्रधान्यायाधीशले सम्मानजनक बहिर्गमनबारे गरेको उक्त कुरा आफूले मंगलबार सहकर्मीहरूको छलफलमा मात्रै भन्ने न्यायाधीश मल्लले जानकारी… विस्तृतमा
November 02, 11:10
१६ कात्तिक, जनकपुरधाम । नौ वर्षअघि जनकपुरधाममा पाँच जनाको ज्यान जाने गरी भएको बम विस्फाेट घटनामा उच्च अदालत जनकपुरधामले पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
धनुषा जिल्ला अदालतले साहलाई यसअघि नै जन्मकैदको फैसला सुनाएको थियो । जिल्लाको फैसलापछि साहले उच्च अदालतमा निवेदन दिएका थिए ।
जिल्ला अदालतले एक जनालाई सफाइ र साहसहित सबैको कसुर ठहर गरेपछि सफाइ पाएका… विस्तृतमा
November 01, 9:54
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मुख्यालयले आफ्नो परियोजना अनुमोदन नगरी नेपालको संसद् अधिवेशन अन्त्य भएकोप्रति चासो देखाएको छ। एमसिसी परियोजनाबारे उठेका विषयमा प्रस्ट पार्न सेप्टेम्बरमा एमसिसीको उच्च नेतृत्वले नेपाल भ्रमण गरेको थियो।
नेपाल सरकारले पनि एमसिसी परियोजना अघि बढाउने प्रतिबद्धता जनाएको थियो। प्रतिबद्धताविपरीत परियोजना अनुमोदन नगरी संसद्को अधिवेशन अन्त्य भएपछि… विस्तृतमा
November 01, 9:09
धनगढी, १५ कार्तिक । कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा कुटी, नाभी, गुन्जी, तिंकर र छाङ्रूको जनगणनासमेत गर्न सहज देखिएको छ। जाडो बढेसँगै दार्चुला ती क्षेत्रका स्थानीयवासी बेंसी सर्ने भएकाले जनगणना गर्न कठिन नहुने सीमा अध्येता रतन भण्डारी बताउँछन्।
चुच्चे नक्सामा दार्चुलाका लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएपछि ती क्षेत्रका गाउँमा कसरी जनगणना गर्ने भन्ने अन्योलता थियो।… विस्तृतमा
October 31, 11:10
काठमाडौँ,१४ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले आज आइतबारदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिन सुरू गरेको छ ।
कालो कोटमा कालो पट्टि लगाएर अधिवक्ताहरुले विरोध गरेका हुन् । बारका महासचिव लीलामणि पौडेलले तिहार बिदासम्म पनि राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा हुने बताए ।
बारले जबरालाई राजीनामा दिन पाँच दिने… विस्तृतमा
October 30, 4:19
काठमाडौँ,१३ कात्तिक । अफगानिस्तानमा रोकिएका सबै नेपालीहरुको उद्धार गरिएको छ । राजधानी काबुलमा तीन महिनादेखि उद्दारको पर्खाइमा रहेका सबै नेपालीहरुलाई काठमाडौँ ल्याईएको हो । उनीहरु काबुलबाट इरानको राजधानी तेहरान हुँदै हिजो साँझ दुबई पुगेका थिए ।
नेपाल एयरलाइन्स र फ्लाइ दुबईका दुईवटा बिमानबाट ३० जना नेपाली काठमाण्डु आइपुगेको त्रिभुवन विमानस्थलले जनाएको छ । बिहान ८ बजे फ्लाइ दुबईले ३ जना र १० बजे… विस्तृतमा
October 30, 1:21
१३ कात्तिक, जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको विवादबारे गठबन्धनले सामूहिक धारणा बनाउने बताएका छन् । यसबारेमा एक/दुई दिनभित्रै गठबन्धनको बैठक बस्ने उनले बताए ।
जनकपुर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अहिले गठबन्धनका कोशी नेता यता, कोही उता रहेकाले एकत्रित भएर न्यायालयको विवादबारे सामूहिक धारणा बनाउने बताए । ‘… विस्तृतमा
October 30, 12:33
१३ कात्तिक, लण्डन । शुक्रबार राति आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवा लण्डन व्यस्त भएका छन् । नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप-२६) अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लण्डन आइपुगेका प्रधानमन्त्री देउवाको कार्यतालिका व्यस्त छ ।
लण्डनको हिथ्रो… विस्तृतमा
October 29, 4:53
१२ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ५ दिने अल्टिमेटम दिएको छ । साथै बारले दबावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।
शुक्रबार बसेको बार कार्यसमितिको बैठकले आइतबारदेखि बुधबारसम्म कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ । उक्त आन्दोलनमा सक्रिय सहभागिता जनाउन उपत्यकाका कानुन व्यवसायीहरुलाई आह्वान… विस्तृतमा
October 29, 1:28
काठमाडौं- सर्वोच्च अदालतमा वकिलहरूबीच नै कुटाकुट भएको छ।
वकिलहरू विराट न्यौपाने र भूमिनन्द चुँडालबीच भनाभन बढ्दै गएपछि कुटाकुट भएको हो । काठमाडौं बारका अधिवक्ता समेत रहेका विराट न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता भूमिनन्द चुँडाललाई कुटेका हुन् ।
चुडालले आफू मिडियालाई अन्तरवार्ता दिइरहेका बेला न्यौपानेले एक्कासि कुटपिट गरेको प्रतिक्रिया दिएका छन् । आफू कानुनी प्रक्रियामा जाने बताएका छन्… विस्तृतमा
October 28, 2:00
काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीबाट सहरी विकास मन्त्री बनेकी रामकुमारी झाँक्रीलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई मौसमी ज्वरो आएपछि बुधबार राति वीर अस्पतालमा भर्ना गरिएको हो ।
मन्त्री झाँक्रीको सचिवालयले जनाए अनुसार उनको स्वास्थ्य परीक्षण भइरहेको र रिपोर्टहरू आउन बाँकी रहेको उनको सचिवालयले जनाएको छ ।
October 27, 9:34
१० कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा दिनुपर्ने पक्षमा रहेका कानून व्यवसायीहरुले बुधबारदेखि सर्वोच्च अदालतमा बहस नगर्ने भएका छन् ।
कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले बुधबारबाट सर्वोच्चमा बहस नगर्ने निर्णय गरेको हो । एशोसिएसनका केन्द्रीय सदस्य खिमानन्द अधिकारीले बुधबारदेखि आफूहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताए । ‘हामीले सर्वोच्च अदालतमा आजबाट… विस्तृतमा
October 26, 4:37
सिमकोट,९ कार्तिक । जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्याइएका एक जना बिरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ।
खार्पुनाथ गाउँपालिका–१ प्युस घर भएका ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनुपरेको हो।उपचारका लागि छोरा दीर्घ शाहीले सुर्खेत लैजानका लागि सोमबार तारा… विस्तृतमा