मज्जाले झिलिमिली बत्ती बाल्नुस् : कुलमान

news
news
November 03, 12:24

काठमाडौं, १७ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले तिहारको बेलामा  १५ सय मेगावाट विद्युत माग हुने प्रक्षेपण गरेको छ ।  पत्रकार सम्मेलन गर्दै प्राधिकरणले मागअनुसार विद्युत् दिन कुनै समस्या नरेको बताएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भदौमा प्रणालीमा १६ सय २० मेगावाटसम्म माग आएको भन्दै तिहारमा प्रणालीमा आउने माग धान्न कुनै समस्या नपर्ने बताए ।

उनले ग्राहकलाई ढुक्क भएर झिलिमिली बत्ती र उपकरणहरु प्रयोग गर्न आग्रह गरे । सो दिनमा प्रायः उद्योगहरु बन्द भएकाले घरायसी र व्यापारिक माग मात्रै हुन्छ । यही कारण प्रणालीमा सो दिनमा पनि ‘पिक डिमान्ड’ले रकर्ड नराख्ने प्राधिकरणको प्रक्षेपण छ ।

घिसिङले २०७३ सालको लक्ष्मी पूजाकै दिनमा काठमाडौंमा लोडसेडिङ हटाउने योजनाको परीक्षण गरेका थिए । त्यसअनुसार २०७५ वैशाखदेखि उद्योगहरुबाट समेत लोडसेडिङ हटेको थियो ।

घिसिङले भारतमा चर्किएको ऊर्जा संकटका कारण हिउँदयाममा समस्या पर्ने भन्ने बजारको हल्लामा पनि सत्यता नभएको पनि बताए । उनले ४५६ मेगावाटको तामाकोसी जलविद्युत् आयोजनासहित अरु केही नयाँ आयोजना प्रणालीमा थपिएकाले पिक आवरमा माग व्यवस्थापन गर्न समस्या नपर्ने बताए ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा