मध्यक्रम लड्खडाएपछि नेपाल आयरल्याण्डसँग १३ रनले पराजित

Cricket
Cricket
October 09, 3:24

ओमानमा जारी ५ देश सम्मिलित पेन्टांगुलर टी-२० सिरिजमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ। ओमानको अल अमेरातमा आज भएको खेलमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएका हो।

राम्रो ओपनिङ गरेको नेपालले १५ औं र १६ औं ओभरमा लगातार ४ विकेट गुमाएपछि खेल उल्टिएको हो। १७ औं ओभरमा पनि नेपालले २ विकेट गुमाएको थियो। नेपालको मध्यक्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। नेपालले ५ ओभरमा ७ विकेट गुमाएको थियो। जुन नेपालको लागि घातक सावित भयो।

ओमानले दिएको १४६ रनको विजय लक्ष्य पछ्याएको नेपाल १ बल बाँकि छँदा १३२ रन बनाएर अलआउट भयो।

नेपालका लागि आरिफ शेखले २६ बलमा २६ रन बनाए। कप्तान पारस खड्काले १४ बलमा २ छक्का र २ चौकाको मद्यले २५ रन जोडे। इशान पाण्डे ३० बलमा २२ रन बनाएर आउट भए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले २० बलमा १९ रनको योगदान गरे। करन केसीले ९ बलमा १६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

आयरल्याण्डका लागि मार्क एडेरले र जर्ज डोकरेलले ३/३ तथा ग्यारेथ डिलेनी २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन जोडेको थियो। आयरल्यान्डका लागि पल स्टिर्लिङले ४७ बलमा २ छक्का र ६ चौकाको मद्यतले ५९ रन बनाए। उनी करन केसीको बलमा क्याच आउट भएका थिए। त्यस्तै एन्डी बलबिर्नीले २८ बलमा ३८ र स्टुअर्ट थोम्प्सनले ११ बलमा २१ रन जोडेका थिए। त्यो बाहेक आयरल्यान्डका अन्य ब्याट्सम्यानलाई नेपाली बलरले दोहोरो रन बनाउन दिएनन्।

पहिलो इनिङमा नेपालका लागि सन्दीप लामिछाने ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए। त्यस्तै अविनाश बोहोराले २२ रन दिएर २ विकेट लिन सफल भए। करन केसी र ललित राजवंशीले समान १ विकेट लिएका थिए।

यसअघि नेपालले पहिलो खेलमा हङकङलाई ४ विकेटले र दोस्रोमा नेदरल्याण्ड्सलाई पनि ४ विकेटले नै हराएको थियो। नेपालले आफ्नो चौंथो तथा अन्तिम खेल बिहीवार ओमानविरुद्ध खेल्नेछ। सिरिजमा नेपाललगायत ओमान, हङकङ, नेदरल्यान्डस् र आयरल्यान्ड छन्।

प्रतियोगितामा सम्मिलित अन्य टिम आइसिसीको टी-२० वरीयतामा नेपालभन्दा तल रहेका टिम हुन्। नेपाल १२ औं स्थानमा रहेको छ भने आयरल्यान्ड १५ औं, नेदरल्यान्डस् १६ औं, ओमान १८ औं र हङकङ १९ औं स्थानमा रहेका छन्।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा