सरकारको अफगानिस्तान उद्धार मिसन पुरा

news
news
October 30, 4:19

काठमाडौँ,१३ कात्तिक । अफगानिस्तानमा रोकिएका सबै नेपालीहरुको उद्धार गरिएको छ । राजधानी काबुलमा तीन महिनादेखि उद्दारको पर्खाइमा रहेका सबै नेपालीहरुलाई काठमाडौँ ल्याईएको हो । उनीहरु काबुलबाट इरानको राजधानी तेहरान हुँदै हिजो साँझ दुबई पुगेका थिए ।

नेपाल एयरलाइन्स र फ्लाइ दुबईका दुईवटा बिमानबाट ३० जना नेपाली काठमाण्डु आइपुगेको त्रिभुवन विमानस्थलले जनाएको छ । बिहान ८ बजे फ्लाइ दुबईले ३ जना र १० बजे नेपाल एयरलाइन्सले ३० जना नेपालीलाई ल्याएका थिए । यो संगै अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्ने कार्य सकिएको छ ।  उद्दारको यो खर्च नेपाल सरकार आफैले व्योहोर्ने बताइएको छ । करिब एक हजार नेपालीको उद्दार यसअघि नै भैसकेको छ ।

३४ जना नेपाली भने काबुल विमानस्थल पुगेर पनि स्वदेश फर्किन पाएका थिएनन् । भिसाको अवधि सकिएको भन्दै उनीहरुलाई एयरपोर्टबाट फिर्ता गरिएको थियो । सरकारले उनीहरुको विलम्व शुल्क र टिकट शुल्क पनि तिरेको छ । तालिबानले काबुलको सत्ता नियन्त्रणमा लिएपछि नेपाल लगायतका मुलुकले आफ्ना नागरिकलाई उद्दार थालेका थिए ।
 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा