राष्ट्रिय
September 11, 9:00
काठमाडौँ: भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन्।
महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्। हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र… विस्तृतमा
September 10, 4:49
काठमाण्डाै – सरकारले आज प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको छ । चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो ।
बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरी बचत भएको पाँच अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको अर्थ मन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।
साथै सरकारले क्यान्सर एवम्… विस्तृतमा
September 10, 3:25
भाद्र २५, काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद तथा मर्यादापालकहरुबीच संसद् भवनमा भएको घम्साघम्सीमा सत्ता पक्षको पहिलो लहरको टेबल भाँचिएको छ ।
एमालेका सांसदहरुको नाराबाजीका कारण पहिलो बैठक १५ मिनेट स्थगित गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठक सुरु हुनासाथ अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश टेबुल गर्न समय दिएका थिए । त्यस समयमा एमालेका सांसद र… विस्तृतमा
September 10, 2:31
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उक्त बैठकमा मुलुकको समसामयिक परिस्थितिलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समग्र सुरक्षा अवस्थाबारे समीक्षा भएको थियो ।
गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शङ्करदास वैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव वेगेन्द्रराज शर्मालगायत उपस्थित… विस्तृतमा
September 09, 11:29
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ६ काशी गाउँका ४१ बर्षीय सार्की घलेको विगत पाँच बर्षदेखि पहिचान बदलिएको छ । यस वडाका सबै टोल/गाउँका मानिसहरुले उनलाई राम्ररी चिन्छन्,अनुहार नचिन्नेहरु पनि उनको आवाजबाट परिचित छन् । यस वडामा जब केहीँ कार्यक्रम, बैठक हुन्छ वा कुनै सूचना सम्प्रेषण गर्नु पर्नेछ भने घलेडाँडामा गएर चिच्याउन थाल्छन्, ‘ल है गाउँलेहरु…’ । जब घले डाँडामा पुगेर चिच्याउन… विस्तृतमा
September 09, 10:35
काठमाडौँ: “माइतबाट लिन आउँदा खुसी भइन्थ्यो,
पिँजडाको चरी फुत्केसरी भइन्थ्यो”
विवि अनुरागीको संगीत र पवित्रा रसाइलीको स्वरमा यो गीतले भनेझैँ तीज पर्व वर्षभरि सासु, सुसुरा, पति, नन्द, आमाजुका खटनमा गर्नुपर्ने कामका बोझहरुलाई थपक्कै बिसाएर स्वतन्त्र भइ माइती जान पाइने अवस्थालाई सम्झाएको छ। यसरी माइती गएपछि आफ्ना साथी संगीहरुसँग रमाइलो गर्ने त छँदैछ।
विवाहपछि बुहारीले कर्म घरबाट… विस्तृतमा
September 08, 6:31
धनगढी– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का केही बुद्धा घातक रहेको भन्दै त्यसता बुदा परिमार्जन नगरी एमसिसि पारित हुन नहुने बताएका छन् ।
बुधबार बसेको एमाले संसदीय दलको बैठकमा उनले एमसीसी सम्झौतामा भएका नराम्रा बुदाबारे जानकारी गराएका थिए ।
उनले एमसीसीका कतिपय बुँदा परिमार्जन नगरी पारित गरे घातक हुने बताए । रावलले केहि प्रावधान र सम्झौता राष्ट्रिय हित विपरित… विस्तृतमा
September 07, 10:32
काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
लमजुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा घरसहित ०–८–३–२ जग्गा पैतृक तथा बुढानीलकण्ठमा आफ्नो र श्रीमती दीपाको संयुक्त नाममा निर्माणाधीन घरसहितको २४१६।५२ वर्ग मिटर जग्गा रहेको छ ।… विस्तृतमा
September 06, 12:06
एमसीसीका उपाध्यक्षलाई कालो झण्डा देखाउनेदेखि भौतिक आक्रमण गर्नेसम्मको चेतावनी, पूर्वराजदूत भन्छन्– धमिलो पानीको माछा मार्नेको संख्या बढी भयो
काठमाडौं– विद्युत् प्रसारणलाइन र सडक मर्मत-सम्भारसम्बन्धी अमेरिकाले अघि सारेको अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को चर्चा फेरि उत्कर्षमा छ। नयाँ सरकार गठन भएको करिब डेढ महिनापछि एमसीसीकाका उच्च अधिकारी काठमाडौं आउन लागेसँगै यसको चर्चा… विस्तृतमा
September 05, 4:04
काठमाडौं । निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध एमालेले दायर गरेको रिट ‘हेर्न नभ्याइने’ मा परेको छ ।सर्वोच्च अदालतले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा सो मुद्दाको पेसी तोकेको भए पनि इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।
गत बुधबार एमालेले निर्वाचन आयोग, सभामुख सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूणर्बहादुर घर्ती विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेको… विस्तृतमा
September 01, 7:33
१६ भदौ, काठमाडौं । सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि… विस्तृतमा
September 01, 2:42
१६ भदौ, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न अर्को साता नेपाल आउने भएकी छन् ।
एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन् । यस अगाडि उनले एमसीसीको एसिया र युरोपको उपाध्यक्षको रुपमा काम गरेकी थिइन् । नेपाल भ्रमणमा रहँदा उनले एमसीसी… विस्तृतमा
September 01, 1:45
काठमाडौं,
अचेल अपरिचितहरूको पहिलो भेट फेसबुकजस्ता समाजिक सञ्जालमा हुन्छ नि, त्यस्तैगरी धानीमाया (परिवर्तित नाम) को भेट प्रवेश ढकालसँग भएको थियो। मुद्दामा उनको परिवर्तित नाम धादिङ २४ (१६६८) छ। उनीहरूको चिनजान भएको करिब साढे दुई वर्षअघि हो। धादिङको निलकण्ठ नगरपालिका- ९ पाल्पा भञ्ज्याङका प्रवेशले धानीमायालाई मेसेन्जरमा बोलाए। आफ्नै गाउँठाउँका मान्छे थिए प्रवेश, उनी बोलिन्।
फेसबुकबाटै चिनजान भएका… विस्तृतमा
August 30, 2:48
सिद्धराज भट्ट, सुदूरपश्चिम, १४ भदौ । गौरा पर्वका बेला सुदूरपश्चिमका गाउँ बस्तीमा गुञ्जिने देउडा गीतको दोहोरीसँगै देखिने रोमाञ्चक माहोल यस वर्ष पनि कोरोना जोखिमका कारण तात्न नसकेर प्रभावित भएको छ।
योसँगै समूहमा गोलबन्द भएर खेलिने देउडा, धमारी जस्ता खेलमा रमाउन नपाउँदा सोखिन व्यक्तिहरु निराश छन्। वर्षमा एकपटक मनाइने गौरा पर्वमा आ–आफ्नो घरायसी काम छाडेर भए पनि खेल खेल्ने हौसिने गर्दछन्। देउडाको… विस्तृतमा
August 30, 12:45
काठमाडौं, १४ भदौ । सत्ता गठबन्धनका नेताहरुले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
सत्तारुढ गठबन्धनको सोमबार बसेको बैठकमा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश लगायतले छानविन समितिको प्रतिवेदन आउन ढिलाइ भएकोमा असन्तुष्टि जनाएका छन् ।‘… विस्तृतमा