एमसिसिका केही बुदा परिमार्जन गर्नुपर्दछ : रावल

news doti
news doti
September 08, 6:31

धनगढी– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का केही बुद्धा घातक रहेको भन्दै त्यसता बुदा परिमार्जन नगरी एमसिसि पारित हुन नहुने बताएका छन् ।

बुधबार बसेको एमाले संसदीय दलको बैठकमा उनले एमसीसी सम्झौतामा भएका नराम्रा बुदाबारे जानकारी गराएका थिए ।

उनले एमसीसीका कतिपय बुँदा परिमार्जन नगरी पारित गरे घातक हुने बताए । रावलले केहि प्रावधान र सम्झौता राष्ट्रिय हित विपरित रहेकाले परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

अरुदेशजस्तै अमेरिकासँग पनि राम्रो सम्बन्ध राख्न चाहेको भएपनि नेपाललाई नराम्रो हुनेगरी अरुदेश संग सम्झौता गर्न नहुनेबताए । विगतमा अमेरिकाबाट आएका सहयोगमा प्रश्न नउठेको धारणा राख्दै उनले एमसीसी सम्झौताका केहि बुँदा राष्ट्रहित विपरित रहेकाले प्रश्न चिन्ह उठेको स्पष्ट पारे ।

रावलले एमसीसीमा नेपाल र अमेरिकाबीच द्विपक्षिय सम्झौतामा तेस्रो पक्षको पनि अनुमति लिनुपर्ने प्रावधान गलत रहेको बताए। एमालेलाई विभाजन स्वीकार्य नभएको बताउँदै उनले अहिलेको आवश्यकता एमाले एकजुट हुनुपर्नेमा जोड दिए ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा