दुषित पानी पिउँछन दिपायलवासी

doti dipayal
doti dipayal
June 08, 11:43

मोहन पनेरु,
जेठ २५ डोटी  /
डोटी स्थित दिपायल सिलगढी नगरपालिका वडा २ र ३ का स्थानियवासी फोहोर पानी पिउँन बाध्य भएका छन  । खानेपानीका मुहान सुक्न थालेपछि खोलाबाट सिँचाई गर्न ल्याएको नहरको पानी पिउन बाध्य भएका हन् ।
दिपायल सिलगढी नगरपालिका वडा २ एयरपोर्ट, कठायत टोल, खुल्लेख, बजारटोल, पनेबाट र  वडा नम्बर ३ का पनेरुटोल, माझीटोल, द्धारियाटोल लगयतका ठाँउहरुमा खानेपानीको अभाव भएको हो ।
विगतमा वडा नम्बर १ स्थित गोदरे खोलाको मुहानको पानी पिउने गरेको तर अहिले मुहान खुकेपछि सिचाई गर्न ल्याएको सेती नदिको दुषित पिउन बाध्य भएको वडा नम्बर २ कठायत टोलका हरी कठायतल बताए । उनले फोहर पानी पिउँदा रोगहरु लाग्ने थाहा हुँदाहुँदै पनि बाध्य भएर  करिब २ बर्ष देखि निरन्तर नहरको पानी पिउने गरेको बताए ।
वडा नम्बर ३ स्थित पुष्कर द्धारियाले पटक पटक  दिपायाल खानेपानी उपभोक्ता समितिको कार्यालयमा नै गएर जानकारी गराएपनि नसुनेपछि यो अवस्था आएको बताए ।
दियापल खानेपानी उपभोक्ता समितीका अध्यक्ष भोजराज खड्काले खोलानालामा पनि सुक्न थालेपछि र समितीमा खानेपानीको ट्याँकी बनाउन नसकेपछि दिपायलमा पानी चरम अभाव भएको भोजराज खड्का बताए ।
दिपायल सिलगडी नगरपालिका वडा २ का अध्यक्ष राजेन्द्र खड्काले वडाको भुगोल नमिलेका कारणले वडाको बजेटले काम नगर्दा यो स्थिती सिर्जना भएको बताए । खानेपानी पानी नजिक रहेको नयाँ बनाएको खानेपानीको  बोरीङलाई पुर्ण रुपमा संचालन ल्याए पछि खानेपानी दिपायल उपभोक्ता समितिलाई हस्तान्तरण गरेपछि पानीको समस्या हट्ने बताए ।
वडा नम्बर ३ का अध्यक्ष चक्र बहादुर माझीले वडासंग बजेट नभएको तर नगरपालिका संग पटकपटक माग गरेको तर  सुनुवाई नभएको  बताए । खानेपानी नजिक प्रदेश सरकारको लागतमा बोरीङ बनाएको भएपनि पानी नहालेको बताए ।
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा