युनिसेफद्धारा संक्रमितलाई स्वास्थ्य सामाग्री सहयोग

bajura news
bajura news
June 08, 5:28

जेठ २५, बाजुरा 
युनिसेफ बाजुराले जिल्ला अस्पतालमा रहेका संक्रमितलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । विश्व कोरोना भाइरस महामारीका कारण आक्रान्त भैरहेका बेला जिल्ला अस्पताल बाजुरामा रहेका कोरोना संक्रमितका स्वास्थ्य तथा सुरक्षा अवस्थालाई मध्यनजर गर्दै युनिसेफ बाजुराले स्वास्थ्य सामाग्री सहयोग गरेको युनिसेफका बाजुरा संयोजक राजेन्द्र जोशीले बताए ।
संयोजक जोशीका अनुसार युनिसेफ बाजुराले जिल्ला अस्पताल बाजुरामा उपचाररत कोरोना संक्रमितलाई डिजीटल थर्मामिटर,मास्क, एन्टीडस्ट, सेनिटाइजर,साबुन, वासर, क्लोरिन, ट्यामप्रेचर सिट्स, हाइजनिक किट, साइन्थिक बलान्केट लगायतका सामाग्रीहरु सहयोग गरिएको हो ।
उक्त सामाग्री मंगलबार जिल्ला अस्पताल बाजुराका कोरोना संक्रमतिलाई वडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले हस्तान्तरण गरेका हुन् ।
अहिले गाउँघरमा कोरोना संक्रमण फैलिएको जानकारी पछि हरेक टोल टोलमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वयमा पालिकाका स्वास्थ्य शाखा मार्फत परिक्षण हुँदैछ । परिक्षण पश्चात् कोरोना पोजेटिभ देखिएका त्रिवेणी नगरपालिका र बुढीगंगा नगरपालिकाका संक्रमितलाई पनि युनिसेफका बाजुराले सोही मात्रामा स्वास्थ्य सामाग्री सहयोग गर्ने संयोजक जोशीले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा