नौ महिने शिशु सहित बझाङमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना
कोरोना
August 01, 6:02

साउन १७, २०७७
दोरेन्द्र खड्का बझाङ
शनिवार बझाङमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक प्रयोगशाला धनगढीमा गरिएको पिसीआर परिक्षणमा मष्टा, छविसपाथीभेरा, दुर्गाथली, थलारा गाँउपालिका र जयपृथ्वी नगरपालिकाका २३ जनामा कोरोनाको संक्रमण देखिएको हो।
थलारा गाँउपालिकामा ९ महिने शिशु सहित ३४,२२,१९,१५ बर्षका महिला र १९, ३४,२३, १५ र २१ बर्षका ५ पुरुष गरि १० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै छविसथाथीभेरा गाँउपालिकाका २६ र १८ बर्षका दुई पुरुष र ३५ बर्षका एक महिला गरि ३ जना, मष्टा गाँउपालिकाका ६ बर्षकी बालिका र ४ बर्षका बालक, गरि दुई जना, दुर्गाथली गाँउपालिकाका ५ बर्र्षीया बालिका सहित २५ बर्षकी महिला र २२ बर्षका एक पुरुष सहित ३जना र जयपृथ्वी नगरपालिकाका २०, २३, २१, १८ र २२ बर्षका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक प्रयोगशाला धनगढीले जनाएको छ ।
यो सँगै बझाङमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ सय २२ पुगेको छ ।
यस अघि शुक्रबार केदारस्युँ गाउपालिकाका २५ जना, छबिसपाथिभेरा गाँउपालिकाका १ जना र मष्टा गाँउपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य कार्यालय बझाङका कोरोना फोकल पर्सन नारायण जोशीका अनुसार कोरोना संक्रमितहरु थपिएसँगै निको हुनेको संख्या पनि क्रमशः बढिरहेको छ।हाल सम्म बझाङमा १ सय ६६ जना निको भएर घर फर्किसकेका छन् ।
बुंगल नगरपालिका ३ का ६५ वर्षीय एक वृद्धको मृत्युपछि कोरोना संक्रमण देखिएको थियो भने खप्तडछान्ना गाउँपालिका ७ का एक कोरोना संक्रमित युवकले क्वारेन्टाइनमै आत्महत्या गरेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा