बिस वर्षपछि फार्मेसी व्यवस्थित

January 11, 11:51

टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले जस्ताले छाएको टहरा थियो । फार्मेसीमा अहिले पाँच वटा कक्ष तयार भएका छन् । यहाँ आकस्मिक र वार्डमा भर्ना भएका बिरामीलाई एउटा, स्वास्थ्य बिमा गरेका बिरामीलाई दुई वटा, निःशुल्क एउटा र सशुल्क बिक्री काउन्टर राखिएका छन् । 

गत वर्ष अस्पतालमा डी फर्मा आएपछि सुरु भएको फार्मेसी व्यवस्थापन कार्य पूरा भएको छ भने औषधीको मौज्दात पनि बढेको छ । “फार्मेसीमा दुई हजारभन्दा बढी औषधी रहेका छन्,” डी फर्माका जनक शाही भन्नुहुन्छ, “अस्पतालमा पर्याप्त औषधी रहेको र त्योभन्दाबाहेकका औषधी चाहिएमा पनि अस्पतालले खोजेर ल्याइदिने व्यवस्था छ ।”

अस्पतालले बोलपत्रमार्फत किनेको औषधीमा २० प्रतिशत मात्रै नाफा जोडेकाले बिरामीले अधिकतम खुद्रा मूल्यभन्दा कममा औषधी पाउन थालेका छन् । औषधीलाई ३० डिग्रीभन्दा कम राख्नुपर्ने भएकाले वातानुकूलित बनाइने शाही बताउनुहुन्छ । फार्मेसी व्यवस्थित भएसँगै अशक्त बिरामीलाई औषधी सेवनका बारेमा परामर्श दिन छुट्टै कक्षको व्यवस्था गरिएको छ । औषधी मौज्दात र काउन्टर बढेसँगै छ जना मात्रै कर्मचारीले २४ घण्टा सेवा दिन भने हम्मेहम्मे भएको छ ।

यसअघि सेवाग्राहीले सेवा लिँदा हरेक ठाउँमा लाइन लाग्नुपर्ने समस्या देखाउने गरेकोमा अब औषधी किन्न धेरै समय लाइनमा बस्नुपर्ने गुनासो घटेको स्वास्थ्य बिमा दर्ता सहयोगी सूर्यादेवी भट्टराई बताउनुहुन्छ । फार्मेसीमा काउन्टर थपिएपछि सहज रूपमा सबै औषधी पाएको जानकी गाउँपालिका वडा नम्बर ७ का कमल महतोको भनाइ छ । औषधी थोरै हुने र भएको औषधी पनि थुपारिएको कोठाबाट औषधी खोज्न गाह्रो हुने अवस्थाबाट ठुलै सुधार भएको इन्दिरा सापकोटा बताउनुहुन्छ ।

फार्मेसी मापदण्ड अनुसार नभएकाले मापदण्ड पूरा गर्न र बिरामीलाई पर्याप्त र गुणस्तरीय औषधी उपलब्ध गराउन अस्पतालको आन्तरिक स्रोतबाट फार्मेसी व्यवस्थापन गरिएको अस्पतालका अध्यक्ष झपटबहादुर सोडारीको भनाइ छ । टीकापुरमा २०५७ सालदेखि सामुदायिक औषधी कार्यव्रmम र  अस्पताल घोषणा भएपछि फार्मेसी सञ्चालनमा आएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
तौल भन्दा बढीको बच्चा जन्मीए पछि...
बागलुङ । धौलागिरी अस्पतालमा बागलुङमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ। बागलुङको… विस्तृतमा