kagendra

तौल भन्दा बढीको बच्चा जन्मीए पछि...

October 28, 11:05

बागलुङ । धौलागिरी अस्पतालमा बागलुङमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ। बागलुङको जैमिनी नगरपालिका–३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अस्पतालमा अहिलेसम्मकै बढी तौल भएको बच्चालाई जन्म दिएको नर्सिङ इन्चार्ज देवी भट्टराईले जानकारी दिइन्।

छन्त्यालले चार केजी सात सय ५० ग्रामको बच्चालाई जन्म दिएकी हुन्। यो छन्त्यालको चौथो सन्तान हो। अस्पतालमा यसअघि बढीमा ४ किलो ५०० ग्रामसम्मको बच्चा जन्म भएको थियो। यसपटक सबैभन्दा बढी ४ किलो ७ सय ५० ग्रामको बच्चा नर्मल डेलिभरी भएको इन्चार्ज भट्टराईले बताइन। ‘यसअघि ठूलो तौल भएको बच्चा जन्माउन नसक्दा अप्रेसन गरेर मात्र बच्चा निकाल्ने गरिन्थ्यो,’ उनले भनिन्,‘यस पटक नर्मल रुपमै सुत्केरी गरायौं।’ 

अस्पतालले बच्चा ठूलो भएको हुनाले पोखरा जान सल्लाह दिए पनि पहिलेका सन्तान नर्मल जन्मिएको कारणले परिवारले सल्लाह गरेर धौलागिरी अस्पतालमै भर्ना गरिएको छन्त्यालका श्रीमान नेत्रबहादुर छन्त्यालले बताए। ‘दसैंको बेलामा पोखरा जान पनि गाह्रो भयो त्यसैले नजिककै अस्पतालमा डेलिभरी गराउने विचार भएर भर्ना गरेका थियौं,’ छन्त्यालले भने,‘अस्पतालको जनशिक्तको सहयोगमा राम्रोसँग बच्चा जन्मिएको छ।’ अहिले बच्चा र सुत्केरी आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि चार विकल्प
महेन्द्रनगर । प्रयोगविहिन रहेका ‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि स्थानीय प्रशासनले सरकार समक्ष चार… विस्तृतमा
अछामका स्वास्थ्यकर्मी आन्दोलित
अछाम ।  देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा अछाममा पनि विरोध गरिएको छ ।… विस्तृतमा
सुदूरपश्चिममा डेंगी संक्रमणबाट आठ महिनामा तीन जनाको…
धनगढी । बितेको आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेंगीको सङ्क्रमण देखिएको छ । सुदूरपश्चिममा… विस्तृतमा
डोटी जिल्लाका उत्कृष्ट नौ स्वास्थ्यकर्मी सम्मानित
डाेटी,२७ भदाै । डोटी जिल्लाका नौ जना उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ ।… विस्तृतमा