डीसीएको सहयोगमा ईडिसीले २० लाख बढीको स्वास्थ्य सामाग्री वितरण गर्यो

doti news
doti news
June 10, 2:37

डोटी,जेठ २७ 
    सम विकास केन्द्र ईडीसी नेपालले डेनमार्क गैर सरकारी संस्था (डीसीए) नेपालको आर्थिक सहयोगमा डोटी जिल्ला चार ओटा स्थानिय पालिकालाई २० लाख ६५ हजार ८२९ बराबरको स्वास्थ्य समग्री हस्तान्त्रण गरेको छ । जिल्लाका चार पालिका पूर्विचौकी गाउँपालिका, शिखर नगरपालिका, के.आइं.सिंह गाउँपालिका र जोरायल गाउँपालिकालाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
    मेडीसियन बेड, ईलेक्टोनिक वाटर, हिटर, मेडीसीयन वेड, सेट पिपि सेट, पल्स अक्सोमिटर, ईलिक्टिक वाटर हिटर लगाएत थर्मल गन, सर्जिकल मास्क, ग्लोव्स, हेण्ड सेनिटाईजर साबुन, ओडीलिन सर्जिकल मास्क लगायतका स्वास्थ्य सामाग्री बितरण गरिएको सम बिकास केन्द्रका अध्यक्षय अधिराज बिसिले जनकारी दिनुभएको छ ।
    कोभिडको महामारी लेविश्व मानवजगतलाई आक्रान्त वनाईरहेको अवस्थामा डोटीको चारवटा स्थानिय तहका स्वास्थ्यसंस्थामा रहेका आईशोलेशन सेन्टर ब्यबस्थापन, आईशोलेशनमा रहेका संक्रमित ब्यक्ति सुरक्षा, स्वास्थ्यकर्मीको सूरक्षा र होम आईशोलेशनमा रहेका दलित, महिला र सिमान्तकृ तब्यक्तिहरुलाई लक्षित गरी आवश्यक स्वास्थ्य सरसफाईका सामाग्रीह वितरण गरिएको परिवर्तन परीयोजनाका कार्यक्रम संयोजक महेश परियारले जानकारी दिनुभइको छ ।
    डोटी जिल्लाको चार ओटा पालिकाको स्वास्थ्य संस्थामा रहेका आईसोलेसनका लागि ४० सेटमेडिकल वेड, ८० सेट पिपिई, २० थान पल्सअ क्सोमिटर, ८ थान थर्मलगन, ४८ प्याकेटस (२४००थान) सर्जिकलमास्क, ४० प्याकेटस (२००० जोडा) ग्लोव्स, ५ सय एमएलको ४८ बोतल हेण्ड सेनिटाईजर, २ सय ५६ थान हात धुने सावुन, २ सय थान लुगा धुने सावुन, २ सय थान टुथव्रस, २ सय थान टुथपेष्ट, ८ थान वाल्टिन, ८ थान जग, २० बोतल हारपिक, २० प्याकेट ओडोनिल, ८ थान ट्वाइलेट व्रस, ४ थान प्लाष्टिक ड्रम ५सय लिटर, २० जोडा चप्पल, ८ थान डष्टविन, ४ सेट ईलेक्ट्रीक वाटर हिटर पालिकाका प्रमुखहरुलाई हस्तान्तरण गरिएको संस्थाका सुचना अधिकारी पदम मिजारले जानकारी दिनुभको छ ।
    समुदायमा कोभिड–१९संक्रमण नियन्त्रण गर्न दलित, विपन्न, महिला तथा सिमान्तकृतलाई प्राथमिकतामा राख्दै चार ओटै पालिका भित्र होम आईसोलेशनमा रहेका ११ सय ५२ घरधुरीको स्वास्थ्य तथा सरसफाईका लागि ११ सय ५२ प्याकेट (५७ हजार ६ सय) सर्जिकल मास्क, ५सय एमएलका ११ सय ५२ बोतल हेण्डसेनिटाईजर, ११ सय ५२ थान डिजिटल थर्मोमिटर, २ दुई ३ सय चार थान हात धुने सावुन, १ हजार एक सय ५२ प्याकेट सेनिटरीप्याड महिला स्वंयसेविका मार्फत होम आईसोलेशनमा रहेका घरधुरीलाई वितरण गर्ने गरि पालिकाका प्रमुखमार्फत स्वास्थ्य संस्थाका प्रमुखहरुलाई हस्तान्तरण गरिएको संस्थाका वित्त अधिकृत कृष्ण सुन्दर श्रेष्ठले जानकारीदिनु भयो ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा