एलपीएलको सेमिफाइनल समीकरण पूरा : शारदा सरस्ती पनि अन्तिम चारमा

LPL 5
LPL 5
March 10, 6:57

धनगढी : धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगमा सेमिफाइनल समिकरण पूरा भएको छ । आज भएको सेखलपमा होलिल्याण्ड स्कुललाई पराजित गर्दै कञ्चनपुरको शारदा सरस्वतीले अन्तिम चारमा स्थान पक्का बनाएपछि सेमिफाइनल समिकरण पूरा भएको हो । 

आज भएको लिग चरणको अन्तिम खेलमा शारदा सरस्वतीले होलिल्याण्ड स्कुललाई २२ रनले पराजित ग¥यो । टस हारेर ब्याटिङको निम्तो पाएको शारदा सरस्वतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन बनायो । उसका लागि गणेश बहादुर बिटालुले अविजित रहदै ५८ रन बनाए । होलिल्याण्डका राहुल भण्डारीले ३ विकेट लिए । 

१ सय ४९ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको होलिल्याण्डले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २६ रन मात्रै बनाउन सक्यो । उसका लागि मनोज ओझाले ४५ रन बनाए पनि आफ्नो टीमलाई जिताउन सकेनन् । शारदा सरस्वतीको जितमा निरज चन्दले ३ र विकास सुनारले २ विकेट लिए । खेलका म्यान अफ द म्याच शारदाका गणेश बहादुर बिटालु भए । 

यसअघि नै धनगढीको लिटल फ्लावर, बौनियाको बाल बाटिका र काठमाडौँको हिमालयन ह्वाइट हाउस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । २८ गते हुने पहिलो सेमिफाइनलमा शारदा सरस्वती र हिमालयन ह्वाइट हाउस भिड्नेछन् भने दोस्रो सेमिफाइनलको खेल लिटल फ्लावर र बाल बाटिकाबीच हुनेछ । 

लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भईरहेको पाँचौ संस्करणको प्रतियोगिताको फाइनल २९ गते हुनेछ । प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५÷५ हजार प्रदान गरिने छ । म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् ।
 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा